समाचार

    Showing 6,131-6,140 of 10,040 items.
  • सम्भव्यता अध्ययन गर्न मेलाको आयोजना

    धरान । विद्यार्थीहरुलाई घरेलु तथा मझौला सभ्व्यता अध्ययन गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले धरान १० मा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा एक दिने व्यापार प्रदेर्शनी मेलाको आयोजना गरिएको छ । बिबिएम छैठौं सेमेस्टरका पहलमा मेहेन्द्र क्याम्पसले आयोजना गरेको एक दिने व्यापार प्रर्दशनी मेला बुधबार क्याम्पस प्राङणमा सम्पन्न भएको हो ।विद्यार्थीहरुलाई घरेलु तथा मझौला उद्योगका सम्भाब्यता अध्ययन गर्ने उद्धेश्यले मेलाको अयोजना गरिएको बिबिएम कार्यक्रममका डाइरेक्टर प्रा.डा नविन कुमार नेपाललले बताए । उनले भने, “विद्यार्थीहरुको पाठ्यक्रममै भएको कुरालाई उनीहरुलाई सैद्धान्तिक ज्ञानसँगै प्रायोगात्मक ज्ञान द

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 1,027 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सातै प्रदेशमा सरकारले अनुदान दिने

    धरान । संघीय सरकारले बजेटमार्फत सातै प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ अन्तरसरकारी वित्तीय अनुदान दिँदा सबैभन्दा बढी पाउने प्रदेशमा बागमती प्रदेश परेको छ । सातौ प्रदेशलाई प्रदान गर्ने वित्तीय अनुदान अन्तर्गत पाउने अनुदानमा सबैभन्दा कम गण्डकी प्रदेशले पाउने भएको छ । संघीय सरकारले आर्थिक वर्ष २०७९–८० का लागि सरकारले सातै प्रदेशलाई समपूरक, सशर्त, विशेष अनुदान र समपुरक अनुदान पुँजीगत प्रकृतितर्फ अनुदान वितरण गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त सदनमा बजेट पेश गरेको बजेटको रातो किताबमा प्रदेशहरुले पाउने अनुदानको अंक तोकिएको हो । बाग्मतीले २० अर्ब ३२ करोड ६६

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 1,235 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अन्तरघात गर्नेलाई कार्वाहीको सिफारिस

    धरान । वैसाख ३० गतेको स्थानीय निर्वाचनमा पार्टीकै कार्यकर्ताले अन्तर्घात गरेको भन्दै नेपाली काँगेसले कार्वाही अगाडि बढाएको छ । निर्वाचनमा पार्टीकै उमेद्वारलाई पार्टीकै कार्यकर्ताले अन्तर्गत गर्दा नराम्ररी पराजय भोग्नुपरेको निष्कर्ष निकाल्दै नेपाली काँग्रेसले अन्तर्घात गर्नेलाई कार्वाहीको तयारी थालेको हो । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्ने नेता, कार्यकर्ताहरुलाई कारवाही गर्ने निर्णय गरेको हो । पार्टीकातर्फबाट उम्मेदवार बनेकालाई असहयोग गरी अन्तरघात गर्ने नेता तथा कार्यकर्ताहरुलाई कारवाहीको सिफारिस गर्न थालिएको नेपाली कांग्रेसले जनाएको छ । झापाको गौरादहमा पार्टीले नराम्

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 1,106 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भोजपुरमा विपन्न परिवारलाई सोलार प्रदान

    धरान । भोजपुरका पौवादुङमा गाउपालिकाका १ सय ५० घर परिवारलाई सौर्य बत्ती प्रदान नगरिएको छ । सोमबार बसेको कार्यपालिकाको पहिलो निर्णयअनुसार ८० वाट क्षमताका १ सय ५० थान सोलार सेट वितरण गरेको गरेसँगै विद्युतको पहुँच नपुगेका सर्वसाधारणलाई सौर्य बत्ती प्रदान गरिएको हो । गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा ४० लाख लागतमा सोलार सेट वितरण गरेको गाउँपालिकाको भनाइ छ । वितरण गरिएका सोलार सेटबाट १० देखि १२ ओटासम्म बत्ति बाल्न सकिने बताइएको छ । गाउँपालिकामा विद्युत् विस्तार भइरहेको भएपनि तत्काललाई विद्युत् सेवाबाट वञ्चित रहेका विपन्न परिवारलाई लक्षित गरेर सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष किरण रा

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 989 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिस्टर एण्ड मिस एसइइमा २० जना छनौट

    धरान । मिस्टर एण्ड मिस एसईईको अडिसनबाट २० जना छनौट भएका छन् । विराटनगरमा भएको पहिलो र दोस्रो अडिसनबाट २० जना छनौट भएका हुन् । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा तेस्रो अडिसन जेठ २७ इटहरी र जेठ २८ गते विराटगरमा हुने सिइओ नीशा खतिवडाले जानकारी दिइन् । एसईई दिएर बसेका विद्यार्थीहरूमा भएका प्रतिभा उजागर गर्नुको साथै व्याक्तित्व विकास गर्ने र पढाइप्रति पनि अभिरुची बढाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले प्लस टु मा निःशुल्क छात्रवृत्ति प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपले ५० प्रतिशत छात्रवृती पाउने आयोजकले जनाएको छ । बिजेता हुने मिस

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 1,035 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरको विकासका लागि विश्व बैंकको चासो

    धरान  । विराटनगरको समग्र आर्थिक विकासका लागि विश्व बैंकले चासो देखाएको छ । विश्वबैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे बु्रक्स नेतृत्वको टोलीले मंगलबार मेयर नागेश कोइरालालाई भेटेर विराटनगरको समग्र आर्थिक विकासका लागि चासो देखाएको हो । भारतसित सीमाना जोडिएका नेपालका ठूला सहरहरुको आर्थिक विकासका लागि विश्व बैंकले अध्ययन गरिरहेको ब्रुक्सले बताए । मेयर कोइरालासितको भेटका क्रममा ब्रुक्सले विराटनगरको विकास र समृद्धिका लागि विश्वबैंक सहयोग गर्न तयार रहेको बताए । विराटनगर प्रदेश एकको राजधानी भएकोले यसको विकास आवश्यक भएको बताए । विकास र समृद्धिले मात्रै संघीयता बलियो हुने बताउँदै उनले महान

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 757 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको जलाधार क्षेत्रमा सफा गर्न थालियो

    धरान । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उमेद्वार हर्क साम्पाङ निर्वाचित भएर आएपछि खानेपानी सुधारका लागि प्रयासहरु थालिएका छन् । नवनिर्वाचित मेयर समय समयमा आफै पम्पिङ साइडमा जाने, त्यहाको वस्तुस्थिति बुझ्ने, पानीको स्रोत जलाधार क्षेत्रमा जीर्ण रहेको खानेपानीको पाइप फेर्ने लगायतका गतिविधिलाई तिबता दिदै आएका छन् । यसै क्रममा धरानको स्रोत मानिएको सर्दु जलाधार क्षेत्रमा जथाभावि फोहोर हुन थालेपछि त्यस क्षेत्रको सरसफाइसँगै नगरप्रहरी त्यस ठाउमा खटाइएको छ । धरान भेडेटार सडक खण्ड आपगाछी क्षेत्रमा खानेपानीको मुहानमा फोहोर हुने भएकोले सोमबारदेखि संयुक्त सुरक्षा टोली परिचालन गरी जलाधार क्षेत्रको

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 1,021 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जिल्ला अस्पतालमा अक्सिजन नहुदा सेवाग्राही मारमा

    धरान । संखुवासभाको जिल्ला अस्पतालमा अक्सिजन अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन् । अस्पतालकै लापार्बाहीका कारण जडान गरिएको अक्सिजन प्लान्ट तीन महिना पनि नबित्दै बिग्रिएपछि जिल्लाका बासिन्दालाई विरामी हुदा धरान वा विराटनगरबाट मगाउनुपर्ने बाध्यता रहेको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा जडान गरिएको अक्सिजन प्लान्ट कार्तिक महिनमा जोडिएको थियो । ६८ लाख ५० हजार लागतमा जडान गरिएको प्लान्ट माघ महिनासम्म चलेको थियो । त्यसपछि अक्सिनजन प्लान्ट बिग्रिएर थन्किएको जिल्ला अस्ताल संखुवासभाले जनाएको छ । विग्रिएको अक्सिजन प्लान्ट बनाउने जिम्मा पाएको कम्पनि प्रविधि इन्टरनेशनलल

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 929 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पर्यटकीय क्षेत्रको फोहोर एक सातादेखि उठेन

    धरान । धरानलाई सफा र सुन्दर सहरको रुपमा चिनाउने उद्देश्यले केही समय अगाडि धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङ राईले धरानको मुुटु मानिएको भानुचौकमा फोहोर टिप्दै सर्वसाधारणलाई फोहार नफाल्न आग्रह गर्दै हिडें । फोहोर फाल्नेलाई जरिवानासम्म गर्ने उनले सर्वसाधारणलाई बताए । सरसफाई कार्यक्रममा मेयर साम्पाङसँगै विगतमा उनको अभियानलाई सघाउने सहयोगी तथा नगर प्रहरीले समेत साथ दिए । तर धरान १४ विजयपुर जसलाई धरान उपमहानगरपालिकाका विगतका मेयरहरुले समेत धार्मिक पर्यटन क्षेत्र बनाउने गुरु योजना अगाडि सारेका थिए त्यही ठाउँमा अहिले एक साता भन्दा बढी समयदेखि फोहोर थुप्रिदा पनि उपमहानगरपालिकाले सडक

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 993 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुधारिदैँ वी.पी प्रतिष्ठान

    २८ वर्ष अघि धरानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुँदा ३ सय ५० बेडको क्षमताका रुपमा स्थापना भएको हो । हाल प्रतिष्ठान प्रशासनले आफ्नै प्रयासमा ८ सय शैयासम्मको सुविधा विस्तार गरेको छ । यसको ओपिडी क्षमता एक दिनमा १ हजारभन्दा बढी हुनुहुँदैन । तर अहिले दैनिक ३ हजार बिरामीको चाप धान्नु पर्ने बाध्यात्मक अवस्था छ । २८ वर्ष बितसक्दा प्रतिष्ठानले संस्थागत विकास गर्न सकेको छैन । बिरामीको वर्तमान चापको अवस्थालाई मध्यनजर गर्दा कम्तिमा अस्पतालको क्षमता १ हजार ५ सय शैयाको हुनुपर्छ । आइसियु शैया थप गरिनुपर्छ । तर सरकारी वा संस्थागत रुपमा प्रतिष्ठानको विकास हुन सकिरहेको छैन । बिपी कोइराला स

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 1,046 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved