पत्रकार हौं भन्दै रकम असुली गर्ने दुई जना पक्राउ

  • असार ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । वनको कर्मचारी र पत्रकार हौं भन्दै धाकधम्की दिएर फर्निचर व्यवसायीसँग रकम असुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी इटहरी उपमहानगरपालिका वडा नं.–६ जुटबिकास बस्ने वर्ष ५० को दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं.–७ बस्ने वर्ष ५६ को पुष्पप्रसाद सिग्देललाई मोरङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘हामी बनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ’ भन्ने डर त्रास देखाई उनीहरुले विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्ने गरेको प्रहरीको भनाई छ ।

आसर ४ गते मोरङ रतुवामाई नगरपालिका वडा नं.–१० स्थितमा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी स–मिलबाट रकम लिएका दधिराम चौहानको साथबाट रू.२५ हजार ९९५ नगद र पुष्प प्रसाद सिग्देलको साथबाट नगद रू.७ हजार, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड थान–१, उठाएको रकम अभिलेख भएको डायरी थान–१, कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचय पत्र थान–१, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र थान–१, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र थान–१ सहित ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुविरुद्ध ठगी कसूरमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई छ ।

Money

 

 

 

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved