हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता: एभरेष्ट भेट्रान फाइनलमा

  • बैशाख ८, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । मोरङको एभरेष्ट भेट्रान हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज बुधबार भएको खेलमा झापाको दुधे भेट्रानलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एभरेष्ट फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा एभरेष्टका नगेन्द्रमणि लिम्बू, सन्तोष बस्नेत, विष्णु सुनार, भेषराज लिम्बू र मदन राईले गोल गरे भने दुधेका मनोज लिम्बू, भिष्म प्रसाद खरेल, सन्तोष लिम्बू र भिम सुब्बाले गोल गर्दा हेमप्रसाद चेम्जोङको प्रहार बाहिरिदा दुधेले हार बेहोर्‍र्‍यो।

खेलको दोस्रो मिनेटमा नै एभरेष्टका सतिस केसीले गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । तर दुधेका भिष्मप्रसाद खरेलले १६ औ मिनेटमा गोल गरी खेल बराबरीमा ल्याएका थिए । खेलको दोस्रो हाफको ८ औ मिनेटमा सन्तोष लिम्बूले दुधेको तर्फबाट गोल गरी टोलीलाई २–१ को अग्रता दिलाएका थिए । तर खेलको अन्तिम मिनेटमा एभरेष्टका सतिस केसीले गोल गर्दै खेल पुनः बराबरीमा पु¥याएका थिए । खेलको म्यान अफ द म्याच एभरेष्टका नरेन्द्र लिम्बू घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

बिहिबार लेटाङ भेट्रान र दमक लखनपुर भेट्रानले अन्तिम सेमिफाइनल खेलमा प्रतिष्पर्धा गर्नेछन् । हाम्रो धरान भेट्रान क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा ४० वर्ष माथी उमेर समुहका खेलाडी सहभागी छन् भने ३८ वर्षका ३ जनालाई पनि समावेश गराउन पाउने नियम छ । प्रतियोगिताको विजेतालाई नगद ८० हजार र उपविजेतालाई नगद ४० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved