इटहरीमा ४४ जनाको मृत्यु, ११ सय ५१ सक्रिय संक्रमित

  • जेठ २५, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट जोगिन जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञा कार्यान्वयनमा आएको २४ गते सोमबार ४० दिन पुगेको छ ।

एक साता यता जिल्लामा निषेधाज्ञालाइ खुकुलो बनाइए संगै केहि मात्रामा विकाश निर्माणका कामहरू अघि बढेका छन भने स्थानीयहरूको जनजिवन पनि थोरै सहज बन्दै गएको छ । जिल्लामा ब्यापार ब्यवसाय, शैक्षिक गतिविधि ठप्प भएपनि कोरोना संक्रमणको दर दैनिक घटदै गएको पाइएको छ ।

जिल्लामा निषेधाज्ञा जारी भएको ४० दिन पुगिसक्दा सुनसरीको इटहरी उपमहानगर क्षेत्रमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या ४४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १ सय ५१ जना रहेका छन । गत बैशाख १४ गतेबाट जिल्लामा निषेधाज्ञा सुरू भएको थियो ।

संक्रमितको संख्या २ हजार ३ सय १५ पुगेको छ । गत १५ दिन यता मात्रै इटहरीमा झण्डै एक हजारको संख्यामा सक्रिय संक्रमित थपिए लगत्तै कुल संक्रमित संख्या २ हजार ३ सय १५ पुगेको हो । जसमा १ हजार १ सय ५१ जना अझै संक्रमित रहेका छन ।

उनिहरूको बिभिन्न कोभिड अस्पताल, क्वारेन्टाइन र होम आइसोलेसनमा चिकित्सकको परामर्श अनुसार उपचार गराइरहेको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले बताए ।

अहिले इटहरीमा दैनिक ७० देखि १ सयको हाराहारीमा संक्रमितहरू थपिने गरेको धमलाले बताए । सोमबार मात्रै इटहरीमा १ सय ३ जना नयाँ संक्रमित थपिएका छन् । समुदाय स्तरमै पुगेर स्वाब संकलन कार्यलाइ तिब्रदा दिएसंगै इटहरीमा दैनिक ७० देखि १ सय जना सम्म नयाँ सक्रमितहरू थपिन थालेको इटहरी उपमहानगरले जानकारी दिएको छ ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved