समाचार

    Showing 7,311-7,320 of 10,045 items.
  • कृषिमैत्री बन्दै बराहक्षेत्र : कृषि ल्याब निर्माणदेखि कृषकलाई अनुदानसम्म समेटियो

    सुनसरी । कृषि क्षेत्रको प्रवद्र्धन तथा कृषिमा स्थानीयलाई प्रोत्साहन गर्न सुनसरीको बराहक्षेत्र नगरपालिकाले आफ्नो निति तथा कार्यक्रम पनि कृषिमैत्री बनाएको छ । बराहक्षेत्र नगरपालिकाले विभिन्न अनुसन्धानका लागि कृषि ल्याब स्थापना गर्नुका साथै कृषकका लागि आवश्यक सामग्रीसमेत वितरण गर्दै आएको छ । स्थानीय तहमै पहिलो पटक बराहक्षेत्र नगरपालिकाले रोग, किरा र बालीको अध्ययन अनुसन्धानका लागि कृषि ल्याब स्थापना गरेको छ । नगरपालिका परिसरमा निर्माण गरिएको ल्याब सञ्चालनका लागि तयारी अवस्थामा छ । संघीय र प्रदेश स्तरमा मात्र कृषि ल्याब रहेकामा बराहक्षेत्र नगरपालिकाले स्थानीय तहमा मुलुकमै पहिलो पटक ल्याब सञ्चालन

    • प्रकाशित मितिः असार १९, २०७८
    • 770 पटक पढिएको
    • "रासस"
  • हङकङबाट सयथान अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुग्यो

    धरान/ नेपालका विकट गाँउका प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरेर हङकङ नेपाली महासंघले कोरोना संक्रमित गम्भिर विरामीहरुका लागि सय थान अक्सिजन कन्सन्ट्रेटर पठाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई वितरण गर्ने उदेश्यले महासंघले पहिलो चरणमा सयथान अक्सिजन कन्सन्ट्रेटर पठाएको जनाएको छ । महासंघका निवर्तमान अध्यक्ष समेत रहेकी संयोजक रिता गुरुङकाअनुसार नेपालका कोरोना संक्रमणको दर र मृत्यु दरमा सोचेजति कमि नआएकाले महासंघले हङकङस्थित नेपाली महाबाणिज्यदुतको कार्यालय, हङकङ सरकार, चिनियाँ दुताबास र त्यहीँको गैरसरकारी संस्था सोअर्स एक्सन वीच समन्वय गरेर नेपालमा सयथान अक्सिजन कन्सन्ट्रेटर पठाएको हो ।

    • प्रकाशित मितिः असार १९, २०७८
    • 787 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुइ महिनाको लकडाउनमा इटहरीमा ७ अर्बको नोक्सान

    इटहरी । नयाँ भेरियन्ट सहित समुदाय स्तरमा देखा परेको कोरोना संक्रमणको कारण प्रसाशनले लकडाउन जारी गर्दा इटहरीको ब्यवसायमा नराम्रो असर गरेको छ । प्रशासनले संक्रमणलाइ न्युनिकरण गर्न गत बैशाख १६ गते मध्यरात देखि जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । ब्यवसायलाइ सहजता प्रदान गर्दै निश्चित समय भित्र खोल्न अनुमति दिएपनि अझै पनि निषेधाज्ञा जारीनै छ । करिब २ महिनाको बन्दाबन्दीमा सुनसरीको इटहरीका व्यवसायीहरुले करीब ७ अर्बको ब्यापारमा नोक्सान व्यहोर्नु परेको छ । वार्षिक कुल ६६ अर्ब सम्म कारोबार हुने इटहरीको ब्यापार ब्यवसायलाइ अहिले देखिएको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणले पुर्ण रुपमा प्रभाव पारेको छ

    • प्रकाशित मितिः असार १८, २०७८
    • 1,496 पटक पढिएको
    • "तेजबहादुर बन"
  • अर्ग्यानिक उत्पादनमा किसानको आकर्षण

    भोजपुर । भोजपुरका किसान अग्र्यानिक तरकारी उत्पादनमा लागेका छन् । विषादीरहित तरकारीको माग बढेसँगै कृषकले अग्र्यानिक तरकारी खेती गर्न थालेका हुन् । षादीको प्रयोगले गर्भवती महिला, बालबालिकासँगै मानवीय स्वास्थ्यमा प्रतिकूल असर पार्ने स्वस्थ्यकर्मीले सुझाएपछि यहाँका किसान अग्र्यानिक तरकारी खेतीतर्फ उन्मुख भएका छन् । कृषि ज्ञान केन्द्र भोजपुरको आर्थिक तथा प्रविधिक सहयोगमा अरुण गाउँपालिकाका २१ परिवारले अग्र्यानिक खेतीको थालनी गरेका छन् । स्याउला तथा गाईगोरुको मलमूत्रबाट तयार गरिएको कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी लगाउन थालेको स्थानीय कृषक शान्तिकुमार कार्कीले बताए । यसरी लगाएको त

    • प्रकाशित मितिः असार १८, २०७८
    • 1,071 पटक पढिएको
    • "रासस"
  • निरन्तरको झरीले कोरोना बिरामीका कुरुवालाई सास्ती

    धरान । केही दिन देखिको निरन्तरको वर्षाले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालका बिरामीका कुरुवाहरुले सास्ती भोग्नु परेको छ । झरी पर्न थाले पछि उनीहरु रातमा पनि जागै बस्नु परेको अवश्था छ । वर्षाको मौसम असार देखि शुरु भएको झरी साउन सम्मनै निरन्तर रहन्छ । हावा पानी सहितको झरीले बाँझिटा हाने पनि टेन्ट टाँगेर बनाइएका टहरा पनि बसि नसक्नुनै हुन्छ, भने कुरुवा घरमा पनि बाँझिटा पसेर भिजाउने गरेको छ । कोभिड अस्पतालमा बिरामी भर्ना गर्न थाले पछि धरान उपमहानगरपालिकाको पहलमा स्थानीय सामाजिक संस्थाहरुले टेन्ट टाँगेर बस्ने ठाउँ बनाइदिएका थिए । केही दिन अघि मारवाडी समाजले निर्मा

    • प्रकाशित मितिः असार १८, २०७८
    • 986 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सदन चल्न नदिने माओवादीको अडान कायमै

    विराटनगर । मन्त्रीले सदनमा दिएको अभिव्यक्तिको कारण प्रदेश १ को बजेट अधिवेशन प्रभावित बनेको छ । मन्त्रालयगत रुपमा बजेट र कार्यक्रम माथिको छलफल अघि बढ्न नसकेपछि २० गते सम्मलाई स्थगन भएको प्रदेशसभा बैठक सूचारु हुने नहुने अझै टुंगो लाग्न सकेको छैन । नेकपाका माओवादी केन्द्रका सांसद मोहन खड्काले भौतिक पूर्वाधार मन्त्रालयतर्फको विनयोजित बजेट र कार्यक्रम माथि टिप्पणी राख्दा मन्त्री अम्मिरबाबु गुरुङ व्यक्तिगत लाञ्छना र आरोपमा उत्रिएपछि दुई दिनसम्म माओवादीले संसदको कारवाही अघि बढ्न दिएन । मन्त्री गुरुङले सदन समक्ष माफी नमागे सम्म अवरुद्ध गर्ने माओवादीको अडान पछि प्रदेशसभामा अन्य मन्त्रालयतर्फ विनियोजि

    • प्रकाशित मितिः असार १८, २०७८
    • 1,078 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • वराहक्षेत्र २ पुर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा हुदैं

    बराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकाको वडा नं २ पुर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणाको अन्तिम चरणमा पुगेको छ । असार मसान्तसम्म वडा नं २ देशकै पहिलो बिमा युक्त वडा घोषणा गर्ने योजना अनुसार अघि बढेको प्राथमिक स्वास्थ्य केन्द्र चतराका निर्देशक डा. अनिल गिरिले बताए । ६ हजार ४ सय ९६ जनसंख्या रहेको वडामा हाल सम्म ६ हजार १ सय ६८ जनाले स्वास्थ्य बिमा गरेका छन् । ९४ दशमलव ८९ प्रतिशतले बिमा गरेको तथ्यांक रहेको वडामा १ हजार ७ सय २७ परिवारले बिमा गरेका छन् । सत् प्रतिशत बिमा गराउने योजना अनुसार प्रथामिक केन्द्रका कर्मचारी र बिमा अभिकर्ताहरु घरदैलौ कार्यक्रम गरेरै स्वास्थ्य बिमाको महत्व र बिमा नगर

    • प्रकाशित मितिः असार १७, २०७८
    • 907 पटक पढिएको
    • "संगम विष्ट"
  • हात्तीको आक्रमणमा एकको मृत्यु

    सुनसरी । कोशीटप्पु क्षेत्रमा जंगली हात्तिको आक्रमणबाट बेलका नगरपालिका २ स्थित रामपुरका एक जनाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिकामा पर्ने कोसिटप्पु क्षेत्रमा बुधबार राति जंगली हात्तिको आक्रमणबाट ४० वर्षिय कमल यादवको घटना स्थलमै मृत्यु भएको हो । बस्तीमा पसेको अवश्थामा धपाउने क्रममा जंगली हात्तिले आक्रमण गरेको थियो । आक्रमणबाट यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जंगली हात्तिलाई धपाउन भागलपुर प्रहरी चौकी र स्थानीयको सहयोगमा सफल भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बिगत ४ बर्षमा ७ जना भन्दा धेरैको जंगली हात्तिले ज्यान लिइसकेक

    • प्रकाशित मितिः असार १७, २०७८
    • 1,222 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शैक्षिक हवको साख फर्काउँदै धरान मेघा कलेज

    धरान / केही वर्ष अघि सम्म नेपालकै शैक्षिक हबको रुपमा धरानलाई हेरिन्थ्यो । देशका विभिन्न जिल्लाबाट धरानमा गुणस्तरिय शिक्षाका लागि विद्यार्थी आउने गर्दथे । पछिल्लो केही वर्ष यता धरानका विद्यार्थीहरु काठमाण्डौं धाउन थालेका छन् । विद्यार्थीहरु मात्रै होइन्, प्राध्यापकहरु पनि काठमाण्डौंमै पुगेर अध्यापन गराउने क्रम बढ्दै गएको छ । काठमाण्डौं केन्द्रित शिक्षालाई मोफसलमै स्थापित गराउन अहिले धरानको धरान मेघा कलेज नयाँ योजनाका साथ आएको छ । लामो समय सम्म अध्यापनको अनुभव लिएका शिक्षकहरुबाट धरानमै गुणस्तरिय शिक्षाका लागि अघि बढेको छ । एकै थलोमा विद्यालय तह देखि ब्याचलर सम्मको अध्ययन गराउन थालेको छ । ह

    • प्रकाशित मितिः असार १७, २०७८
    • 2,181 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तस्करीको ७० बोरा चिनीसहितको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

    विराटनगर । अवैध रुपमा भारतबाट तस्करी गरी विराटनगरतर्फ ल्याइँदै गरेको चिनीसहितको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । ७० बोरा चिनीसहितको ट्रक सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बखरी बिओपीका इनिसपेक्टर दिलबहादुर पन्तको नेतृत्वको टोलीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको बताइएको छ । सशस्त्र प्रहरीका अनुसार बिओपी बखरीले विराटनगर–६ ब्रम्हापुरामा को १ ख २१२९ नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको हो । ट्रकका सवारी चालक सुनसरी देवनगन्ज गाउँपालिका – २ का २८ वर्षीय राजेश कुमार खत्वीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सवारी देवनगन्ज २ का विसनदेव मेहताको भएको र तस्करीको चिनी

    • प्रकाशित मितिः असार १७, २०७८
    • 1,409 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved