सुधारिदैँ वी.पी प्रतिष्ठान

  • जेठ १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

२८ वर्ष अघि धरानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुँदा ३ सय ५० बेडको क्षमताका रुपमा स्थापना भएको हो ।
हाल प्रतिष्ठान प्रशासनले आफ्नै प्रयासमा ८ सय शैयासम्मको सुविधा विस्तार गरेको छ । यसको ओपिडी क्षमता एक दिनमा १ हजारभन्दा बढी हुनुहुँदैन । तर अहिले दैनिक ३ हजार बिरामीको चाप धान्नु पर्ने बाध्यात्मक अवस्था छ । २८ वर्ष बितसक्दा प्रतिष्ठानले संस्थागत विकास गर्न सकेको छैन ।
बिरामीको वर्तमान चापको अवस्थालाई मध्यनजर गर्दा कम्तिमा अस्पतालको क्षमता १ हजार ५ सय शैयाको हुनुपर्छ । आइसियु शैया थप गरिनुपर्छ । तर सरकारी वा संस्थागत रुपमा प्रतिष्ठानको विकास हुन सकिरहेको छैन ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विगत ५ वर्षमा संघर्ष र उत्तारचढावका बीच गुज्रियो । २ कुलपति, ३ उपकुलपति, २ रजिष्टार र धेरै मन्त्रीहरु फेरिए । प्रतिष्ठानले ८ महिना तालाबन्दी बेहो¥यो । आजपर्यन्त प्रतिष्ठानको सुधारका लागि संघर्ष चलिरहेको छ । ०७६ चैतदेखि ०७८ चैतसम्म प्रतिष्ठानले प्राप्त गरेका उपलब्धीका बारे कोशीपत्रले तयार गरिएको रिपोर्ट ।
कोभिड संक्रमणको महामारीमा बिपी प्रतिष्ठानले नेपालमै नमूना कामका थालनी ग¥यो । २० शैयाको पूर्ण आईसीयू सेटअप भेन्टिलेटरसहित १ सय शैयाको कोभिड अस्पताल निर्माण भयो । प्रतिष्ठानका अस्पताल निर्देशक गौरीशंकर शाह भन्छन्, ‘कोभिड संक्रमणका बेला हामीले स्थापना गरेको कोभिड अस्पताल नेपालमा नमूना अस्पताल हो ।’

IMG_6028-removebg-preview

कोभिड संक्रमणका बेला हामीले उच्चस्तरीय सेवा प्रदान गरेका थियौं । यहाँबाट धेरै बाँचेर पनि गए, कति एक्सपायर पनि भए । त्यो तत्कालीन संवेदनशीलताको अवस्थामाथि निर्भर रह्यो ।’
कतिपय नकारात्मक कुरा भित्रैबाट पनि प्रचारप्रसार भए । आफ्नो पोलिटिकल इन्टेन्सन वा अब्जेक्टिभ्स पूरा गर्न भ्रम फैलाउने काम भएको अस्पताल निर्देशक प्राडा शाह बताउँछन् ।
उनी भन्छन्, ‘त्यहाँ उपलब्ध इक्विप्मेन्ट राम्रो थियो । अक्सिजनको कमि भयो भनेर होहल्ला फैलाउने काम भएपछि हामीले भारत सरकारसँग माग गरेपछि एउटा अक्सिजन प्लान्ट निर्माण भएको छ । कोरोनामा अक्सिजन दिनु नै मुख्य उपचार थियो । कोभिड अस्पताल निर्माण हाम्रा लागि धेरै ‘च्यालेन्ज’ थियो । हामीले ग¥यौं । त्यो उपलब्धीमूलक रह्यो ।’
‘एकेडेमिक एक्टिभिटिज’ अन्तर्गत प्रतिष्ठानले तीनवटा डिपार्टमेन्ट निर्माण ग¥यो । डिपार्टमेन्ट अफ कार्डियोलोजी’, ‘डिपार्टमेन्ट अफ पल्मोनोलोजी’ र ‘डिपार्टमेन्ट अफ ग्यास्ट्रोइन्टेरोलोजी ।’
प्रतिष्ठानले यसलाई ‘वेल इक्विप्ड’ भनेको छ । प्रतिष्ठानमा आश्रितहरुले अब काठमाडौं जानु नपर्ने प्रतिष्ठानको दाबी छ ।
प्रतिष्ठानको अर्को महत्वपूर्ण उपलब्धी ‘लिक्विड अक्सिजन प्लान्ट’ हो । इमरजेन्सीमा बिरामीहरुको बढी भएर भुइँमा हुने अवस्था थियो । त्यसलाई प्रतिष्ठानले सुधार ग¥यो ।
इमरजेन्सी ‘एक्सपान्सन’ गरेको प्रतिष्ठानले २२ वटा शैया थप ग¥यो । डाइलाइसिसको लागि ७ वटा बेड थियो । हाल २२ वटा भएको छ । हाइडिपेन्डेन्सी युनिट (एचडियु) ६५ बेड भएको छ । मेडिसिन, सर्जरी र पेइङ वार्डका हरेक बेडमा अक्सिजन, सक्सन वेल इक्विप्ट छ । अस्पताल निर्देशक प्राडा शाह भन्छन्, ‘पेड्रियाट्रिक इन्सेन्टिभ केयर युनिट’ लाई १५ बेडको बनाएका छौं । हामीले तुरुन्तै आइसियुमा ३७ वटा बेड बनाउँदैछौं ।

आधुनिक र समय सापेक्ष समाजमा स्वास्थ्योपचार सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानलाई अँगाल्ने भूमण्डलीकरणको चुनौतीपूर्ण अवस्थालाई सम्बोधन गर्ने प्रारुपहरु प्रयोगमा ल्याइएको प्रतिष्ठानको दाबी छ । उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रस्तुत गरेको बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानको कार्य योजनामा उल्लेखित तीनै वटा क्षेत्रमा भूगोल सुहाउँदो र अन्तर्राष्ट्रियस्तरको विकास गर्न प्रयत्नशील रहँदै आएको र हालसम्म सकारात्मक रुपमा केही सफलता मिलेको उल्लेख छ ।
प्रतिष्ठानले नेपालकै सबैभन्दा ठूलो संरचना तथा बढी क्षेत्रफल र जनसंख्यालाई सेवा दिने अस्पताल सञ्चालन गर्दै आएको छ । कार्ययोजनामा आगामी ५ वर्षमा अझ ठूलो अस्पताल बन्ने बाटोमा प्रतिष्ठान अघि बढेको बताइएको छ ।
देशको स्वास्थ्य अनुसन्धानको करिब आधा हिस्सा प्रतिष्ठानले ओगट्न र प्रतिष्ठानका स्वास्थ्य वैज्ञानिकहरुको अनुसन्धानहरु अन्तर्राष्ट्रियस्तरमा निरन्तर प्रकाशित र सम्मानित हुनुले प्रतिष्ठानको शिर उच्च पार्नुका साथै मुलुकको प्रतिष्ठा बढेको कार्ययोजनामा उल्लेख छ ।
प्रतिष्ठानले प्राज्ञिक समितिको नियमित बैठक गर्ने, अनुसन्धान समितिको नियमित बैठक बस्ने, प्रतिष्ठानलाई बन्द, हड्तालमूक्त क्षेत्र स्थापित गर्ने, भारत तथा अन्य देशका भिजिटिङ फ्याकल्टीद्वारा समयसमयमा विशेष कक्षाहरु लिने व्यवस्था मिलाउने, विश्वका नयाँ प्रविधि, ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने, स्वास्थ्य क्षेत्रको स्तरवृद्धि गर्नेलगायतका शैक्षिक कार्य योजना निर्माण गरिएको छ ।
अस्पताल सेवातर्फ जनमुखी अस्पताल प्रशासनको व्यवस्था गर्ने कार्ययोजना निर्माण गरिएको छ । नेपाल सरकारले सञ्चालन गरेका कार्यक्रम प्रतिष्ठानको विभागसँगको समन्वयमा सञ्चालन गर्ने, ल्याब, रेडियोलोजी, तथा अन्य सेल्फ पोजिटिभ सर्भिसको विस्तार गर्ने, सुपर स्पेशियल्टी सेवाको अभिवृद्धि गर्ने, प्रतिष्ठानको सेवा सम्बन्धमा जनतालाई सुसुचित गर्न सञ्चार माध्यममार्फत् जानकारी गराउने, ओटी र आइसीयूको क्षमता अभिवृद्धि गर्ने, सेवाग्राहीको गुनासो सुन्न चौबिसै घण्टा कम्प्लेन डेस्कको व्यवस्था गर्ने, विभिन्न अति विशिष्ट सेवाहरु नेफ्रोलोजी, युरोलोजी, बन्र्स एण्ड प्लास्टिक सर्जरी, लिभर एण्ड किड्नी ट्रान्सप्लान्टेसन सेवाको सम्भाव्यता अध्ययन गरी सेवालाई एकीकृत रुपमा स्थापना गर्ने, प्रतिष्ठानको ओपीडी सेवालाई आधुनिकीकरण गरी अझ व्यवस्थित गर्ने कार्ययोजनामा उल्लेख छ ।
अनुसन्धानतर्फ प्रतिष्ठानको ऐन र नियमावलीको अधीनमा रही अनुसन्धानतर्फको विकासका लागि कार्ययोजना निर्माण गरिएको छ ।
अनुसन्धानसम्बन्धी कार्यको लागि छुट्टै रिसर्च डिनको व्यवस्था गरी अनुसन्धानात्मक गतिविधिमा अभिवृद्धि गर्ने, अनुसन्धान गर्ने शिक्षकलाई प्रोत्साहित गर्ने, अनुसन्धान सम्बन्धी कार्यका लागि आवश्यक कोषको व्यवस्था गर्ने, रिसर्च फेलोसिपको व्यवस्था गर्ने, विभिन्न संयुक्त अनुसन्धान गरी सोको प्रकाशनको आवश्यक व्यवस्था गर्ने कार्ययोजनामा उल्लेख छ ।
आर्थिक तथा प्रशासनिक व्यवस्थापनतर्फ प्रतिष्ठानको आम्दानी वृद्धि गर्ने, कलेज अफ नर्सिङ भवन निर्माण गर्ने, प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय निर्माण गर्न स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा प्रक्रिया अगाडि बढाउने, आर्थिक अनुशासन तथा पारदर्शिता कायम गर्न शून्य भ्रष्टाचारको अवधारणा अनुरुप लेखा प्रणाली तथा प्रतिष्ठानको बजेट वितरण र खर्च सबैलाई कम्प्युटराइज गरी त्रैमासिक रुपमा सार्वजनिक गर्ने व्यवस्था मिलाउने, शिक्षक कर्मचारीका लागि आवास, विद्यार्थीका लागि छात्रबास, बिजुली, पानी, सडक, सरसफाइ र सुरक्षाका क्षेत्रमा निरन्तर प्रभावकारी व्यवस्था मिलाउने, प्रतिष्ठानको नियमावलीलाई समयानुकूल संशोधन र परिमार्जन गर्नेलगायत कार्ययोजनामा उल्लेख गरिएको छ ।

इमर्जेन्सी सेवा विस्तार
विगतमा प्रतिष्ठानमा बिरामीका चापका कारण अव्यवस्थित हुँदै आएको अवस्थाको अन्त्य गर्दै इमरजेन्सी सेवा विस्तार गरेको छ ।
प्रतिष्ठानले निर्माणाधीन भवनको निर्माण कार्यसम्पन्न गराई अक्सिजन पाइपलाइनसहितको थप ३० वटा जेनरल बेड र ४ वटा आईसीयू÷ एचडीयू बेडसहितको इमर्जेन्सी सेवाको विस्तार गरेको छ ।
आवश्यक संख्यामा प्यासेन्ट मनिटर जडान गरी इमर्जेन्सीलाई स्तरोन्नति गरिएको छ ।

टेलिमेडिसिन सेवा सञ्चालन
सुनसरी, मोरङ, धनकुटाका १२ हजार भन्दा बढीलाई समुदायस्तरमै टेलिमेडिसिनमार्फत् उपचार सेवा प्रदान गरिएको ।

ओटी सेवामा स्तरोन्नति
एनेस्थेसिया वर्क स्टेशन विगतमा लामो समयदेखि माग भएको र सबै ओटी (अप्रेशन थिएटर) लाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आवश्यक रहेकाले ५ वटा नयाँ मोडुलर एनेस्थेसिया वर्क स्टेशन खरिद गरी जडान भएर प्रयोगमा आएको ।
इमर्जेन्सी अपरेशन थियटरको स्तरोन्नतिका लागि २ वटा ओटी लाइट र २ वटा ओटी टेबल खरिद प्रक्रियामा रहेको
ल्याप्रोस्कोपिक सर्जरी र कार्डियो सर्जरीको निरन्तर सेवाका लागि आवश्यक रहेको विभिन्न हेन्ड इन्स्ट्रयुमेन्ट खरिद भई व्यवस्थापन गरिएको ।

डाइलाइसिस, आईसीयू÷ एनआईसीयू÷ पीआईसीयू सेवाको विस्तार
मृगौलाका बिरामीका लागि निर्माणाधीन भवनको कार्य सम्पन्न गराई २० बेड डाइलाइसिसको व्यवस्थापन भई सञ्चालनको अन्तिम चरणमा रहेको ।
१५ वटा नयाँ डाइलाइसिस मेसिनका लागि १ हजार ६ सय लिटरको आरओ मेसिन जडान भएको ।
नयाँ २५ वटा एडल्ट र १५ वटा बच्चाका लागि आईसीयू बेड थप गर्न बजेट विनियोजन भएअनुसार प्रक्रिया अगाडि बढाउने काम भइरहेको ।
एनआईसीयू÷ पीआईसीयूमा रहेका १० थान फिक्स्ड भेन्टिलेटर मा कम्प्रेस्ड एयर बाट हुन सक्ने फेल्युरलाई एभोइड गर्न र आवश्यक रहेको ठाउँका लागि प्रयोग गर्न प्रत्येक भेन्टिलेटरमा इन्डिभिजुअल्ली एयर कम्प्रेसर जडान गरिएको ।
एनआईसीयू÷ पीआईसीयू को लागि आवश्यक रहेका १० थान सिंगल सर्फेस एलईडी फोटोग्राफी र २० थान डबल सर्फेस एलईडी फोटोग्राफी र ५ थान रेडिएन्ट वार्मर उपकरण खरिद गरी जडान भई सञ्चालनमा आएको ।
एनआईसीयू÷ पीआईसीयू मा भिडियो ईईजी र एईईजी मेसिन (सेरेब्रल फङ्क्सन मनिटर) सेवाको विस्तार गरिएको ।
नर्सरीमा रहेको ७ वटा बेडमा नयाँ अक्सिजन आउटलेट जडान गरी सेवामा सहजीकरण गरिएको ।

ल्याब सेवामा सुधार
फास्ट रिपोर्टिङ र क्यू म्यानेजमेन्ट को लागि विभिन्न विभागमा रहेका मेसिनलाई ल्याब्रोटरी इन्फरमेसन सिस्टम (एलआईएस) सँग जडान गरिएको ।
ल्याब रिपोर्ट अनलाइनमार्फत् हेर्न मिल्ने व्यवस्था गरिएको ।
प्याथोलोजी, माइक्रोबायोलोजी, ल्याबमा रहेका पुराना उपकरण मर्मत गरिएको ।
बायोकेमेस्ट्री ल्याबका लागि फुल्ली अउटोमेटेड इन्टरग्रेटेड बायोकेमेस्ट्री र इमयुनोसे एनालाइजर खरिद गरी जडान भई सञ्चालनमा आएको ।

रेडियोलोजी सेवामा सुधार
नेपालमै दोस्रो र उपत्यका बाहिर पहिलो अत्याधुनिक प्रविधिको २ सय ५६ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गरेर जडान भई सञ्चालनमा रहेको ।
३ टेस्लाको एमआरआई मेसिन खरिद प्रक्रियाका लागि पाइपलाइनमा रहेको ।
१.५ टेस्लाको एमआरआई मेसिन खरिद प्रक्रियाका लागि पाइपलाइनमा रहेको ।
अल्ट्रासाउण्ड, एक्सरे मेसिन उपकरणहरु आवश्यक मर्मत सुधार गरी सञ्चालनमा ल्याइएको ।
अत्याधुनिक प्रविधिमा आधारित थप नयाँ ३ वटा अल्ट्रासाउण्ड मेसिन खरिद गरिएको ।
सेन्ट्रल एक्सरेमा २ थान हाइब्रिड डीआर सिस्टम जडान गरिएको ।

हाल भइरहेका अन्य कार्यः
१–१ हजार लिटरको नयाँ अक्सिजन प्लान्ट खरिद गर्ने प्रक्रिया अघि बढेको ।
सेन्ट्रल ल्याबका लागि एडभान्स्ड इन्टेग्रेटेड बायोकेमेस्ट्री एनालाइजर मेसिन खरिदको प्रक्रियामा रहेको ।
डब्ल्यूएचओको सहकार्यमा स्किल ल्याब स्थापना गर्न प्रक्रियामा रहेको ।

कोभिड व्यवस्थापन र सञ्चालनमा उल्लेखीय काम
२० शैया पूर्ण आईसीयू र भेन्टिलेटरसहित १ सय शैयाको छुट्टै कोभिड अस्पताल सञ्चालन गरिएको ।
८० शैयाको आइसोलेसन व्यवस्थापन गरिएको ।
अक्सिजन मेनिफोल्ड र पाइपलाइन जडान गरी सम्पूर्ण बेडमा अक्सिजन आउटलेटबाट अक्सिजनको सहज व्यवस्थापन गरिएको ।
१५ शैयाको पूर्ण पीआईसीयू÷एनआईसीयू सञ्चालनमा आएको ।
प्रथम चरणमा २५ शैयाको एचडीयू सेटअप र दोस्रो चरणमा थप ५० शैया एचडीयू सेटअप गरी जम्मा ७५ वटा एचडीयू सेटअस, सिभिल स्ट्रक्चर एक्सपान्सन सहित सञ्चालन ।
थप ३० वटा भेन्टिलेटरसहितको ३० शैयाको आईसीयू सेटअप का लागि सम्झौता भई प्रक्रियामा रहेको ।
२० हजार लिटरको लिक्विड अक्सिजन ट्यांक खरिद गरी जडान भई सञ्चालनमा आएको ।
कोभिड बिरामीका लागि छुट्टै अनेस्थेसिया वर्क स्टेशन को व्यवस्था गरिएको ।
कोभिड भएर आएका मृगौला बिरामीका लागि कोभिड अस्पतालमै सम्पूर्ण उपकरण÷ मेसिन, दक्षजनशक्ति सहितको २ शैया डायलाइसिस सञ्चालन गरिएको ।
कोरोना संक्रमित बिरामीको उपचारका लागि इन्टरनल मेडिसिन, पल्मोनरी मेडिसिन, क्रिटिकल केयर एण्ड स्लिप मेडिसिन, जनरल प्राक्टिस एण्ड एमरजेन्सी मेडिसिन तथा एनेस्थेसिया एण्ड क्रिटिकल केयर विभागका विशेषज्ञको छुट्टै चिकित्सक टोली, नर्सिङ जनशक्तिलगायत हेल्पर तथा सुरक्षाकर्मीको व्यवस्था गरी सञ्चालन गरिएको ।
कोभिड अस्पतालमा भर्ना हुने बिरामीका लागि २४ सै घण्टा मनिटरिङ÷ अब्जरभेसन गर्न आधुनिक प्रविधिको प्रयोग गरी सबै ठाउँमा सीसीटीभी जडान गराई जनरल मनिटरिङ एण्ड डिस्प्ले सिस्टमको व्यवस्था गरिएको ।
कोभिड संक्रमित बिरामीका लागि कोभिड अस्पतालभित्रै छुट्टै सम्पूर्ण आवश्यक उपकरणसहितको अप्रेशन थिएटरको व्यवस्था गरी सञ्चालनमा ल्याएको ।
मृत्यु भएका बिरामीको उचित व्यवस्थापनका लागि नयाँ मर्चरी कुलिङ चेम्बर खरिद गरी सञ्चालनमा ल्याइएको ।

अस्पताललाई आधुनिक प्रविधिमैत्री बनाउने प्रयास
मोबाइल एपमार्फत् बिरामीको अनलाइन ओपिडी दर्ता गर्न सक्ने सेवाको सुरुआत गरिएको ।
स्वास्थ्य बिमा सेवाको क्लेमलाई व्यवस्थित गर्न एपीआई सिस्टममार्फत् अउटो क्लेम सिस्टमको व्यवस्था गरिएको ।
अस्पताललाई डिजिटलाइज गर्न इन्टिग्रेडटेड सफ्टवेयर डेभ्लप गर्नका लागि आवश्यक कार्य प्रक्रियामा रहेको ।
एमसीएच भवन
४ सय शैयाको एमसीएच भवनको संरचना निर्माण पूरा भई फिनिसिङ कार्य भइरहेको ।

कार्डियोलोजी, अन्कोलोजी भवन
२ सय शैयाको कार्डियोलोजी भवन तथा २ सय शैयाको अन्कोलोजी भवनको निर्माण कार्य थालनी गर्नका लागि नेपाल सरकारको बजेटको सुनिश्चितताका लागि पहल भइरहेको ।
बजेट सुनिश्चिततासँगै रिफरल ट्रमा सेन्टरको स्थापनाका लागि प्रतिष्ठानले डीपीआर तयार गरी आवश्यक सकारात्मक पहल भइरहेको ।

डेन्टल चेयर मर्मत तथा नयाँ खरिद
डेन्टल काउन्सिलको मापदण्डबमोजिम हाइड्रोलिक डेन्टल चेयर लाई पुनस्थापन गरी सोको ठाउँमा इलेक्ट्रिकल डेन्टल चेयर हुनु पर्नेमा प्रतिष्ठानमा विगत लामो समयदेखि ६० वटा हाइड्रोलिक डेन्टल चेयरको विस्थापित गरी खरिद गर्ने क्रममा बजेटको अभावले गर्दा हाल प्रथम चरणमा ३० वटा नयाँ इलेक्ट्रिकल डेन्टल चेयर खरिद गरी जडान भई सञ्चालनमा ल्याइएको साथै अन्य ३० वटाको लागि बजेट सुनिश्चितता गर्ने प्रक्रिया भइरहेको ।
नयाँ आरभीजी र डेन्टल एक्सरे मेसिन खरिद गरी जडान गरिएको ।

सेवा स्तरोन्नति
मेडिसिन र सर्जरी वार्डका सम्पूर्ण बेडमा मेडिकल ग्यास पाइपलाइन जडान गरिएको साथै सो ठाउँमा भएका केही बेडलाई एचडीयूमा स्तरोन्नति गरिएको ।
पेइङ वार्डको प्रत्येक बेडमा मेडिकल ग्यास पाइपलाइन एक्सपान्सन गरी सबै बेडमा भेन्टिलेटर सञ्चालन गर्न सकिने गरी व्यवस्थापन गरिएको ।
नेत्र विभागमा रहेका पुराना र जीर्ण अवस्थामा रहेका स्लिट ल्याम्प को व्यवस्थापनका लागि ४ थान नयाँ स्लिट ल्याम्प खरिद गरी जडान भई सञ्चान भएको ।

फार्मेसी सेवा तथा भवनः
लोमो समयदेखि बन्द रहेको फार्मेसी सेवा सुरु गरिएको ।
छुट्टै फार्मेसी भवन निर्माण कार्य समेत ८० प्रतिशत सम्पन्न भएको ।

विश्वविद्यालय तर्फ अग्रसर
नेपाल सरकारको नीति अनुरुप प्रतिष्ठानलाई पूर्ण विश्व विद्यालयमा रुपान्तरण गर्नका लागि ऐन मस्यौदा खाका तयार गर्नेतर्फ कार्यको सुरुआत गरिएको ।

अनलाइन कक्षा तथा इ–लर्निङ
पठनपाठन कार्यलाई व्यवस्थित रुपमा अनलाइन माध्यमबाट सुरु गरिएको ।
ई–लर्निङमार्फत् जिल्लामा अस्पतालमा रहेका विद्यार्थीलाई समेत अध्ययन– अध्यापनमा सामेल गरिएको ।
नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रयोग हुने मृत शरीर (सफ्ट क्याडाभर) को तयारी थालनी गरिएको ।

विद्यार्थी संख्यामा वृद्धि, नयाँ शैक्षिक कार्यक्रम सञ्चालन
प्रतिष्ठानको क्षमता बमोजिम डीएम÷ एमसीएच, एमडी÷ एमएस, एमडीएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ जस्ता कार्यक्रममा विद्यार्थी भर्ना संख्या अभिवृद्धिका लागि आवश्यक पहल गरिएको ।
स्थगित भएका कार्यक्रम सुरुआत गरिएको ।
थप केही नयाँ शैक्षिक कार्यक्रम सञ्चालनका लागि समेत प्रक्रिया अघि बढाइएको ।

छात्रवास भवनः
रेसिडेन्टहरुका लागि पर्याप्त आवासको व्यवस्था गर्नका लागि निर्माणाधीन एच–टाइप छात्रबास भवनको कार्य समेत अन्तिम चरणमा पुगेको ।
प्रशासनतर्फ समस्या पहिचान तथा योजना निर्माण
हरेक विभाग तथा शाखा प्रमुखसँग व्यक्तिगत अन्तक्र्रिया
प्रतिष्ठानको समस्या, चुनौतीको फेहरिस्त तयार
समस्या समाधानका उपाय र योजना तर्जुमा

नियमावली संशोधन र पदोन्नति
प्रतिष्ठानका शिक्षक तथा कर्मचारीका केही समयदेखि वृद्धि हुन नसकेको तलब वृद्धि गराई भुक्तानी भइसकेको
विगत लामो समयदेखि रोकिएको शिक्षक तथा कर्मचारीको आन्तरिक बढुवाको कार्य लोकसेवा आयोगसँगको समन्वयपश्चात् पतिष्ठानमा कार्यदल बनाई प्रतिवेदन प्राप्त भइसकेको साथै सम्पूर्ण विभागीय प्रमुख तथा शाखा प्रमुखसँग आवश्यक छलफल गरी विज्ञापन निकाल्ने तयारी भइरहेको ।
प्रतिष्ठानको नियमावली २०५५ मा आवश्यक संशोधन र सुधार गर्न नेपाल सरकार, लोक सेवा आयोगको सामान्य सिद्धान्तबमोजिम शिक्षक तथा कर्मचारीका सेवा, शर्त तथा सुविधा सम्बन्धी नियमावली मस्यौदा लेखन कार्य भइरहेको ।
प्रतिष्ठानको सांगठनिक संरचना, आर्थिक, अस्पताल सेवा तथा शैक्षिक नियमावलीको मस्यौदा लेखन गर्ने क्रममा रहेको ।

व्यवस्थापन सुधारका लागि सर्वेक्षण
न्ेपाल एडमिनिस्टे«टिभ स्टाफ कलेज सँगको सहकार्यमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरी व्यवस्थापनमा सुधार ल्याउनका लागि पहिलो चरणको सर्वेक्षण भइसकेको ।
लोकल फ्रेण्ड्स अफ बिपीकेआईएचएस को पुनस्र्थापना
प्रतिष्ठानको विकास र विस्तारमा स्थानीय सहयोग प्राप्त गर्न र स्थानीय व्यक्ति, संस्थासँग निकटतम समन्वय गरी प्रतिष्ठानको समस्या हल गर्न आवश्यक सहयोग जुटाउन धरानका जनतासँग प्रतिष्ठानले प्रत्यक्ष सम्बन्ध स्थापित गर्न तथा प्रतिष्ठानको सर्वाङ्गीण विकासमा आवश्यक सल्लाह र सुझाव लिन यस क्षेत्रका संघीय सांसद, प्रदेश सांसद्, पार्टी प्रतिनिधि, बुद्धिजीवि, सरकारी कार्यालयका प्रमुख र पत्रकारसमेत सम्मिलित लोकल फ्रेण्ड्स अफ बिपीकेआईएचएस गठन गरी एक चरणको अन्तक्र्रिया सम्पन्न भइसकेको छ । यसलाई निरन्तरता दिँदै प्रतिष्ठानको विकास विस्तारमा सहयोग पु¥याउन प्रत्येक महिना अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय समेत भएको छ ।

IMG_20220428_130001

अस्पताल सेवा व्यवस्थापन
विभिन्न विशेषज्ञ सेवासहितको प्रभावकारी सेवा दिन साँघुरो भएका कारण, अस्पताल क्षेत्र एवम् सब–स्पेशियालिटी, सुपुर स्पेशियालिटी सेवा विस्तार गर्दै अस्पताललाई व्यवस्थित गर्दै लैजानेतर्फ सकारात्मक पहल सुरु गरिएको ।
करिब २ वर्षदेखि बन्द रहेको पेइङ सेवा, सम्बन्धित विज्ञसँग छलफल र समन्वय गरी पुनः सुरु गरिएको ।
प्रतिष्ठानबाट उपलीब्ध हुने स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउन पटकपटक पदाधिकारी तथा विभागीय प्रमुखसँग छलफल भएको र हालै सहायक अस्पताल निर्देशकको संयोजकत्वमा दीगो सेवा सुधारका लागि कमिटी गठन गरिएको ।
यसै गरी बिपी प्रतिष्ठानले खानेपानी व्यवस्थापानको लागि प्रतिष्ठानमा आपूर्ति हुने तरहरा सेउती खण्डमा पर्ने वितग २० वर्षभन्दा बढी पुराना डीएच फाइभ÷ डीएच सिक्स व्यवस्थापनका लागि २ थान डीप बोरिङ गर्नुपर्ने अतिआवश्यक भएकाले त्यस सम्बन्धी सम्पूर्ण कागजात तयार भई टेण्डर प्रक्रियामा रहेको छ । प्रतिष्ठानस्थित अस्पताल र आवास क्षेत्रभित्र खानेपानीको नियमितता सुनिश्चित गर्न एवम् प्रतिष्ठानको आर्थिक हितलाई ध्यानमा राख्दै नेपाल खोनपानी संस्थानसँग गरिएको पूर्व सम्झौता बमोजिम नै चालु आर्थिक वर्षका लागि धरान खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता भएको छ ।
प्रतिष्ठानले इनर्जी सोलराइजेसन र खर्च कटौतीको क्षेत्रमा समेत काम गरेको छ । इनर्जी अडिट, अनावश्यक इनर्जी खपत् क्षेत्रको पहिचान गरी खर्च कटौती र सोलार इनर्जीको प्रयोगको थालनी गरेको छ । जसले गर्दा विगत केही महिनामा बिजुली महशुलमा कमी आएको प्रतिष्ठानको भनाइ छ ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved