धरान । जिल्ला समन्वय समिति मोरङमा नेकपा (एमाले)को एकल नेतृत्व हुने भएको छ । नेकपा एमालेले उमेद्वारको टुंगो लगाएसँगै एमालेको एकल नेतृत्वको सम्भावना बढेर गएको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट ९ जना प्रमुख÷अध्यक्ष र १२ जना उपप्रमुख÷उपाध्यक्ष निर्वाचित भएका थिए । त्यस्तै, नेपाली कांग्रेसले ८ वटा स्थानीय तहको प्रमुख÷अध्यक्ष, चारवटा पालिकामा उपप्रमुख÷उपाध्यक्ष, र माओवादी केन्द्रले एउटा पालिका उपाध्यक्ष जितेको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षले मात्रै मतदान गर्न पाउँछन् । १७ वटा पालिका रहेको मोरङ
धरान । नेपालमा बनेका पुलको गुणस्तरीयता कस्तो छ भनेर हेर्न टाढा जानु पर्दैन । उदयपुरको चौदण्डीगढीमा पुगे हुन्छ । बनेको पुल उद्घाटन हुन नपाउदै भत्किएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्की पुल उद्घाटन नै गर्न नपाई भाचिएको हो । पुल भाचिएपछि विगतदेखि नै कष्टकर जीवन विताउदै आएका त्यस भेगका बासिन्दाको जीवन अझ कष्टकर हुने देखिएका छ । वर्षायाममा यस भेगका बासिन्दाहरुले पुल नहुदा खोला तर्न नै धौ धौ पथ्र्यो, पुल निर्माणपश्चात सहज हुने अपेक्षा लिएका सर्वसाधारणको सपना तुहिएको छ । बनिसकेको पुल भत्किएपछि पुल बनिने आशा समेत मरेर गएको छ । विगतमा गाउका सर्वसाध
धरान । मोरङको छुट्टा छुट्टै दुई स्थानबाट अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको समान प्रहरीले बरामद गरेको छ । विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विहीबार बेलुका बिराटनगर महानगरपालिका–१२ स्थितबाट अबैधरुपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा बरामद गरिएका हो । अन्दाजी १ लाख ९४ हजार मुल्य बरावरको बिभिन्न प्रकारका लत्ता कपडाहरु र बिराटनगर– ६ स्थित केसलिया रोडबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यस्तै ना.४ख १६७८ नम्वरको ट्रकमा अन्दाजी मुल्य २३ लाख ७५ हजार मुल्य बरावरको ५ सय बोरा मकै अवैध रूपमा
धरान । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले स्टिल उद्योग, वनस्पति घ्यू–तेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने भन्दै मोरङका उद्योगी÷व्यवसायी र मजदुर आन्दोलित भएका छन् । मोरङ व्यापार संघमा बुधबार पत्रकार सम्मेलन गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले मजदुर संगठनहरुसँग मिलेर आन्दोलन गर्ने बताएसँगै विहीबार उनीहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलित उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्री जनार्जन शर्मामाले शुक्रबार वार्ताका लागि आवहान समेत गरेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष नविन रिजालले राज्यले अप्रत्यक्ष रुपमा उद्योग बन्द ग
धरान । प्रदेश एक सरकारले आर्थिक बर्ष ०७९÷८० का लागि पेश गरेको नीति तथा कार्यक्रममा कृषि तथा स्थानीय उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले बुधबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि तथा स्थानीय उत्पादनमा बढी प्राथमिकता राखेको बताएका हुन् । प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले कृषि क्षेत्रको विकासको लागि प्रादेशिक कृषि विकास रणनीति तय गर्ने उल्लेख छ । यस्तै दिगो कृषि विकासका लागि माटो परीक्षण र माटो सुधार कार्यक्रम ल्याउने, उत्पादनको आधारमा किसानलाई सोझै अनुदान दिने, किसानलाई मौसम सम्बन्धित नियमित सूचना दिने व्यवस्था गर्ने,
धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको चाप बढ्दै गएपछि प्रतिष्ठानले ओपिडीको बिल काट्ने समयमा हेरफेरि गरेको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोख्रेलका अनुसार विरामीको चापलाई ध्यानमा राख्दै उनीहरुकै सुविधाको लागि ओपिडीको टिकट काट्ने समय हेरफेरि गरिएको हो । उनका अनुसार यसभन्दा अगाडि विहान ८ बजेदेखि ११ बजेसम्म खालिने टिकट काउन्टर अब विहान ७ः३० देखि १२ बजेसम्म र दिउँसो २ देखि ३ बजेसम्म खोलिने बताए । प्रवक्ता पोख्र्लले भने–‘प्रतिष्ठानमा उपचार गराउने आउनेको संख्यामा अत्याधिक वृद्धि भएको छ, दैनिक ५ हजारसम्म विरामी प्रतिष्ठानको ओपिडीमा मात्र उपचा
धरान/ धरानमा शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको युनाइटेड नेशनल कलेज (युएन कलेज) ले विद्यार्थीलाई भविष्यमा अतिथि सत्कार र पर्यटन प्रवद्र्धन गर्न सिकाउने लक्ष्यसहित प्रदेशस्तीय सेफ प्रतियोगिताको आयोजना गर्ने भएको छ । आयोजक युएन कलेजले बुधबार पत्रकार सम्मेलन गरी धरानमा प्रदेशस्तरीय युएन सेफ प्रतियोगिता गर्ने र विजेतालाई नगद १ लाख प्रदान गरिने जनाएको हो ।प्रतियोगिता असार ६ गते हुन लागेको हो । क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीरुको लागि प्लेटफर्मको रुपमा कार्यक्रम गर्न लागेको बताए । उनले भने–‘होटल म्यानेजमेन्ट अध्ययन गरेका
इटहरी/ कुनै बेला वैदेशिक रोजगारीमा जाने र पैसा कमाउँनेलाई समाजमा ज्ञानी एवम् शिक्षित व्यक्तिभन्दा पनि इज्जतले हेर्थे । त्यही भएर मोरङ सुन्दरहरैँचाकी गीतादेवी ओझा भट्टराईको १४ वर्ष अघि बाबुआमाले विदेश जाने केटा रोजेर विवाह गरि दिए । गीतादेवीका बाबुआमाले त्यो बेला भनेका थिए, ‘ पैसा बिना भोकै मरिन्छ । विदेश गएर मिहिनेत गरेर पैसा कमाउने केटाले सुखसँग पाल्छन् ।’ गीतादेवीले पनि त्यो बेला पैसा कमाउने उत्तम विकल्प नै विदेश ठानेका थिइन् । त्यही भएर उनले सुन्दरहरैँचा वडा नं. ६ का चन्द्रप्रकाश भट्टराईसँग विवाह गरिन् । विवाह गरेको केही महिनालगतै फेरि चन्द्रप्रकाश विदेश गए । गीतादेवीले अर्
धरान/ प्रदेश नं. १ मै महत्वकांक्षी रुपमा लिएको सर्दु करिडोरको काम शुरु भएको छ । सर्दुले पु¥याउने क्षतिलाई न्यूनिकरण गर्दै आकर्षक पर्यटकीय स्थल निर्माण गर्ने उद्देश्यका साथ यो महत्वकांक्षी योजना अगाडि सारिएका हो । परियोजना निर्माण भएपनि सर्दु किनाराको १ सय २० हेक्टर जग्गा सुरक्षित हुने, आसपासमा रहेका ७ सय घर धुरी र १४ हजार सर्वसाधारण लाभान्वित हुने बताइएको छ । सर्दु करिडोरको शिल्यान्यास तत्कालीन प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज २ गते गरेका थिए । उद्घाटनका समयमा उनले बाध नियन्त्रण गर्नेमात्र उद्देश्य नभई, फराकिलो सडके, त्यसको छेउछाउमा रेष्टुराँहरु, हजारौं पर्यटक राति घुम्न जा
धरान । प्रदेश नं. १ को धरान सहित ९ स्थानमा जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने सम्बन्धित संस्थाहरुले जनाएका छन् । निजी इन्टरनेट सेवा प्रदायकको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल र्( स्पान) ले प्र्रदेश नं १ का ९ स्थान सहित देशका ११ ठाउँमा कुनै पनि बेला इन्टरनेट बन्द हुनसक्ने जनाएका हो । स्पानले सोमबार एक सूचना जारी गर्दै भनेको छ, ‘नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशातर्फ गैरकानूनी ढङ्गले सेवा प्रदायकको इन्टरनेट प्वाइन्ट (डेटा सेन्टर, पीओपी) र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरबेटी समेतको विद्युत लाइन काट