भ्रष्टाचार, अतिक्रमणविरुद्ध लिम्वुवानको मोटरसाइकल र्याली

  • असार २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ शनिबार धरानमा भ्रष्टचार र अतिक्रमण विरुद्धको मोटरसाइकल र्याली निकालिएको छ ।

संघीय लिम्बुवान मञ्च सुनसरीको आयोजनामा भ्रष्टाचार, भूमाफिया, जलमाफिया तथा सांस्कृतिक अतिक्रमण विरुद्ध मोटरसाइकल र्याली गरिएको लिम्बुवान भोलिन्टियर्स (एल भी) का केन्द्रीय सदस्य प्रेम लिंखिमले बताए ।

उनका अनुसार धरान उपमहानगरपालिका–८ स्थित तीनकुनेबाट सुरु भएको मोटरसाइकल र्याली महादेवचोक, सेउती पुल, तल्लो देउराली, याक्थुम चोक, बगरकोट, एवरेस्ट लाइन, माछा भौडी, भानुचोक, छाताचोक, लक्ष्मीचोक, जिरोपोइन्ट चोक, रंगशाला मार्ग, पानी ट्याङ्की, मंगलबारे चोक, रत्नचोक, बुद्धचोक, किरातचोक, हुँदै सिलामसाकमा चोकको परिक्रमा गरी हरियाली सामुदायिक भवनमा कोणसभामा परिणत भई समापन भएको हो ।

कोणसभामा बोल्दै केन्द्रीय सदस्य लिंखिमले भने,“भ्रष्टाचारविरुद्ध कडा कारबाही हुनुपर्ने, प्रदेशको नामकरणमा लिम्बुवान–किरात पहिचान समेटिनुपर्ने, मातृभाषालाई राज्य संयन्त्रमा स्थान दिनुपर्ने तथा क्षेत्रीय विकासमा स्वदेशी समुदायको प्रतिनिधित्व सुनिश्चित हुनुपर्दछ।”

लिम्बुवान क्षेत्रमा भइरहेको ’नाङ्गो र बर्बर अतिक्रमण’को विरोध गर्दै मूलवासी, स्वदेशी समुदायको हक, अधिकार र स्वायत्तताको सुनिश्चितता माग सहित र्याली गरिएको आयोजकको भनाई छ ।

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

भोजपुरमा एकै परिवारक ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–२ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved