तराईमा गर्मी बढ्यो: नमस्ते झरनामा घुईचो

  • बैशाख ८, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । तराईमा अत्याधिक बढेको गर्मी छल्न स्थानीयहरु पहाडको चिसोमा रमाउन जान थालेका छन् । अहिले धनकुटाको सागुँरीगढी गाउँपालिकामा रहेको नमस्ते झरनामा घुइचो लाग्न थालेको छ ।

सागुरीगढी गाउँपालिकाको भेडेटारको चीसो हावा लिएपछिको गन्तव्य नै नमस्ते झरना हुने गरेको छ । विगतमा झरनामा अत्याधिक भीड भएकै कारण दुर्घटना भएपछि त्यस ठाउँमा जान सर्वसाधारणलाई प्रतिबन्धित गरिएको थियो । भेडेटार पुगेपछि नमस्ते झरना पुग्ने चाहना गर्नेहरुका लागि सुरक्षालाई मध्यनजर गर्दै बन्द गरिएपछि बन्दका कारण निराश बनेका थिए । अहिले नमस्ते झरना प्रवेशमा खुल्ला गरेसंगै सर्वसाधारणको घुइचो लाग्ने गरेको छ ।

झापामा अत्याधिक गर्मी भएपछि झापाबाट स–परिवार भेडेटार पुगेकी कमला श्रेष्ठ केही क्षण भेडेटारको विश्रामपश्चात नमस्ते झर्ना पुगिन् । विगतमा समेत अत्याधिक भीडका समयमा नमस्ते झर्ना गएर फोटो खिच्ने, झरनाको रमाइलो दृश्यावोकन गर्ने उनले कोरोना संक्रमणका समयमा भने आउन पाइनन् । प्रत्येक बर्ष नमस्ते झरनाकोे मजा लिनकै लागि आएकी यस बर्ष लामो समयपछि नमस्ते झरनाको रमणीय दृश्य देख्न पाएको बताइन् । उनले भनिन्, ‘नमस्ते झरना अत्यन्तै सुन्दर छ, भेडेटार आएपछि एक पटक घुमेरै जान्छु, तस्विर क्यामरामा कैद गर्छु ।’ यसपटक भने विगतको भन्दा धेरै प्रविधिको फाइदा लिएको उनले बताइन् । उनले भनिन्, ‘विगतमा आउदा टिकटक बनाइएको थिइएन, यस बर्ष भने स परिवारको टिकटक पनि बनायौ ।’

इटहरीकी रेस्मा निरौला पनि नमस्ते झरनाको दृश्याअवलोकन मात्र हैन, नमस्ते झरनामा नुहाउदाको मज्जा नै अर्कैै भएको बताउँछिन् । उनले भनिन्, ‘यहा आएर चिसो झरनाको पानीमा रुझ्दा रमाइलो लाग्छ मलाई ।’ श्रेष्ठ र रेस्मा जस्ता प्रकृति सँग रमाउने आन्तरिक पर्यटकका लागि भेडेटारपछिको गन्तव्य स्थल नमस्ते झरना नै हुने गरेको छ । झरनाको चीसो पानीसँगै उकालो चढ्दा लगाइएको सिढीबाट नमस्ते झर्ना सम्म पुग्दाको मजा नै अर्को हुने बताउने गरेका छन् ।

सागुरीगढीको सिम्सुवा खोलामा रहेको नमस्ते झरना कोशी राजमार्ग अन्तर्गतको सिम्सुवा गोलाईबाट करिब २ किलोमिटरको दुरीमा रहेको छ । झरनासम्म पुग्नको लागि अत्यन्तै कष्ट भोग्नु पर्ने हुन्छ । कमला श्रेष्ठ भन्छिन्, ‘त्यहा बनाइएका सिढी चढेर झरना सम्म पुग्न अत्यन्तै गlह्रो छ, पुगिसकेपछि झरनाको दृुश्यवलोकनसंगै चीसो पानीमा रुझ्दा त्यो सबै थकान मेटिन्छ ।’

विगतमा आन्तरिक पर्यटकमात्र आउने गरेको नमस्ते झरनामा पछिल्लो समय नेपालको छिमेकी मुलुक भारतबाट समेत आउने गरेको त्यहाका स्थानीयहरु बताउँछन् । नेपाली कांग्रेस सागुरीगढी गाउँपालिकाका सभापति नेपाल धन राईले दिनप्रतिदिन नमस्ते झरनाको चर्चा चुलिदै गएको बताए । चर्चा चुलिदै गएका कारण विगतमा आन्तरिक पर्यटकमात्र आउने भएपनि पछिल्लो पटक भारतदेखिका पर्यटकहरु भेडेटार पुग्नेवित्तिकै नमस्ते झरना पुग्ने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘सांगुरीगढीका अन्य पर्यटकीय क्षेत्रजस्तै नमस्ते झरना पनि पालिकाकाको गहनाको रुपमा रहेको छ, यसको प्रचारप्रसार भने अझै नपुग्दा भनेजस्तो पर्यटक आउन सकेका छैनन्, यसको प्रचारप्रसार अझै खाँचो छ ।

झरना अवलोकल गर्नकै लागि सयौ मानिस आउने गरेको होटल एसोसिएन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । उनले भने, ‘कोरोनाको सहज बन्दै गएपछि अहिले दैनिक सयौ आन्तरिक तथा वाहय पर्यटक नमस्नेते झर्ना पुग्छन् तर शनिबार र बिदाका दिन भने यो संख्या बढ्ने गर्छ ।’ उनका अनुसार विदा र शनिवारका दिन करिब पन्ध्र सय पर्यटक आउने गरेका छन् । त्यो बाहेक शैक्षिक भ्रमण, वनभोज जस्ता कार्यक्रम झरना छेउछाउमा हुने गरेको उनी बताउँछन् ।

झरनाकै कारण क्षेत्रमा आर्थिक चहलपहल समेत निकै बढेको छ । ५ बर्षको अवधिमा एक दर्जनको भन्दा बढी होटल खुलेका छन् । प्रत्येक होटलले दैनिक १० देखि ५० हजार सम्म कारोवार गदै आएका छन् । पहिलेका तुलनामा होटलमा कारोवार फस्टाएपछि ब्यवसायी समेत निक्कै उत्साहित देखिएका छन् । झरनाको प्रवेशद्वार नजिकै साना ठूला गरी एक दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् । झरनासम्म जाने बाटो फराकिलो छ । पर्यटन विकास कार्यालय र होटल एसोसियसन भेंडेटारले झरनाको प्रचार–प्रसार र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष रुम्दालीले बताए ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved