सिफारिसमा थपघट: घिमिरे थपिँदा चौधरी कट्

  • वैशाख ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा निर्वाचित द्वारिकलाल चौधरीको नाम प्रदेश कमिर्टीले काटि दिएको छ ।

एमाले प्रदेश १ कमिटीको बैठकले चौधरीको नाम कटाएर बाँकी उमेदवारको नाम केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो । प्रदेश कमिटीको बुधबार विराटनगरमा बसेको बैठकले इटहरी उपमहानगर कमिटीको सिफारिसमा परेका द्वारिकलालको नाम कटाएर मेयरमा लक्ष्मी गौतम, रामप्रसाद चौंलागाई, यामकुमार सुब्बा र एमाले नेता बन्नुलाल चौधरीको नाम केन्द्रीय कमिटीमा पठाएको हो । प्रदेश कमिटीले सिफारिसमा परेका रेवती घिमिरेको नाम पनि हटाएको छ ।

प्रदेश सचिव चिन्तन पाठकका अनुसार उपमेयरमा अमला श्रेष्ठ, संगीता चौधरी, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिस भएको छ ।

यता, विराटनगर महानगरपालिकाको मेयरमा एमालेको महानगर कमिटीबाट सिफारिस नै नभएका जीवन घिमिरेको नाम पनि केन्द्रलाई पठाएको छ । प्रदेश एकको पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफू मुख्यमन्त्रीको तयारीमा रहेको तर महानगरको प्रमुखमा नजाने बताउँदै आएका थिए । विराटनगरको मेयरमा पार्टीका महानगर अध्यक्ष सागर थापा, प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेत, बाबुराम कार्की, महेश भट्टराई र रामलाल साहको नाम केन्द्रमा सिफारिस गरेको छ । उपमेयरमा विमला दाहाल, शिल्पा कार्की र अञ्जु उपाध्यायको सिफारिस भएको छ ।

धरानको मेयरमा मञ्जु भण्डारी, मोतीराज सुनुवार, विजय राई र मनोज मेन्याङ्बोको नाम सिफारिस भएको छ । नगर कमिटीले ११ जनाको नाम पठाएकोमा चार जनाको नाम मात्र सिफारिस गरेको छ । यस्तै उपमेयरमा सविता राई, पदम इस्बो, लहरुमाया जिमी र सुशीला पहाडीलाई सिफारिस गरिएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved