वीर गोर्खा पत्रकारिता: तिन पत्रकार पुरस्कृत हुने

  • वैशाख ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार पाउने तिन जना पत्रकारको नाम सार्वजनिक गरेको छ ।

सोमबार धरान १८ रत्न चोकस्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले पत्रकार सम्मेलन गरी वीर गोर्खा पत्रकारिता पुरस्कार निलिफा सुब्बा र अर्जुन सुवेदीलाई दिईने जानकारी दिएको हो । यस्तै, वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार पारस राईलाई दिईने घोषणा गरेको छ । वीर गोर्खा पत्रकारिता पुरस्कारको राशि जनही २५÷२५ हजार रुपैयाँ रहेको छ भने वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।

सेन्टरका प्रबन्ध निर्देशक प्रेमकुमार राईले गोर्खा भर्तीमा हुने गरेका अनियमितता तथा दलाल प्रवृत्तिविरुद्ध कलम चलाउने पत्रकारहरूलाई सम्मान गरिन लागिएको बताए । यो पुरस्कार २०७९ साउन महिनामा साँस्कृतिक कार्यक्रमको आयोजना गरि प्रदान गरिने समेत उनले जानकारी दिए । उनले वीर गोर्खा पत्रकारिता र नवप्रतिभा पत्रकारिता पुरस्कारको राशीमा ब्रिटिश आर्मीमा कार्यरत कप्रोल मण्डल थेवे र बहराइन आर्मीमा कार्यरत मविन राईको समेत सहयोग रहेको बताए ।

सेन्टरले गत वर्षदेखि प्रेस युनियन धरान नगरसमितिको सहकार्य तथा नेपाल पत्रकार महासंघ सुनसरीको सहयोगमा पुरस्कार वितरण गर्दै आईरहेको छ । पत्रकार सम्मेलनमा सेन्टरका प्रबन्ध निर्देशक राईले नेपाल पत्रकार महासंघका अध्यक्ष जनकऋषि राईको बुबाको स्मृति कोषका लागि नगद २० हजार रुपैयाँ प्रदान गरेका थिए ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved