समाचार

    Showing 6,851-6,860 of 10,042 items.
  • सवारी दुर्घटनामा दुईको मृत्यु, सात घाइते

    इलाम । इलामको सूर्योदय नगरपालिका–हर्कटे बजार नजिकैको सुकेपोखरीमा बुलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत सुकेपोखरीमा मे १ज ३३०७ नम्बरको बुलेरो जीप सडकबाट तल खस्दा दुईजनाको मृत्यु र सात जना घाइते भएको जिल्ला प्रहरीकार्यालय इलामले जनाएको छ । मृत्यु हुनेमा इलामको माइजोगमाई गाउँपालिका–४ का ७६ बर्षीया रामप्रसाद तिम्सिना र सोही ठाउँको ४० वर्षका भरत घिमिरे रहेका छन । दुर्घटनामा परि घाइते भएका दुवैको उपचारको क्रममा झापाको विर्तामोड स्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए । दु

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 930 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षक हत्याको आरोपमा जन्मकैदको फैसला

    इलाम / माई नगरपालिका- १ स्थित अम्लिसे भन्ज्याङ आधारभूत विद्यालयका शिक्षक ४६ वर्षीय पुष्पलाल राईको हत्याको आरोपमा ४६ वर्षीय पदमबहादुर राईलाई जन्मकैदको फैंसला सुनाएको छ । एक वर्ष अघि खुकुरी प्रहार गरि एक आधारभूत विद्यालयका शिक्षक पुष्पलालको हत्या गरेको आरोपमा जिल्ला अदालत इलामले पदमलाई जन्मकैदको फैसला गरेको हो । गत ७७ साल असोज २९ गते पुष्पलाल राईको पदमबहादुरले घाँटीमा पछाडिबाट खुकुरी प्रहार गरि हत्या गरेका थिए । पुष्पलालको घरमै गएर खुकुरी प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको थियो । मृत पुष्पलालको हत्याको अनुसन्धान गर्न प्रहरीले धरानबाट घट्नास्थलमा कुकुर झिकाई ट्रयाकिङ गरेर पदमबहादुरलाई पक

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 857 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जब्दि र बिष्ट टोललाई सफा र स्वच्छक्षेत्र घोषणा

    बराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाको वडा नं २ स्थित जब्दि र बिष्ट टोललाई सफा र स्वच्छक्षेत्र घोषणा गरिएको छ । वडाका दुई टोललाई प्लान इन्टरनेशनल र सामुदायिक समाज उथान केन्द्र सुनसरीको सहयोगमा सफा र स्वच्छक्षेत्र घोषणा गरिएको हो । सोमवार जब्दि स्थित शिवलय चौकमा एक कार्यक्रम गरेर दुई वटै टोललाई सधै सफा राख्ने प्रतिबद्धता गराउदै प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाकि उप- प्रमुख कमला मगरले सफा र स्वच्छक्षेत्र घोषणा गरेकी थिईन् । अनुगमनबाट टोललाई सफा र स्वच्छक्षेत्र घोषणा गरिएकाले यसरीनै बराहक्षेत्रका सवै टोललाई घोषणा गर्ने लक्ष्य लिएको बताए । उनले सफा र स्वच्छ हुन सवै टोलबासी सचेत हुनु पर्ने बताईन्

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 687 पटक पढिएको
    • "संगम बिष्ट"
  • विष्णु मेमोरियलका आशिष बने नेपाल प्रथम

    धरान / धरान ९ मा रहेको विषणु मेमोरियल सेकेण्डरी स्कुलमा अध्ययन गरेका अशिष कार्की नेपाल प्रथम बनेका छन् । उनले काठमाडौं विश्वविद्यालय (स्कुल अफ साइन्स एण्ड स्कुल अफ इन्जिनियरिङ) द्वारा सञ्चालित ब्याचलर्स अफ इन्जिनियरिङको प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएर नेपाल प्रथम बनेका हुन् । विद्यालयका माध्यमिक तहका कोअर्डिनेटर नविन शाक्यका अनुसार उनले १५४० प्राप्ताङ्कका प्राप्त गर्दै प्रथम भएका हुन्। शिक्षा क्षेत्रमा निकै अब्बल चिनारी बनाइरको यस विद्यालयले हालै सार्वजनिक भएको कक्षा १२ को नतिजामा पनि शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । विद्यालयका प्रिन्सिपल वेनिन्द्र कटुवालका अनुसार

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 1,310 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • घाटा बजेटले योजना प्रभावित: करिब ३५ प्रतिशत कार्यान्वयन नहुने

    धरान । आर्थिक वर्ष २०७८÷७९ को लागि घाटा बजेट बनाएको धरान उपमहानगरपालिकाको करिब ३५ प्रतिशत योजनाहरु कार्यान्यवन नहुने भएका छन् । उपमहानगरले करिब ५० करोड रुपैयाको घाटा बजेट बनाएकाले योजनाहरु पनि प्रभावित हुने भएको हो ।पुँजिगत खर्च तर्फ ९६ करोड ५४ लाख ६५ हजार ४ सय रुपैयाको विभिन्न योजनाहरु मध्ये वडा स्तरिय २८ करोड र नगर स्तरिय ३५ करोड मात्रै खर्च हुने भएको छ । नयाँ योजनाहरु कार्यान्यवन नहुने भएका हुन् । नगर स्तरिय योजनामा संघीय र प्रदेश समेत रहेको छ । उपमहानगरको चालु खर्च १ अर्ब ३ करोड ९९ लाख ३४ हजार ६ सय रहेको छ । धरान उपमहानगरपालिकाको योजना महाशाखाको अनुसार प्राथमिकताको आधारमा योजनाहरु

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 836 पटक पढिएको
    • "दिनेश गजमेर"
  • तीन वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ६२ वर्षीय बृद्ध पक्राउ

    इलाम/ इलामको फाकफोकथुम ४ का ६२ वर्षका एक बृद्धलाई जवरजस्ती करणी गरेको आरोपमापक्राउ गरेको छ । भतिजि साइनो पर्ने बालिकालाई जवरजजस्ती करणी गरेको आरोप पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो । पक्राउ परेका ब्यक्तिलाई जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगा थापाले जानकारी दिए । पीडकले बालिकालाई घरैमा बोलाएर यौनजन्य क्रियाकलाप गरेको भनि बालिकाको आमा दिएको जाहेरीको आधारमा ब्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको हो । प्रहरीका अनुसार बालिका र पीडक आफन्त हुन् । उनीहरुबीच भतिजि

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 685 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साढें तीन वर्षमा ४० केजीका वालक : उपचार गर्न आर्थीक अभाव

    इलाम/ इलामको माइजोगमाई गाउँपालिका वडा नं. ६ प्याङ घर भएका दिप्सन काफ्ले मोटो भएकै कारण विद्यालय लैजान समस्या भएको छ । साडे तीन वर्ष पुगेका दिप्सनको विद्यालय जाने समय भैसकेको छ तर मोटो भएका कारण विद्यालय जान नसकेपछि पढाईबाट समेत समस्या भएको हो । मोटो भएका कारण हिँडडुल बाहेकका अन्य व्यवहार भने अन्य बालबालिका सरहनै गर्नेगरेको परिवारको भनाई छ । तौल बढीभएकाकारण बोकेर हिडडुल गराउन समेत नसकीने अभिभावकको भनाई छ । मेलापात गरेर जीविकोपार्जन गर्दै आएका दिप्सनका बाबु सीताराम काफ्ले र निर्मला अधिकारीलाई पनि दिनदिनै छोरा अस्वभाविक रुपमा मोटाउँदै गएकामा पीर छ । मोटोपन बडेको कारण परिवारले ऋणपान गरेर भएप

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 874 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • फुटसलको लोकप्रियता बढ्दै

    धरान/ पछिल्लो समय युवा सहित बयस्कहरुको पनि फुटसल प्रतियोगिता प्रति आकर्षित बढ्दै गएको छ ।शारीरिक, मानसिक रुपमा तन्दुरुस्त बनाउनुका साथै युवा पुस्तालाई सकारात्मक सोचतर्फ अभिवृद्धि गर्न फुटसलले सहयोग पु¥याउने भएकोले पनि सबै वर्ग आकर्षित बनेका हुन् । धरानमा बुढासुब्बा फुटसल, विग फुटसल र धरान फुटसल लगायत खेलस्थान छन् । यी सबै खेलस्थानमा फुटसल खेल्नेको भीड लाग्ने गरेको छ । मैत्रीपूर्ण खेल खेल्नु पर्दा होस् या कुनै टुर्नामेन्ट गर्नुपरेमा धरानमा खुलेका फुटसल स्थल आकर्षकका केन्द्र बनेका छन् । फुटबल प्रतियोगिताको सानो रुपमा लिइने फुटसलले सकारात्मक सोच अभिवृद्धिसंगै खेलाडी उत्पादनमा समेत सहयोग

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 817 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दमकबाट ६ जना जुवाडे पक्राउ

    झापा। झापाको दमक नगरपालिका–५ बाट ६ जना जुवाडे नगद सहित पक्राउ परेका छन् । दमक नगरपालिका –५ दिपेश भट्टराईको खाली घर कोठामा तास खेलिरहेको अबस्थामा ६ जना नगद सहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ईलाम चुलाचुली गाँउपालिका–५ का ३९ बर्षिय सुमन सिंह राई, पाँचथर मिक्लाजुङ गाँउपालिका–१ का ४२ बर्षिय बबिन सुब्बा, दकम नगरपालिका–५ का ५८ बर्षिय लक्ष्मी ढकाल, दमक(५ की ३४ बर्षीया कमला राई, दमक–५ की ४० बर्षीया बिमला तामाङ र कमल गाँउपालिका–३ का ५१ बर्षिय राज कुमार खड्का रहेका छन् । आइतबार राती ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोल

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 693 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेरिल्याण्डको बक्तृत्वकलामा अंगेजीमा स्नेहा, नेपालीमा लक्षीता प्रथम

    मोरङ/ विराटनगर ७ स्थित मेरिल्याण्ड कलेज गरेको वक्तृत्वकला प्रतियोगितामा अंगेजी विधामा स्नेहा ढकाल र नेपाली विधामा लक्षीता नहाटा प्रथम भएका छन् । शुक्रबार सम्पन्न कक्षा ११ र १२ का विद्यार्थीहरु बिच अहिलेको विश्वले झेलिरहेको समस्या र नेपाल पनि यस समस्याबाट अलग नरहन सकेकाले ‘विश्वव्यापी तापमानको प्रभाव र यसलाई कम गर्न युवाहरुको भुमिका’ विषयक वक्तृत्वकला भएको थियो । ३७ जना सहभागि रहेको प्रतियोगितामा अंगेजी तर्फ दोस्रो कौशल शाह, तेस्रो क्रिस्टिना शर्मा र रोहित कुमार सिंहले सान्तवना पुरस्कार प्राप्त गरे भने नेपाली तर्फ सरु पदाजुली दोस्रो, कृस्टा पोखरेल तेस्रो र वेदान्ती सापकोटाले स

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 2,021 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved