विराटनगर/ एक नम्बर प्रदेश सरकारले गौरबका योजना भनि नाम दिएर शुरु गरेका अधिकांश योजनाहरु लथालिङ बनेका छन् । प्रदेशको संचितकोष नै रित्तिन पुगेपछि प्रदेश सरकारले गौरबका भनि घोषणा गरेका योजनाहरुको काम धिमा गतिमा चल्न शुरु भएको हो । मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरी तोकिएको अवधिभन्दा अगावै सम्पन्न हुने दाबी गरेको प्रदेश राजधानी विराटनगरसंग जोड्ने घिनाघाट–विराटचौक सडक समयमा नसकिने देखिएको छ । ठेकेदारलाई रकम निकासा नहुँदा डेढ महिना काम रोकिएर बल्ल शुरु भएको छ । स्थानीयले सामाजिक संजालहरु मार्फत मुख्यमन्त्री राईलाई खुलापत्र लेखेर निर्माणमा भईरहेको ढिलासुस्तीबारे ध्यानाकर्षणनै गराउनु प
इटहरी/ प्रदेश एक प्रहरी कार्यालय बिराटनगर र मातहतका प्रहरी कार्यालयहरूले गएको ६ महिना देखि खोजि गरेको अभियुक्तलाइ एउटा सिसि टिभि फुटेजको सहायताले फेला पारेको छ । इटहरी लगायतका अन्य शहरहरूमा योजनावद्ध लुटपाट गर्ने ब्याक्तिलाइ बिहीबार दिउसो इटहरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । साझको बेला अध्यारोको मौका छोप्दै सुनसान गल्लीमा हिडेका महिलाहरूलाइ धाक धम्कि पूर्वक लुटपाट गर्ने झापा दमक नगरपालिका १२ घर भइ हाल मोरङ केराबारी गाउपालिका ९मा डेरा गरी बस्ने ३० वर्षिय बिजु मोतेलाइ प्रहरीले गत मंगलबार पक्राउ गरी बिहीबार दिउसो सार्वजनिक गरेको हो । गएको कार्तिक महिना देखि प्रदेश एक प्रहरी कार्य
धरान / नेपाल चलचित्र निर्देशक समाजले आफ्नो १३ बार्षिक साधरण सभाको अवसर पारेर अक्षय कोषको स्थापना गरेको छ । कोषको स्थापनाको घोषणा गर्दै महासचिव जनकदिप पराजुलिले रु एक लाख प्रदान गरेका छन् भने , निर्देशक समाजका सचिव तथा नेपाल चलचित्रकर्मि महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान ले २५ हजार २ सय २२ , कार्य समिति सदस्य सुरेश नेउपाने ले २० हजार , ओ आर एस डिजिटलका ॐ अग्रवालले ५१ हजार ,निर्देशक मिलन चाम्स्ले १ लाख ११हजार १सय ११ , बेल्जियम निवासि रफि शाहले ५१ हजार तेजेन्द्र कडेलले १६ हजार गरि जम्मा ३ लाख ७४ हजार ३ सय ३३ संकलन भइसकेको छ । यहि समिति हुदाहुदै रु २५ लाख पुर्याउने लक्ष्य रहेको महासचिव
इटहरी । सुनसरीको धरान र तरहरा बीचमा रहेको चारकोशे जंगलमा विगत एक सातादेखि लागेको आगो अझै नियन्त्रण हुन सकेको छैन । धरानको तीनकुनेबाट सुरू भएको आगो सल्किदै र स्थान परिवर्तन गर्दै तरहरा सम्म आइपुगेको छ । धरान उपमहानगरले तीनकुने परिषरमा बारूण यन्त्र लगाएर आगो नियन्त्रणको प्रयास गरेपनि सीमित क्षेत्रमामात्रै आगो नियन्त्रणमा आएको छ । आगो नियन्त्रणका लागि दमकल समयमै नपुग्ने गरेको स्थानीयहरुको गुनासो छ । धरानमा खानेपानी चरम अभाव रहेको दमकलले समयमा पानी भर्न नसक्दा ढिलो भएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । तरहरास्थित पानीपिया लगायतका मुहानबाट पानी लिएर पुगेको धरानस्थित बारूणयन्त्रले तीनकुनेको आग
धरान/ बुढासुब्बा मन्दिरको ऐतिहासितालाई जोगाउदै जीर्ण बन्दै गएको मन्दिरको मर्मत संभार गरिने भएको छ ।नेपाल सरकार पुरातात्विक विभागले मर्मत सम्भारका लागि बजेट विनियोजन गरेस“गै बुढासुब्बाको ऐतिहासिकता नामेट नहुने गरी आकर्षक ढंगबाट मर्मत सम्भार गरिने भएको हो । प्रदेश नं. १ कै धार्मिक पर्यटकीय क्षेत्र धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिर जीर्ण बन्दै गएपछि यसको ऐतिहासिता बचाउदै पुननिर्माण गरिन लागेको जनाइएको छ । मन्दिर पुननिर्माण गर्नुपूर्व १४ नंं. वडा समितिले बुढासुब्बामा क्षमा पूजा समेत सम्पन्न गरेको छ । मन्दिरको मर्मत सम्भार गर्ने क्रममा सिमेन्टको पिल्लर त
धरान/ आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा सुनसरीमा ४ जना अध्यक्षका लागि भिड्दैछन् भने १३ जना निर्विरोध निर्वाचित भएका छन् । महासंघको केन्द्र, प्रदेश र जिल्लामा आउँदो बुधबार हुने निर्वाचनको लागि सुनसरी निर्वाचन समितीले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार अध्यक्ष पदका लागि प्रेस चौतारी ओलि समुह सहितको प्यानलबाट सन्तोष काफ्ले, प्रेस युनियन सहितको प्रेस सेन्टर र प्रेस चौतारी माधव नेपाल समुहबाट जनकऋषि राई, प्रेस युनियनको तर्फबाट बागी उम्मेदवार सचिन पोखरेल र सुविद गुरागाई बिच प्रतिष्पर्धा हुने भएको छ । प्रेस युनियनबाट अध्यक्षका लागि बागी उम्मेदवारहरुको उम्मेदवारी फिर्ता गराउन अन्ति
धरान / प्रदेश नं एक विभिन्न स्थानमा भएको दुर्घटनामा परि आइतबार दुई जनको मृत्यु भएको छ । उदयपुर चौदण्डीगढी–१० ईक्राहा बस्ने ६२ बर्षीय जग नारायण श्रेष्ठको बसको ठक्करबाट मृत्यु भएको हो । बिहान सवा १० बजे चौदण्डीगढी–१० स्थित राजमार्गमा त्रियुगा पब्लिक बोडिङ स्कुल खैराझोडाको को १ ख २७४८ नम्बरको बसले पैदल हिडिरहेका श्रेष्ठलाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ठक्कर दिने बस र चालक चौदण्डीगढी–१० का ३८ बर्षीय रत्न बहादुर कार्की नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै मोरङको बिराटनगरा (१४ का २५ बर्षीय कामेश्व
इटहरी / वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रका नायक हुन भन्दै मोरङको सुन्दरहरैंचा स्थित एउटा सिंगो गाउ“ नै नेकपा एमालेमा प्रवेश गरेको छ । सुन्दरहरैंचा नगरपालिका ५ स्थित गोर्खाली टोल वसोवास गर्ने १ सय भन्दा बढि स्थानीयहरू नेकपा एमालेमा प्रवेश गरेका हुन । यस अघि नेपाली कांग्रेस र एमाओवादीमा आवद्ध स्थानीयहरू पनि ओलीको जिन्दावादको नारा लगाउँदै नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका छन् । उनीहरूले सामूहिक हस्ताक्षर सहित नेकपा एमालेको वडा कमिटीलाइ एक कार्यक्रम गरी बुझाएका हुन । जसमा टोलका युवा, महिला, बृद्धबृद्धा लगायत अगुवाहरु सबैको संयुक्तरुपमा हस्ताक्षर रहेको छ । गाउँ
धरान / बिरामीको चाप अत्याधिक बढ्न थाले पनि जनशक्ति अभाव हुँदा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष अस्तव्यस्त हुँदै गएको छ । अहिले विरामीहरुले सहजै उपचार पाउन कठिन बन्दै गएको छ । शुक्रबार संखुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ आउदै गरेको बस दुर्घटना भएपछि उपचारका लागि प्रतिष्ठानमा ल्याउँदा विरामीको चाप अत्याधिक भएपछि घाइतेहरुले सहज रुपमा उपचार पाउन सकेनन् । उपचारमा आएकाहरुले बेड अभावमा भुइमा उपचार गर्न बाध्य थिए । उपचारमा ल्याईएका घाइतेका आफन्तले प्रतिष्ठानमा उपचार ढिलाई हुने गुनासो गरे ।घाइते हर्क मंग्रान्तीले प्रतिष्ठानमा ल्याउने वित्तिकै नर्सहरुले सामान्य
धरान । एन्फा एकाडेमीले फुटबल खेललाई व्यवसायीक बनाउने उद्देश्यले दिएको प्रशिक्षणमा प्रशिक्षण लिन आउनेहरुको रुचि बढेको पाइएको छ । केही दिन अघि एन्फामा संचालन भएको प्रशिक्षणमा ३१ जना विद्यार्थीहरुले प्रशिक्षण लिएका थिए । सुनसरीबाट छानिएका ३१ जनालाई प्रशिक्षण दिएर राष्ट्रिय स्तरको खेलाडी छनौटका लागि एन्फा एकेडेमी धरानले पठाइसकेको छ । अन्य जिल्लाहरुमा पनि एन्फाले विद्यार्थीहरुलाई फुटबल प्रशिक्षणमा आकर्षित गर्न कार्यक्रमहरु संचालन तयारी थालेको छ । अन्तर्राष्ट्रिय स्तरमा फुटबलको क्रेज बढेसंगै एन्फाले समेत ग्रास लेबलबाट प्रशिक्षणलाई तिब्रता दिएसंगै फुटबल सिक्नेको सहभागिता बढेको हो । विगतमा अध्ययनलाई