धरान । तेह्र दिन अघि धरान १५ स्थित नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी चौकी तोडफोड गरि धारिलो हतियार प्रयोग गरि आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
आक्रमणमा संलग्न १० जना रहे पनि आज ५ जनालाई सार्वजनिक गरेको हो ।
घटनाका मुख्य आरोपिहरु वर्ष ३० का बसन्त राई, वर्ष ३२ का रेगन लिम्बु, २४ वर्षिय विक्रम राई, २७ वर्षिय सिजन राई, वर्ष २६ का कालु भन्ने सरोज लिम्बु रहेका छन् ।
मुख्यआरोपित बसन्त र रेगनले धनकुटामा आत्मसमर्पण गरेका थिए । उनीले सोमबार राती धनकुटा जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । अन्य ३ जनालाई जेठ १८ गते नै पक्राउ गरेको थियो ।
तेह्र दिन देखि मोरङ, तेह्रथुम र धनकुटा सहित प्रदेश नम्बर १ प्रहरी ब्युरोको टोलिले खोजतलासमा सहयोग गरेको थिए ।
उनीहरुलाई सुनसरी जिल्ला अदालतमा ज्यान सम्बन्धी कसुर अन्र्तगत मुद्धा दर्ता भई थप अनुसन्धान भइरहेको जनाएको छ ।
उनीहरुले जेठ १३ गते प्रहरी चौकीमा प्रवेश गरि तोडफोड गर्नुका साथै प्रहरी माथिनै आक्रमण गरेका थिए । घटनामा अस्थायी प्रहरी चौकीका इन्चार्ज सुमन दाहाल गम्भिर घाइते भएका थिए । उनी अहिले घरमै आराम गरिरहेका छन् ।