समाचार

    Showing 6,311-6,320 of 8,630 items.
  • सुनसान बन्दै पर्यटकीय स्थल

    इटहरी/  दोश्रो लहरको कोरोना भाइरस संक्रमण तिब्र बढेसंगै सुनसरीका पर्यटकीय स्थलहरू सुनसान देखिन थालेका छन । इटहरी स्थित पर्यटकीय स्थल तालतलैयामा एक साता यता पर्यटकहरूको संख्या ह्वात्तै घटेको पाइएको छ । त्यस्तै इटहरीकै इपिल्याण्ड वाटरपार्कमा पनि पर्यटकहरूको संख्या उल्लेख्य मात्रामा घटेको पाइएको छ । छिमेकी मुलुक भारतमा कोरोनाका कारण दैनिक मृत्युदर चार गुणाले बढेको समाचार बाहिरिएसंगै नेपालमा पनि सरकारले सावधानी अपनाउदै बिभिन्न जिल्लाहरूमा लकडाउनको तयारीमा गरिरहेको छ । सुनसरीमा समेत जोखिम बढेको भन्दै सावधानी अपनाउन प्रसाशनले अनुरोध गर्दै आएको छ । इटहरी उपमहानगरले भिडभाड हुने क्षेत्रहरू स

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 1,482 पटक पढिएको
    • "तेजबहादुर बन"
  • ‘महामारीमा सरकार गैह्रजिम्मेवार’

    विराटनगर/ नेपाली कांग्रेस १ नं प्रदेश संसदीय दलले कोरोना महामारी रोकथाम गर्न प्रदेश सरकार जिम्मेवार हुन नसकेको जनाएको छ । कोरोना घातक रुपमा फैलिएको बेला सरोकारवाला मन्त्री मदिरा कार्यदल बनाउन लागेको भन्दै कांग्रेसले सरकारलाई जिम्मेवार बन्न आग्रह गरेको छ । संसदीय दलको तर्फबाट प्रमुख सचेतक केदार कार्कीले बुधबार विराटनगरमा संचारकर्मीसंगको छलफलमा भने, “महामारी अत्यधिक मात्रामा बढेको छ, मानिस आत्तिएका छैनन् तर महामारीमा सरकार कहाँ छ ?” उनले महामारी रोकथाम गर्न सरकारलाई साथ दिन तयार रहेपनि सरकारले के गर्दैछ भनेर विपक्षी दलसंग कुनै छलफल नभएको बताए । “सरकारले लगानी गरेर कोशी क

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 728 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना त्रास : घर फर्किने यात्रुको भीड

     धरान / धरानको बसपार्कमा यात्रुहरुको भीड बढ्न थालेको छ । कोरोना संक्रमणले लकडाउन हुने त्रासले गाउँ घर फर्किन थाले पछि धरानको बसपार्कमा भीड बढेको हो । काठमाण्डौमा १६ गते देखि निषेधात्रा गर्ने भएपछि पुर्वी पहाडी घर भएकाहरु फर्किने क्रम बढेको छ । पुर्वी पहाडी जिल्लावासीहरु धरानको बसपार्कमा आ–आफ्ना्े घर फर्कने क्रममा भीड बढेको हो । काठमाण्डौबाट तेह्रथुम घर हिडेका सुमन घिमिरेले लकडाउनको समयमा काठमाण्डौमा डेरामा बसेर दिन काट्नै गाह«ो हुने मात्र हैन छाक टार्न नै मुस्किल हुने देखिएपछि घरमै सुरक्षित हुन काठमाण्डौ छाडेको बताए । काठमाण्डौको सुनधारामा डेरा लिएर बस्दै आएका उनले भने,

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 1,523 पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • बजेटमा उद्योगीको नौं बुँदे सुझाव

    विराटनगर/  उद्योग संगठन मोरङले आगामी आर्थिक वर्षको बजेटमार्फत औद्योगिक उत्पादन लागत घटाउन दीर्घकालीन महत्वका संरचनाहरुको विकास तथा सञ्चालनका लागि सरकार समक्ष आग्रह गरेको छ । औद्योगिक क्षेत्रको यातायात तथा पारवहन लगायतका क्षेत्रमा हुने अत्याधिक लजिस्टक खर्चका कारण उत्पादन लागत बढेको कारण स्वदेशी उत्पादन प्रतिस्पर्धी बन्न नसकेको निष्कर्ष सहित संगठनले सरकारलाई नौं बुँदे सुझाव दिएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धनलाई अभियानका रुपमा अघि बढाएको संगठनले स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाई प्रवद्र्धन गर्न व्यापार तथा पारवहनका क्षेत्रमा छिमेकी मुलुकहरु भारत, चिन, बंगलादेश लगायतका मुलुकहरुस

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • 695 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोटरसाईकल चोरेर गाउँ लैजाने पक्राउ

    इलाम/ तराईका विभिन्न जिल्लाबाट मोटरसाईकल चोरी गरी गाउँमा लैजाने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेशका झापा, मोरङ लगायतका स्थानबाट मोटरसाईकल चोरी गरी इलामका ग्रामिण क्षेत्रमा ल्याउने गिरोहलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो । तराईको विभिन्न जिल्लाबाट चोरी गरी इलामको ग्रामिण भेगहरुमा चलाई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरी कार्यालयका अनुसार बैशाख महिनामा मात्र प्रहरीले सात वटा चोरीका मोटरसाईकलहरु सहित चोरी गर्ने ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला गुल्मी मुसिकोट नगरपालिका ४ घर भई हाल जिल्ला झापा दमक नगरपाल

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • 1,043 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • वीपीमा खपत भन्दा चार गुणा बढी अक्सिजन : प्रति मिनेट १६ सय लिटर उत्पादन

    धरान/  छिमेकी मुलुक भारतमा अक्सिजन नपाएरै कोरोना संक्रमितहरुको मृत्यु बढ्दै गए पछि नेपालमा पनि अक्सिजनको अभाव हुने चिन्ता हुन थालेको छ । अहिले जटिल अवस्थाका बिरामीहरूको संख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपर्ने अवश्था आइरहेको छ । प्रदेश १ मा पनि कोरोना संक्रमित बढ्दै गए पछि कोभिड अस्पतालहरु तयारी अवश्थामा राख्न थालिएको छ । अझ अक्सिजनको कमी हुन नदिन सबैको चासो बढेको छ । प्रदेश सरकारले पनि अक्सिजनको कमी हुँन नदिन अक्सिजन प्लान्ट निर्माण गर्ने तर्फ पनि योजना अघि सारेको छ । सोमबार मुख्यमन्त्री शेरधन राईले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभि

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • 1,500 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सरकारद्वारा कोरोना रोकथाम अभियान शुरु

    मोरङ / कोरोना संक्रमण बढ्दै गए पछि रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारको अगुवाईमा जनचेतनामुलक अभियान शुरु गरिएको छ । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य मापदण्ड पालना नभएपछि मन्त्रालयले सांकेतिक रुपमा अभियानको शुरुवात गरेको जनाएको छ । सामाजिक विकास मन्त्रालयको अगुवाईमा, स्काउट लगायतका सामाजिक संघ संस्थाको सहकार्यमा अभियानको शुरुवात गरिएको हो । अभियान शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री उषाकला राईले विना मास्क हिड्नेहरुलाई मास्क लगाईदिएकी थिइन् । उनले कोरोनाबाट बच्नका लागि स्वास्थ्य मापदण्ड, सामाजिक दुरी कायम गर्न आवश्यक रहेकोमा जोड दिइन् । उनल

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 929 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा खानेपानीको चरम अभाव : ‘बोर्डले खानेपानी खुवाउन सकेन’

    धरान / विगतमा नेपाल खानेपानी संस्थानले पानीको हाहाकारमा पनि ट्यांकरमार्फत खानेपानी धराने जनतालाई खुवाएको भएपनि धरान खानेपानी बोर्डले त्यो समेत गर्न नसकेकोप्रति संघर्ष समितिले आपत्ति जनाएको छ । विगतदेखि नै संस्थानमार्फत नै खानेपानी धराने जनतालाई खुवाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले धरानेहरुलाई यस्तो अभावमा पनि पानी खुवाउन नसक्ने बोर्डको औचित्य नभएको भन्दै खानेपानी वितरण ग गर्ने जिम्मा संस्थानलाई दिन जिम्मा दिन संघर्ष समितिले ज्ञापनपत्र बुझाएको छ । विगतमा संस्थानले खानेपानी अभावका समयमा पनि ट्यांकरमार्फत धराने जनतालाई पानी खुवाउने गरेको भन्दै बोर्डले त्यो काम समेत गर्न नसकेकोप्रत

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 1,227 पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • संक्रमितले भरिन थाले कोरोना अस्पताल

    विराटनगर/ कोरोना संक्रमित बढ्न थालेपछि प्रदेश १ सरकारले व्यवस्थापन गरेको कोभिड अस्पतालमा लक्ष्यणसहितका बिरामीको चाप बढेको छ । सोमबारसम्म क्षमताअनुसार बेड भरिएका छन् । कोसी कोभिड उपचार केन्द्रमा ८० बेड छन् । सातायता लक्ष्यणसहितका संक्रमित बढेपछि ३२ बेड भरिएको छ । अरु बेडमा भेण्टिलेटरसहितको सुविधा नरहेकोले थप संक्रमित भर्ना लिने अवस्था नरहेको निमित्त निर्देशक डा. एपोलो भगतले जानकारी दिएका छन । उनले भने,“लक्ष्यणसहितका बिरामीमात्र भर्ना लिइएको छ । सबै संक्रमित अक्सिजनको मद्दत लिएर उपचार गर्नुपर्ने अवस्थामा हुनुहुन्छ ।” कोरोनाको दोस्रो लहर शुरु हुँदा कडा लक्ष्यणसहितका बिरामी उपचार

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 886 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुकिलुम्बा विमानस्थल: सकियो धावनमार्ग, भत्कियो नाली

    इलाम/ इलामको फाल्गुनन्द सुकिलम्वा विमानस्थलको धावन मार्गनिर्र्माण सम्पन्न भएपनि नालि निर्माण व्यवस्थित नहुँदा धावन मार्ग र बस्ती जोखिममा परेको छ । विमानस्थलको ढल व्यवस्थापन गर्नका लागि निर्माण गरेको नालि भत्किन थालेसँगै विमानस्थलको धावनमार्ग र विमानस्थल तल रहेको बस्ती जोखीममा परेको हो । विमानस्थलको पूर्वपट्टिको तल्लोसाईडमा निर्माण भएकोे नालि वर्खानै नलागी भत्किन थालेपछि समस्या देखिएको छ । नालि भत्किँदा विमानस्थलभन्दा तल रहेको वस्ती जोखिममा पर्नुका साथै धावनमार्गको तल्लो भाग खोल्न थालिसकेको छ । पहिले माटो थुपारेर त्यहाँमाथि नालि बनाएको कारण भत्किएको स्थानीय बताउँछन । परिक्षण उडान पश्चात व

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 744 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved