धरानको जलाधार क्षेत्रमा सफा गर्न थालियो

  • जेठ १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उमेद्वार हर्क साम्पाङ निर्वाचित भएर आएपछि खानेपानी सुधारका लागि प्रयासहरु थालिएका छन् ।

नवनिर्वाचित मेयर समय समयमा आफै पम्पिङ साइडमा जाने, त्यहाको वस्तुस्थिति बुझ्ने, पानीको स्रोत जलाधार क्षेत्रमा जीर्ण रहेको खानेपानीको पाइप फेर्ने लगायतका गतिविधिलाई तिबता दिदै आएका छन् ।

यसै क्रममा धरानको स्रोत मानिएको सर्दु जलाधार क्षेत्रमा जथाभावि फोहोर हुन थालेपछि त्यस क्षेत्रको सरसफाइसँगै नगरप्रहरी त्यस ठाउमा खटाइएको छ ।

धरान भेडेटार सडक खण्ड आपगाछी क्षेत्रमा खानेपानीको मुहानमा फोहोर हुने भएकोले सोमबारदेखि संयुक्त सुरक्षा टोली परिचालन गरी जलाधार क्षेत्रको संरक्षण थालिएको धरान नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए । उनले भने–‘ आइतबारदेखि यो क्षेत्रमा निगरानी थालेका छौं, यस क्षेत्रमा नुआउन आउनेहरुले फोहोर गर्दा धरानेहरुले प्रदूषणयुक्त पानी खान बाध्य भएकै कारण यसतर्फ ध्यान केन्द्रित भएको हो ।’ उनले आइतबार खानेपानी मुहान क्षेत्रमा फोहोर गरेको बताउदै सोमबारदेखि दैनिक २ सिफ्टमा तीन जना नगर प्रहरी र १ जना नेपाल प्रहरी रहने गरी ६ जनाको टोली परिचालन गरिएको बताए ।

उनका अनुसार आपगाछी घुम्न आउनेहरुले नजिकै रहेको खानेपानीको मुहानमा पुगेर जथाभाबी फोहोर गर्ने गरेका छन् । उनले त्यहा पुगेर नुहाउने, लुगा धुने, पौडी खेल्ने र घाँस दाउरा गर्ने भएकोले खानेपानीको मुहान फोहोर भएको बताए ।

उनले भने–‘मुहानमा नुहाउन, लुगा धुन आउनेहरुले फोहोर गरेको पाइयो, मुहान सफा राख्दा धरानका सर्वसाधारणले सुद्ध खानेपानी खान पाउछन् भनेर हामीले नुहाउन, लुगा धुन नै निषेध गरेका छौ ।’

उनले कोशी पहाडी क्षेत्रमा चल्ने यात्रुवाहक सवारी साधनले रोकेर सोच गराउने गरेका कारण पनि यो क्षेत्रमा अब यस्तो कार्य गर्न प्रतिबन्ध लगाएको बताए । उनले भने–‘हामी मुहान फोहोर हुने खालका गतिविधिलाई पूर्ण रुपमा रोक लगाउँछौंm, कसैले अटेर गरेमा हामी कारबाही पनि गर्छौ ।’

मलद्वारमा लुकाएर ल्य ...

सुनसरी/लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इ ...

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

दाजुद्वारा आफ्नै भाइ ...

झापा/ झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजु ...

बोलेरो दुर्घटना हुँद ...

उदयपुर/ उदयपुरको कटारीमा ब्रेक फेल भएर बोलेरो जिप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved