धरान । विश्वब्यापि रुपमा फैलिएको कोरोना भाइरस संंक्रमणले निम्ताएको परिस्थतीले दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने परिवारलाई सकस बनाएको छ । बाहिर निकियो संक्रमणको डर , भित्र बस्यो भोकमरिको त्राषले असक्त र न्यून आय भएका परिवारलाई खाद्यान्नको जोह गर्न नै कढिन परिरहेको छ । दैनिक ज्यालादारी , असक्त, एकल महिलालाई खाद्यान्न जोडजाम गर्न हमेहमे नै परेको छ ।वर्तमान अवश्थालाई मध्यनजर गर्दै वराहक्षेत्र वडा नं ९ मा स्वर्गीय बिरमाया स्मृति फाउन्डेसनले २० परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ । फाउन्डेशबाट उपलब्ध खाद्यान्न वराहक्षेत्र ९ प्रकासपुरका सक्रिय युबाले बुधवार बितरण गरेका छन् । प्रकाश लिम्बुका अनु
कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला नागरिकहरू चौतर्फी मारमा परेका छन् । भाइरस सङ्क्रमणले ज्यानमा पु¥याउन सक्ने क्षतिको भय छ । यसकारण रोजगार र काम बन्द छ । सङ्कटको यसै घडीमा सर्वसाधारणमाथि दुःखका अनेक भारी थुप्रिएका छन् । स्वास्थ्य सेवाको अभाव, खाद्यान्नको अपर्याप्तता र बढ्दो महङ्गी – यस्ता समस्या हुन्, जसले सर्वसाधारणको जीवनलाई थिल्थिलो बनाएका छन् । यस्तै सङ्कटको अवस्थामा धरान उपमहानगरमा क्रियाशील राजनीतिक दलहरूले स्थानीय सरकार प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवामा लापर्वाही र भ्रष्टाचार भएको बताउँदै उन
धरान । कोरोना संक्रमणका कारण नेपालीहरुको मौलिक पर्व प्रभावित बन्दै गएका छन् । गत बर्षदेखि नै मौलिक पर्वहरु नेपालीहरुले खुलेर मनाउन पाएका छैनन् । सर्वसाधारण घरमै खुम्चिएर चाडपर्व मनाउन बाध्य छन् । गत बर्ष पनि कारोना कहरकै कारण बुद्ध जयन्ती, लिम्बुहरुको चासोक तङनाम, राईहरुको साकेला पर्व प्रभावित मात्र भएन हिन्दु धर्मालम्बीहरुको ठूलो चाड दशै र तिहार समेत कोरोनाकै कारण प्रभावित भए । यस बर्ष पनि त्यही संकेत देखिएको छ । नेपालीहरुका मौलिक पर्व धमाधम प्रभावित हुदै गएका छन् । केही समय अगाडि मुसलमान समुदायको ठूलो चाडको रुपमा रहेको रमजान पनि समुदायस्तरमा नभई घरमै खुम्चिएर मनाए ।यस्तै यस बर्षको २५६५ औ ब
सुनसरी । जिल्ला धनकुटा सहिदभुमी गाऊपालिका ३ छिन्ताङका ४२ बर्षीय नारायण कुमार राईको रुखले किचेर मृत्यु भएको छ । मंगलबार दिउँसो छिमेकीको जग्गामा रहेको चिलाउनेको रुख काटी ढाल्न डोरीले तान्ने क्रममा किचेर राईको घटनास्थलमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय छिन्ताङ र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोलीले आबश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
धरान । किराँत समुदायको महान पर्व उभौली तथा नेपालका राष्ट्रिय विभुति, बौद्धदर्शनका प्रवर्तक एवंम् शान्तिका अग्रदुत गौतम बुद्धको २६४५ औं जन्म जयन्ती तथा २५६५ औं बुद्ध पुर्णिमाको अवसरमा सभामुख प्रदिप कुमार भण्डारीले शुभकामना दिएका छन् । नेपाली समाजमा विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वहरुले सबै नेपाली बीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराउदै सामाजिक सदभाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचानलाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको उनले बताएका छन् । विश्वव्यापी महामारी कोरोना संक्रमणबाट समाज प्रभावित भईरहेको अवस्थामा संक्रमणका कारण मुत्यु हुनेको संख्या पनि बढ्दै ग
धरान । कोभिड १९ को महामारीमा वीपी प्रतिष्ठानको स्वास्थ्य सेवामा लापरबाही र भ्रष्टाचार भएको भन्दै यसलाई नियन्त्रण गर्न माग राख्दै मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाएका छन् । धरान उपमहानगरपालिकालाई धरानका राजनितिक दलहरुले संयुक्त रुपमा राजनितिक दलहरुले लकडाउनको समयमा धरानमा महंगी तथा कालोबजारी बढेको प्रति ध्यानाकर्षण गराउँदै मेयर राईलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै मेयर राईले मूल्यवुद्धि र कालोबजारीको विषयमा धरान उपमहानगरका कर्मचारीहरुले निरन्तर रुपमा बजार अनुगमन गरिरहेका छन्, उपमेयर ज्यूको नेतृत्वमा अनुगमन समिति रहेको र क्रियाशिल पनि रहेको छ ।’ उपमहानगरपालिकामा लकडाउन गर
सुनसरी÷ इटहरीमा निजी क्षेत्रको अगुवाइमा अक्सिजन सहितको ८० शैयाको आइसोलेसन आजबाट संचालनमा आएको छ । सिमित ब्यक्तिहरु सहभागी भएर सामान्य कार्यक्रम गरी आइशोलेशन मंगलबारबाट सञ्चालनमा आएको हो । कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्धवारिकलाल चौधरीको शुभकामना मन्तब्यसंगै आइशोलेशन सञ्चालनमा आएको घोषणा गरिएको हो । इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा उद्योग वाणिज्य संघ इटहरीको अगुवाईंमा अक्सिजन सहितको आइसोलेसन एक साता अघि नै तयार गरिए पनि आजबाट सञ्चालनमा आएको हो । नेपाल प्रेस युनियन सुनसरी, युवा उद्यमी मञ्च इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर र मारवाडी सेवा
इटहरी \ इटहरी उपमहानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणमा जुटन सवैपक्षसँग आग्रह गरेको छ । सर्वपक्षीय छलफल आयोजना गरेर यस्तो आग्रह गरिएको हो । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा स्वास्थ्य सर्तकता पालन गरेर भएको छलफलमा इटहरी उपमहानगरद्धारा कोरोना रोगथाम र नियन्त्रणमा अहिले सम्म गरिएका कार्यका वारेमा जानकारी गराइएको छ । स्वास्थ्य शाखाका विकास पौडेलले महामारी नियन्त्रणमा टेस्टिङ्ग,कन्ट्राक ट्रेसिड,आइसोलेसन र उपचार रणनीति अवलम्वन गरिएको जानकारी गराइयो । परीक्षणको दायरा वढाएर हाल सय वढिको परीक्षण थालिएको र त्यसलाई अझ वढाउन प्रयास भइरहेको जानकारी दिनुभयो ।समुदायस्तरमै गएर ए
धरान । धरान उपमहानगरपालिका भित्र पर्ने सेउती, सर्दु तथा सेहरा खोलामा ठेक्का पाएको ठेकेदार कम्पनीले मापदण्ड विपरीत प्रँरम्भिक वातावरणीय परीक्षण (आईई) को उल्लंघन गर्दै खोलाको दोहन गरेको भन्दै स्थानीयहरुले प्रशासनको ध्यानाकर्षण गराएका छन् । धरान उपममहानगरलिका वडा नं. ५ का वडाअध्यक्ष सन्तोष लिम्बुको अगुवाईमा वडा नंं १८ का वडाध्यक्ष नरबहादुर राई (प्रवीण), नेपाली कांग्रेसका स्थानीय नेता पर्वत राइको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरी, इलाका प्रशासन कार्यालय धरान, जिल्ला वन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानमा खोलाको दोहन रोक्न माग गर्र्दै ज्ञापनपत्र बुझाएक
धरान । कोरोना संक्रमित बोक्ने एम्बुलेन्समा लागुपदार्थ ओसारपसार गर्ने धरानका दुइजनालाइ प्रहरिले पक्राउ गरेको छ । सोमबार राती हुडेप नेपाल लेखिएको को १ च ५५५९लेखिएको मारुती एम्बुलेन्समा चालक धरान १५ का बल बहादुर लिम्बू र धनकुटा सहिदभुमी गाउपालिका १ घर भै धरान ११ बस्दै आएका पोशन राइलाइ प्रहरिले पक्राउ गरेको हो । धरान उपमहानगरपालिका वडा नं. २ मा धनकुटाको भेडेटार तर्फबाट धरान आएको एम्बुलेन्सललाई खानतलासी गर्दा एम्बुलेन्सको पछाडीको भागमा २५/२५ के.जी.को ४ वटा झोलामा एक सय के.जी परिमाणको लागु औषध गाँजा बरामद गरेको छ । पक्राउ परेका दुबै जनालाइ सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्यादथप गरी ईलाका