खोप दिलाउन अन्तर्राष्ट्रिय विकास साझेदारसँग विराटनगर महानगरपालिकाको अपिल

  • असार ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगर महानगरपालिकाले खोप र स्वास्थ्य सामग्री सहयोग गर्न आफूसँग जोडिएका अन्तर्राष्ट्रिय दातृ निकाय तथा संघ संस्थासंग पहल थालको छ ।

महानगरपालिकसंग जोडिएका विकास साझेदारदेखि दाता राष्ट्रसंग अपिल गरिएको महानगरका मेयर भीम पराजुलीले बताएका छन् । शनिबार भर्चुअल पत्रकार सम्मेलन आयोजना गर्दै पराजुलीले भने,“विराटनगरसंग विकासमा साझेदार रहेका र शुभचिन्तक देशसंग पनि हामीले स्वास्थ्य सामग्री तथा खोप उलब्ध गराई दिन लिखित आग्रह गरेको छौं ।” सहयोग मागिएका देश र संस्थाबाट सकारात्मक जवाफ आएको पराजुलीले बताए ।

विराटनगरको विकासमा एसियाली विकास बैंक, जापान सहयोग नियोग (जाइका), दक्षिण कोरियाली संस्था(कोइका), नेपालस्थित भारतीय दूतावास, अमेरिकामा रहेका विराटनगरका बासिन्दा, नेपाली सम्पर्क मञ्च तथा संघ संथा, एनआरएन लगायतसंग पनि सहयोगको लागि आग्रह गरिएको मेयर पराजुलीले सुनाए ।

उनले भने,“हामीसंग जोडिएका सबै संस्थासंग सहयोगका लागि आग्रह गरिरहेका छौं । यसको लागि संघीय सरकारको इजाजत चाहिने भएकोले यो पटक समन्वयसाथ काम गरिरहेका छौं ।” नेपाल सरकारसंगको समन्वयमा प्राप्त सहयोग ग्रहण गरेर नगरबासीलाई उपलब्ध गराईने पराजुलीले बताए ।

विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले कोरोनाको अघिल्लो लहरका बेला विराटनगर महानगरले व्यवस्थापन गरेको आईसोलेसन र क्वारेन्टिन सेन्टरहरु व्यवस्थित देखिएको भन्दै प्रशंसा गरेको थियो । महानगरले अमेरिका र अष्टे«लियास्थित एनआरएनसंग पनि सहयोगको लागि अपिल गरेको छ । पराजुलीले भने,“हामीले सोझै कुनै पनि सहयोग पाउने होइन संघीय सरकारमार्फत नै आउने हो । तर, हामीले पहल गरेर आएको सामग्री सोझै विराटनगरबासीले प्राप्त गर्न सक्ने संभावना अधिक हुन्छ ।” विराटनगरसंग जोडिएका सहयोगी र दाताहरुसंग पनि पहल गरौं भनेर प्रयाथ थालिएको पराजुलीले सुनाए ।

महानगरको स्वास्थ्य महाशाखाका विज्ञ हैदर अलीका अनुसार विराटनगरमा हाल ९ हजार ८ सय ९८ सक्रिय संक्रमित छन् । हालसको अवस्था पाँच दिनयता अलि कम भएको जस्तो देखिएको तर, दैनिक पचासभन्दा नघटेको जानकारी दिंदै भने,“बढीमा दैनिक करिब ५ सय हाराहारी पुगेको थियो ।

तर, यो साता संक्रमणमा उतारचढाव देखिएको छ । घटेको हो कि होइन अनुमान गर्न सकिएको छैन ।” उनले हर्ड इम्युनिटी विकास र ठूलो संख्यामा खोप नलगाएसम्म संक्रमणलाई निदान गर्न कठिन हुने बताए । जहाँ बढी संक्रमण हुन्छ त्यहाँ बढी खोप दिइनु पर्ने सिद्धान्तलाई अवलम्बन गर्दै सरकारले खोप अभियान संचालन गर्नुपर्ने सुझाव दिए ।

‘पब्लिक हेल्थ पोइन्ट अफ भ्यू’बाट हेर्दा धेरै मानिस बिरामी हुँदा शुरुमा स्वास्थ्य उपचार, मृत्यु दर आदिले बेफाइदा भएपनि त्यसपछि भने हर्ड इम्युनिटी बढ्ने र त्यसले समुदायलाई फाइदा गर्ने सुनाउँदै अलीले भने,“हरेक दश जनामा ६ जना संक्रमित भएको अवस्थामा समुदाय संक्रमण आफैं कम भएर जाने अध्ययनबाट देखिएको छ । तर, खोप अभियानलाई भने बढाउनु नै पर्छ ।” खोप अभियानको लागि संघीय सरकारले नै बढी जोड दिनुपर्ने अलीको सुभाव छ ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved