‘प्रदेशका मन्त्रीहरु कमिसनको सेटिङमा लाग्दा सरकारप्रतिको विश्वास घट्यो’

  • असार ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरु नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकारका सरकार प्रतिको विश्वास क्षिण हुँदै गएको आरोप लगाएका छन् ।
आइतबार नेपाल प्रेस युनियन ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले प्रदेश सरकार तस्करहरुको घेराबन्दीबाट बाहिर निस्कनै नसकेको आरोप लगाएका हुन ।

उनले भने,“घेराबन्दीमा भित्ररहेर विकास निर्माण, कोभिड नियन्त्रण स्वास्थ्य सामग्री र औषधि खरिदमा ठूलो अनियमितता भएको छ । खोपको समानुपाति वितरण हुन सकेको छैन कात्रो किन्न समेत सेटिङ मिलाएर कमिसनको चक्करमा लागेको देखिन्छ ।” उनले प्रदेश एक आर्थिक, सामाजिक, भौगोलिक, पर्यटकीय, धार्मिक, जातीय तथा भाषिक हिसावले देशकै एक नम्बरमा आउने सम्भावना बोकेको भएपनि सरकारको कार्यशैलीले संभावना कमजोर भएको सुनाए ।

सरकारमा रहेको दलभित्र एक समूहले अर्कोलाई पाखा लगाएर चलखेलमा विकाससंग सम्बन्धित ठेक्कापट्टा दिने गरिएको बताउँदै भने,“मुख्यमन्त्री जनताको सेवक भन्दा पनि शासक बन्न थालेकाले धेरै कार्यक्रम मुख्यमन्त्रीका नाममा ल्याइएको छ । आफू निकटका कार्यकर्ताको भरपोषणमा केन्द्रीत हुने गरी आएका कार्यक्रमले जनताको जनजीविकामा फरक परेको छैन ।” उनले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत भैंसीलाई एकमुठ्ठी चामल दिएर अघाउन लगाएको जस्तो भएको भन्दै टिप्पणी गरे ।

प्रदेश नम्त्रर १ का भौतिक पूर्वाधार मन्त्री आफ्नो वडामा अल्मलिएको भन्दै कार्कीले मन्त्रीले प्रदेशभित्र अरु जिल्ला र आफ्नै जिल्लामा समेत अन्य स्थानीय तह तथा वडाहरु छन भन्ने हेक्का नराखेको पाइएको आरोप लगाए । भने,“प्रदेशका मन्त्रीहरु आफ्नै वडाहरुमा अल्मलिने हो भने त्यस्ता मन्त्रीले सिंगो प्रदेशको नेतृत्व कसरी गर्छन ।

विकास र बजेट आफ्नो वडामा खन्याउनेले प्रदेशको वृहत्तर विकासबारे सोच्न सक्लान ?” कार्कीले वडामात्र सीमित हुने भए वडाको अध्यक्ष भएर बस्न प्रदेशका मन्त्रीलाई सुझाव दिएका छन् ।
अहिलेसम्म प्रदेशको नामाकरण गर्न नसकेको सरकारले प्रदेशका जनताको भावना बुझनु नसक्ने र एमालेभित्रकै आन्तरिक कलहलाई व्यवस्थापन गर्न नसक्दा बहुमतको प्रदेश सरकार केही समयभित्रै समाप्त हुने कार्कीले ठोकुवा गरे ।

कांग्रेस राजनीतिबारे बोल्दै उनले भदौं १९ सम्ममा नेपाली कांग्रेसको चौधौ महाधिवेशन अनिवार्य गर्नु पर्ने भएकोले लोकतन्त्र र पर्टीलाई सशक्त बनाउने नेतृत्वको खोजी भईरहेको बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved