धरान: सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीका प्रसे संयोजक सुर्य थापाका अनुसार आज (शनिवार) दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवटारमा बसेको बैठक आगामी मंसिर १६ गते दिउँसो बस्ने स्थिगित भएको हो । आजको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले अर्का पार्टि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गते पेश गरेको प्रतिवेदनको जवाफ लिखित रुपमा प्रस्तुत गरेका छन् । प्रधानमन्त्री ओलीले छुट्टै प्रतिवेदन तयार पार्न समय मागेपछि दश दिनपछि आज सचिवालय बैठक बसेको थियो । आगामी मंसिर १८ मा नेकपाको
धरान –सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवटारमा सुरु भएको छ । आजको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले राजनितिक प्रस्ताव पेश गर्ने कार्यक्रम तय भएको छ । गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले राजनितिक प्रतिवेदन पेश गरेका थिए । आज बस्ने सचिवालय बैठकमा सोही प्रतिवेदनको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ । यसअघि मंसिर ३ गते बसेको बैठक १० दिनका लागि स्थगित भएको थियो । आजको बैठकले निकै महत्तवपूर्ण भएको जानकारहरु बताउदै
धरान/ चीनका रक्षामन्त्री वेइ फेङ्होको नेपाल भ्रमणको औपचारीक घोषण भएको छ । फोङ्हो एकदिने कार्यशील भ्रमणका लागि भोली आईतबार नेपाल आउने भएका हुन् । उनले नेपला भ्रमणका दौरान राष्ट्रपति ,प्रधानमन्त्रीसँग शिष्टचार भेट गर्ने तथा प्राधनसेनापति सँग पनि भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। एकदिने कार्यशील भ्रमण सकेर उनी आइतबार साँझ नै स्वदेश फर्कने छन् ।
धरान – नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले फेसबुक पेजमार्फत संक्रमण पुष्टि भएसगै आफु सेल्फ आईसोलेसनमा बसेको र चाडै ठिक भएर मैदान फर्कने विश्वास लिएको बताएका छन् ।
धरान । बराहक्षेत्र–२ मा रहेको आदर्श माविको नवनिर्मित भवनको आज (शुक्रबार) उद्घाटन भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत सुनसरी क्षेत्र नं. १ का संघिय सांसद जयकुमार राईबाट प्राप्त रकमबाट विद्यालयको दुई तले भवन निर्माण सम्पन्न भएको हो । शुक्रबार सांसद जयकुमार राईले भवनको उद्घाटन गर्नुभएको हो । २० लाखको लागतमा विद्यालयको भवन निर्माण सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सांसद जयकुमार राईले विद्यालयको शैक्षिक विकासकालागी संघिय सरकारले महत्वका साथ हेरिरहेको बताए । उनले शिक्षाको क्षेत्र अहिले आइटिको युगमा प्रवेश गरेको भन्दै सोही अनुरुप शिक्षाको
धरान । धरान–१७ स्थित पट्नालीमा भइरहेको प्रथम पट्नाली च्यालेन्ज कपको फाइनलमा बराहक्षेत्र फुटबल क्लब चतरा र गोधुली फुटबल क्लब धरानबीच प्रतिष्पर्धा हुने भएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा धरानको ज्योती एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बराहक्षेत्र फुटबल क्लबले फाइनलको यात्रा तय गरेको हो । ज्योती एफसीका क्याप्टेन योगेश राईको अनगोलमा बराहक्षेत्र विजयी भएको हो । शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलको म्यान अफ द म्याच बराहक्षेत्रका क्याप्टेन आकाश राई घोषित भए । उनलाई ट्रफी तथा नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो । शनिबार पटनाली खेल मैदानमा धरानको गोधुली क्लब र बराहक्षेत्र फुट
धरान । उच्च अदालत बिराटनगरको फैसला विरुद्ध सर्वाेच्च अदालत गएका सिद्ध बाबा भनिने कृषण बहादुर गिरिको मुद्धामा आज (शुक्रबार) सर्वाेच अदालतले आदेश गरेको छ । उच्च अदालत बिराटनगरले गिरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । गिरि माथि आफ्नै एक महिला अनुयायी माथि बलात्कार गरेको मुद्धा जिल्ला अदालत सुनसरीमा दर्ता भएको थियो । आज सर्वोच्च अदालतका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र प्रकाश ढुंगानाको संयुक्त इजलाशले उच्च अदालतको आदेशलाई नै सदर गरेको । सर्वाेच्चको यो आदेश सगै सिद्धबाबा भनिने कृषण बहादुर गिरि अनिश्चितकालका लागि कारागारमै बस्ने भएका छन् । गिरिलाई जिल्ला अदालत सुनसरीले३ लाख धरौटि
विराटनगर । प्रदेश १ मा आज २सय २० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरंगमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा २६, कनकाईमा १३, भद्रपुर र विर्तामोडमा १०–१०, मेचीनगरमा ९, बुद्धशान्तिमा ३, गौरीगञ्ज, शिवसताक्षी, बा¥हदशी, अर्जुनधारा, झापा गाउँपालिकामा २–२, हल्दिबारी, गौरादह र स्थानीय तह नखुलेका १–१, मोरंगको विराटनगरमा ४४, सुन्दरहरैचामा ८, पथरीशनिश्चरे र बेलबारीमा ५–५, उर्लाबारीमा ४, रतुवामाईमा ३, मिक्लाजुङमा २, कटहरीमा १, सुनसरीको धरान
विराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेता नेपाल निकटका केन्द्रीय सदस्यले सुनसरीको इटहरीमा अलग्गै भेला आयोजना गरेका छन । प्रदेश १ स्तरीय भेलाका रुपमा केन्द्रीय नेताको सहभागितामा प्रदेशस्तरीय नेतृत्वले अलग्गै भेला आयोजना गरेका हुन । केहीअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूँ निकटका प्रदेशस्तरीय नेता कार्यकर्ताहरुसंग भर्चुअल छलफल आयोजना गरेका थिए । ओलीको छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि सहभागी थिए । सुनसरीमा गोप्य रुपमा आयोजना गरिएको भेलामा भूगोलका इन्चार्ज र सहइन्चार्जसहित प्रदेशका नेता कार्यकर्ता सहभागी थिए । इटहरीको साथी पेट्रोल पम्प अगाडिको
इलाम/ इलामको फाकफोकथुम गाउँपालिकाले मंसिर १४ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमणको कारण गत चैत्र ११ गतेबाट बन्द रहेका विद्यालय १४ गतेबाट खुल्ने भएका हुन । पालिकाले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार सुरक्षाका उपाए अपनाएर मंसिर १४ गतेबाट पठनपाठन सञ्चालन गर्न विद्यालयलाई पत्र पठाईसकेको प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले बताए । उनले भने ‘स्टाफ, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवाला समेत राखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेर मंसिर १३ गते भित्र गाउँपालिकामा पेश गर्नुपर्ने र १४ गतेबाट विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।’ विद्य