धरान । दलित बालिका घर भित्र पसेको भन्दै बालिकालाइ कुटपिट गर्ने परिवार विरुद्धको जाहेरि प्रहरीले दर्ता गरेको छ । मोरङको उर्लाबारी ४ स्थित थापाडागी एक गैरदलित परिवारले दलित समुदायकी १२ बर्षिय फुलसरी मङ्रातीलाई घर पसेको निहुमा कुटपिट गरेका थिए । दलित भएको कारण गालीगलौज गरेर कुटपिट गरेको विरुद्धमा बालिकाकी संरक्षक दुर्गाकुमारी रोक्काले दिएको जाहेरी प्रहरीले दर्ता गरेको हो । यसअघि प्रहरीले जाहेरी लिए पनि दर्ता गर्न आनाकानी गरेको थियो । दुर्गाकुमारीले इलाका प्रहरी कार्यालय उर्लाबारीमा जातीय विभेद तथा छुवाछुत कसुर गरेको अभियोगमा जाहेरी दर्ता गराएकी थिइन । प्रहरीले जाहेरी लिएपछि दुर्गाकुमारीले
धरान । गत सोमबार आफ्नै घरमा झुण्डिएको अवश्थामा भेटिएकी एक युवतीको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिए पछि ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन महिना अघि मात्रै विवाह गरेकी तेह्रथुमकी सोनिहाङ्मा लिम्बु आफ्नै कोठामा झुण्डिएको अवश्थामा सोमबार बिहान फेला परेकि थिईन् । उनको पाखुरामा केही निसान देखिए पछि मृतकका परिवारले शंकास्पद रहेको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले मृतकका श्रीमानका आफन्तलाई पक्राउ गरेको हो । मृतक लिम्बुले धरान ११ स्थित सिसौ पथमा बस्ने सिंगापुर सेनामा कार्यरत आइत माबो सँग ३ महिना अघि विवाह गरेकी
विराटनगर, २४ भदौ । प्रदेश १ मा आज १ सय ५५ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज विराटनगरमा ७० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३० महिला र ४० पुरुष छन् । मोरङको लेटाङमा १ महिला ३ पुरुष, पथरीशनिश्चरेमा ३ पुरुष, उर्लाबारी र सुन्दरहरैचामा १–१ पुरुष, ग्रामथानमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता सुनसरीको धरानमा १३ महिला ९ पुरुष, इटहरीमा ९ पुरुष १३ महिला, इनरुवामा ४ महिला १२ पुरुष,
इटहरी । पछिल्लाे १२ घण्टा यता सुनसरीकाे इटहरीमा पुन: १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । इटहरी उपमहानगरकाे स्वास्थ्य शाखाका अनुसार बुधबार साछ ५ बजे इटहरीमा १० जनालाइ काेराेना पुस्टी भएकाे जनाएकाे छ । थपिएका १० जनामा इटहरी वडा नं १ का १ जना - २३ वर्षिय पुरुष, वडा नं ३ मा -१ जना २६ वर्षिय पुरुष,इटहरी ४ का १ जना २९ बर्षिय पुरुष, इटहरी ५ मा २ जना - ५६ वर्षिय महिला, ६५ वर्षिय पुरुष, इटहरी ९ का ३ जना- २१,५५ वर्षिय महिला र ५९ वर्षिय पुरुष,इटहरी २० का १ जना- ३७ वर्षिय पुरुष रहेका छन । बुधबार बिहान नै इटहरीमा १२ जना संक्रमित थपिएका थिए ।साझ थपिएका १०जना सहित इटहरीमा काेराेनाबाट संक्रमित हु
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिषरमा जननायक वीपी कोइरालाको सालिक अनावरण गरिएको छ । कोइरालाको १ सय ७ औं जन्मजयन्ती तथा प्रतिष्ठानको २७ औं स्थापना दिवशको अवसरमा कोइरालाको सालिक अनावरण गरिएको हो । प्रतिष्ठान स्वर्गीय कोइरालाकै स्मृतिमा स्थापना भएको थियो । बुधबार प्रतिष्ठानको ओपडी भवन अगाडीको खाली पार्कमा जननायक कोइरालाको ७ फिटको सालिक अनावरण गरिनुका साथै विविध कार्यक्रम पनि गरिएको छ । सालिक अनावरण प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गीरीले गरेका थिए । उक्त शालिक कलाकार तथा मुर्तिकार बिक्रम श्रीले बनाएका हुन् । सालिक निर्माणमा ६ लाख रुपैंया खर्च भएको जनाएको छ । उपकुलपत
विराटनगर । झापाको कनकाई नगरपालिका ९ मा अवस्थित बिरिङ खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–९ घैलाडुब्बाका १५ बर्षीय गोबिन्द साह रहेका छन । आज दिउँसो भैसीलाई पानी खुवाउनका लागी खोलामा लगेको बेला उनलाई सोही खोलाले बगाएको थियो । स्थानीयले खोलाबाट उद्धार गरी तत्काल उपचारार्थ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विराटनगर । कोरोना रोग नियन्त्रणमा पूर्ण लकडाउनको साटो संक्रमण देखिएको स्थान केन्द्रीत नियन्त्रण गर्ने ‘रंगेली मोडेल’ को खुबै चर्चा भयो । रंगेलीमा एक्कासि धेरै संक्रमित फेला परेपछि नगरपालिकाले आफ्नै आईसोलेसन बनायो । अहिले संक्रमण शून्यमा झरेको छ । संक्रमित भएका १२२ जना नै निको भई घर फर्किसकेका छन । रंगेलीका मेयर दिलिप बगडिया भन्छन्,“पूर्ण लकडाउन र निषेधाज्ञा भन्दा पनि संक्रमण देखिएको स्थान केन्द्रीत गरी संक्रमण नियन्त्रणको उपाय अपनायौं ।” लामो समयको लकडाउन र निषेधाज्ञाबाट स्थानीय तह पछि हट्न थालेका छन । मोरङको पथरीशनिश्चरे नगरपालिकाले लकडाउन हटाएको छ । पथरीशनिश्चरेका मे
धरान भदौं २४/ विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण तथा रोकथामको लागि संघीय सरकराले जारी गरेको लकडाउनका कारण सबै व्यापार व्यवसाय प्रायः ठप्प छन् । कोरोनाको संक्रमण रोक्न संघीय सरकारले चैत ११ गते देखि लकडाउनको घोषणा गरेको थियो । संक्रमण समुदाय स्तरमा फैलदै गएपछि जिल्ला प्रशासन तथा स्थानिय तहले गरेका लकडाउन , निषेधाज्ञाका कारण व्यवसायी थप मारमा परेका छन् । लकडाउनको प्रभाव धरानको मासु व्यवसाय पनि परेको छ । जिल्ला प्रशासनले जारी गरेका निषेधाज्ञा को साउनको अन्तिम साता देखि मोडल परिमार्जित गरि विहानको समयमा व्यवसाय सञ्चालन गर्ने अनुमती दिए सगँ
इटहरी । सुनसरीको इटहरीमा बुधबार बिहान १२ जना कोरोना संक्रमित थपिएका छन । गत भदौ २० गते स्वाव संकलन गरी ल्याव पठाइएकोमा बुधबार प्राप्त रिपोर्ट अनुसार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थपिएका १२ जना संक्रमितहरूमा इटहरी वार्ड नं १२ का १ जना ९ ३७ वर्षिय परुष, इटहरी १३ का १ जना९ ३७ वर्षिय पुरुष,इलाका प्रहरी कार्यालय इटहरी का २ जना २६ र ३९ वर्षिय पुरुष, २०७७ भदौ२१ गते स्वाब संकलन गरेको मध्ये इटहरी १० का ६ जना ९ ३८,४३,४४ वर्षिय महिला र ४०, १६, ५३ वर्षिय पुरुष, इटहरी १३ बाट १ जना ४४ बर्षीय महिला र इटहरी २० का१ जना २६ बर्षीय पुरुष रहेका छन । यो संगै इटहरीमा कोरोना संक्र
रंगेली, भदौ २३ बिगत लामो सयमदेखि जिल्लामा मलको हाहाकार नै छ। जिल्लाकै प्रमुख बालिको रुपमा रहेको धान खेतीका लागि युरिया र डिएपी मल नपाएर यतिबेला कृषकहरू छटपटाई रहेका छन्। सप्रिरहेको धान खेतका लागि युरिया मल आवश्यक पर्ने कृषि प्राविधिकहरु बताउँछन्। तर लामो समयको लकडाउन र ठेकेदारको बेइमानीले सरकारले माग अनुसारको मलको आपूर्ति गर्न सकिरहेको छैन। माग भएको अत्यन्तै न्यून मात्रामा जिल्लामा मल पठाईने गरिएको छ। सरकारी अनुदानमा आएको मलमा पनि कृषि सहकारीका रजाई हुने गरेको छ। यस्तै मोरङको रंगेली नगरपालिका ९ बेल चोकमा रहेको त्रिमुर्ति सहकारीले आफ्ना सदस्य किसानहरूका लागि भनेर खरिद गरेको मलमा अनियमित