भ्रष्टाचार, अतिक्रमणविरुद्ध लिम्वुवानको मोटरसाइकल र्याली

  • असार २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ शनिबार धरानमा भ्रष्टचार र अतिक्रमण विरुद्धको मोटरसाइकल र्याली निकालिएको छ ।

संघीय लिम्बुवान मञ्च सुनसरीको आयोजनामा भ्रष्टाचार, भूमाफिया, जलमाफिया तथा सांस्कृतिक अतिक्रमण विरुद्ध मोटरसाइकल र्याली गरिएको लिम्बुवान भोलिन्टियर्स (एल भी) का केन्द्रीय सदस्य प्रेम लिंखिमले बताए ।

उनका अनुसार धरान उपमहानगरपालिका–८ स्थित तीनकुनेबाट सुरु भएको मोटरसाइकल र्याली महादेवचोक, सेउती पुल, तल्लो देउराली, याक्थुम चोक, बगरकोट, एवरेस्ट लाइन, माछा भौडी, भानुचोक, छाताचोक, लक्ष्मीचोक, जिरोपोइन्ट चोक, रंगशाला मार्ग, पानी ट्याङ्की, मंगलबारे चोक, रत्नचोक, बुद्धचोक, किरातचोक, हुँदै सिलामसाकमा चोकको परिक्रमा गरी हरियाली सामुदायिक भवनमा कोणसभामा परिणत भई समापन भएको हो ।

कोणसभामा बोल्दै केन्द्रीय सदस्य लिंखिमले भने,“भ्रष्टाचारविरुद्ध कडा कारबाही हुनुपर्ने, प्रदेशको नामकरणमा लिम्बुवान–किरात पहिचान समेटिनुपर्ने, मातृभाषालाई राज्य संयन्त्रमा स्थान दिनुपर्ने तथा क्षेत्रीय विकासमा स्वदेशी समुदायको प्रतिनिधित्व सुनिश्चित हुनुपर्दछ।”

लिम्बुवान क्षेत्रमा भइरहेको ’नाङ्गो र बर्बर अतिक्रमण’को विरोध गर्दै मूलवासी, स्वदेशी समुदायको हक, अधिकार र स्वायत्तताको सुनिश्चितता माग सहित र्याली गरिएको आयोजकको भनाई छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved