जिल्ला समन्वय समिति मोरङमा एमालेको एकल बहुमत: एमालेले टुंग्यायो उमेद्वार

  • जेठ २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । जिल्ला समन्वय समिति मोरङमा नेकपा (एमाले)को एकल नेतृत्व हुने भएको छ । नेकपा एमालेले उमेद्वारको टुंगो लगाएसँगै एमालेको एकल नेतृत्वको सम्भावना बढेर गएको छ ।

३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट ९ जना प्रमुख÷अध्यक्ष र १२ जना उपप्रमुख÷उपाध्यक्ष निर्वाचित भएका थिए ।

त्यस्तै, नेपाली कांग्रेसले ८ वटा स्थानीय तहको प्रमुख÷अध्यक्ष, चारवटा पालिकामा उपप्रमुख÷उपाध्यक्ष, र माओवादी केन्द्रले एउटा पालिका उपाध्यक्ष जितेको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनमा प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षले मात्रै मतदान गर्न पाउँछन् । १७ वटा पालिका रहेको मोरङमा जिल्ला समन्वय समितिको निर्वाचनमा ३४ जना मतदाता छन् ।

जिल्ला समन्वय समितिमा निर्वाचित हुन १८ मत चाहिन्छ । एमाले एक्लैसँग २१ मत छ । सोही कारण प्रदेश १ को राजधानी समेत रहेको मोरङमा एमालेको एकल नेतृत्वमा जिल्ला समन्वय समिति बन्ने निश्चित देखिएको हो ।

सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेससँग १२ र माओवादी केन्द्रको एक मत छ । जिल्ला समन्वय समितिको निर्वाचन आगामी ३१ जेठमा हुँदै छ ।

सो निर्वाचनका लागि एमालेले सबै उम्मेदवार टुंगो लगाइसकेको छ । बुधबार एमाले मोरङका पदाधिकारीको सम्पन्न बैठकले जिल्ला समन्वय समितिको प्रमुखमा सुन्दर हरैँचाका अजम्मर राई र उपप्रमुखमा रंगेलीकी उषा झा ठाकुरलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

त्यस्तै, महिला सदस्यमा मिक्लाजुङकी उमा नेपाली, लेटाङकी हरिमाया विश्वकर्मा र ग्रामथानकी उर्वशी थारु, दलित सदस्यमा धनपालथानका चन्द्र सरदार, अन्य सदस्यमा उर्लाबारीका मित्रप्रसाद ढकाल, विराटनगरका तुलसी घिमिरे र रंगेलीका देवमणि कटुवाललाई उम्मेद्वार छनोट गरिएको एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिए । उनले भने–‘उमेद्वारको टुंगो लागिसकेको छ एमालेको एकल नेतृत्वमा जिविस सदस्य बन्ने पक्का भएको छ ।’

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved