सम्भव्यता अध्ययन गर्न मेलाको आयोजना

  • जेठ १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विद्यार्थीहरुलाई घरेलु तथा मझौला सभ्व्यता अध्ययन गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले धरान १० मा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा एक दिने व्यापार प्रदेर्शनी मेलाको आयोजना गरिएको छ ।

बिबिएम छैठौं सेमेस्टरका पहलमा मेहेन्द्र क्याम्पसले आयोजना गरेको एक दिने व्यापार प्रर्दशनी मेला बुधबार क्याम्पस प्राङणमा सम्पन्न भएको हो ।
विद्यार्थीहरुलाई घरेलु तथा मझौला उद्योगका सम्भाब्यता अध्ययन गर्ने उद्धेश्यले मेलाको अयोजना गरिएको बिबिएम कार्यक्रममका डाइरेक्टर प्रा.डा नविन कुमार नेपाललले बताए ।

उनले भने, “विद्यार्थीहरुको पाठ्यक्रममै भएको कुरालाई उनीहरुलाई सैद्धान्तिक ज्ञानसँगै प्रायोगात्मक ज्ञान दिने उद्धेश्यले यस मेलाको आयोजना गरिएको हो ।”

“हामीले नयाँ कार्यक्रममको थालनी गरेका छौं पहिलो कार्यक्रम भएकोले धेरै त्रुटी हुन पनि सक्छन् यसबाट पाठ सिकेर आगामी दिनमा थप व्यवस्थित गरी सञ्चालन गर्छौ ।” नेपालले भने ।

एक दिन पर्याप्त समय नभएको बताउदै उनले आगामी दिनमा हामी समय थप गरेर व्यापक रुपमा कार्यक्रम गर्ने सोचमा रहेको उनको भनाई छ ।

प्राविधिक क्षेत्रका विभिन्न सुरुवाती व्यापारहरु समेत प्रदर्शन तथा प्रवद्र्धन गर्ने लक्ष्यसाथ आयोजना गरिएको मेलामा १० भन्दा बढी विद्यालयका १ हजार भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको अयोजकले जनाएको छ ।

मेलामा धरान र धरान भन्दा बहिरका विद्यालयहरुको सहभागिता रहेको थियो । मेला साना व्यापारीहरुका लागि राम्रो अवसरको रुपमा रहको आयोजकको दावी रहेको छ ।

मेलामा नेपाल वैंक लिमिटेड, ज्योतिलाईफ इन्स्योरेन्स, जुजु धौ,सिलाम साक्मा, नेवुला फुड प्रोडक्सन, चोमोलोङमा अचार उद्योग,नेवारी खानाका परिकारका स्टलहरुका साथै निःशुल्क स्वास्थ्य परिक्षणको समेत अयोजना गरिएको थियो ।

विद्यार्थीहरुको पहलमा आयोजना गरीएको यो नै पहिलो भएको आयोजकको दावी रहेको छ । मेलाको उद्घाटन धरान उपमहानगरपालिकाको मेयर हर्क राज राईले गरेका थिए ।

तरहराको जंगलमा आलु ...

विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठ ...

धरानमा श्रमदानको नाम ...

धरान । धरान उपमहानर पालिकाका मेयर उप मेयरको विवादले झनै ...

एसईईको परीक्षाफल असा ...

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार ...

धरान सहित २१ स्थान ब ...

इटहरी/  नेपाल सरकारको गृह मन्त्रालयले तयार पा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved