मोरङ/ विराटनगर ७ स्थित मेरिल्याण्ड कलेज गरेको वक्तृत्वकला प्रतियोगितामा अंगेजी विधामा स्नेहा ढकाल र नेपाली विधामा लक्षीता नहाटा प्रथम भएका छन् ।
शुक्रबार सम्पन्न कक्षा ११ र १२ का विद्यार्थीहरु बिच अहिलेको विश्वले झेलिरहेको समस्या र नेपाल पनि यस समस्याबाट अलग नरहन सकेकाले ‘विश्वव्यापी तापमानको प्रभाव र यसलाई कम गर्न युवाहरुको भुमिका’ विषयक वक्तृत्वकला भएको थियो । ३७ जना सहभागि रहेको प्रतियोगितामा अंगेजी तर्फ दोस्रो कौशल शाह, तेस्रो क्रिस्टिना शर्मा र रोहित कुमार सिंहले सान्तवना पुरस्कार प्राप्त गरे भने नेपाली तर्फ सरु पदाजुली दोस्रो, कृस्टा पोखरेल तेस्रो र वेदान्ती सापकोटाले सान्त्वना पुरस्कार प्राप्त गरे ।
कलेजमा पढ्ने युवाहरु बिच सचेतना जगाउन र उनीहरुको यस प्रति धारणा लिन उक्त शिर्षक चयन गरिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । कलेजका अध्यक्ष गुणराज ढुंगेलको अध्यक्षमा भएको प्रतियोगितामा विजयी छात्राछात्रहरुलाई नेपाली तर्फका निर्णायक कवि तथा साहित्यकार विवश पोखरेल र अंग्रेजी तर्फका निर्णायक आलमगीर, प्रिन्सिपल ढकाल, उपाध्यक्ष पि.क्. झा, डाइरेक्टर डा. मनोज गुप्ता लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कोरोना भाइरसमा पनि विद्यार्थीमा निहित प्रतिभा उजागर गर्न कलेजले यस वर्ष पनि मिनी क्यालेण्डर विद्यार्थीहरुलाई वितरणको छ । कलेज खुले पछिको पहिलो अतिरिक्त क्रियाकलापको बावजुद पनि विद्यार्थीका उल्लेख्य सहभागिता र दमदार प्रस्तुती देखेर नेपाली विधाका निर्णाय कवि तथा साहित्यकार विवश पोखरेलले खुशी व्यक्त गरे ।