समाचार

    Showing 6,031-6,040 of 8,623 items.
  • संक्रमितको घर- घर पुग्दै कांग्रेस

    वराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्रका नेताहरु औषधी बोकेर कोरोना भाइरस सक्रमितको घर- घर पुग्न थालेका छन् । २५ दिन देखि सुरक्षा सर्तकता सहित संक्रमितका घर–घरमा पुगेर सेनिटाइज , पोष्टिक तत्ब प्रदान गर्दै आएको नेपाली कांग्रेसको टोली बिहिबार सक्रमितको घरमा पुगेर पारासिटामोल र भिटामि सि सहित सेनिटाइज गरेको अभियानकी सदस्य नेपाली कांग्रेस महा- समिति सदस्य अनु गुरुङले बताइन् । राज्यको साधन, स्रोत भएको निकायहरु सक्रमण नियन्त्रण गर्ने अभियानमा प्रयाप्त काम गर्न नसकेको जनगुनासो भइराख्दा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस वराहहक्षेत्रका नेताहरु भन्ने समिति नै स्थापना गरेर अभियानमा सक्रिय पुर्ब

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 545 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेघा कलेजका विद्यार्थीहरद्वारा पुनस्थापना गृहलाई सहयोग

    धरान/  धरान-१२ चतरालाईन स्थित धरान मेघा कलेजका बि.बि.एस.प्रथम बर्षमा अध्ययनरत बिद्यार्थीहरुले आर्थिक सन्कलन गरेर छाताचोक स्थित पुनस्थापना गृहलाई बिहिबार खाद्यान्न सामग्री बितरण गरेका छन। बिद्यार्थीहरुले केन्द्रका सन्चालक भिम बहादुर राईलाई १ सय २५ किलो चामल, ५ किलो दाल, १ कार्टुन तेल, ४ किलो नुन, ५ किलो न्युटेला र १ कार्टुन बिस्कुट गरि १२ हजार ७५ रुपैया बराबरको खाद्य सामग्री बितरण गरे। यस अघि कलेजमा सचेत नागरिक समूह धरान-१७ र धरान मानव कल्याण समाजलाई क्रमशस् ५-५ हजार हस्तान्तरण गरिएको छात्रा सपना राईले जानकारी दिइन।सचेत नागरिक समुहले बि.पि.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेक

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 1,042 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाका कारण मैथिलि समुदायका महिलाहरुले मनाउने वरसाइत पर्व प्रभावित

    धरान/  कोरोनाका कारण नेपालीहरुको मौलिक पर्व प्रभावित भएका छन् । मौलिक संस्कृतिको धनी नेपालीहरुको पहिचान बोकेको नेपालमा गतबर्षदेखि नै यस्ता मौलिक पर्वहरु प्रभावित बन्दै गएका छन् । मैथिलि समुदायका महिलाहरुले ले प्रत्येक बर्ष मनाउदै आएको वरसाइत पर्व समेत सुनसरीमा प्रभावित बनेको हो । हरेक वर्ष पतिको दिर्घायुको कामना गर्दै मैथली समुदायका महिलाहरुले सामुहिक रुपमा यो पर्व मनाउने गरिन्छ । सामुहिक रुपमा मनाउने गरिएको यो पर्व कोरोना कहरकै कारण महिलाहरुले घरभित्र खुम्चिएर मनाएका छन् । नजिकैको मठमन्दिरमा गएर समुहिक रुपमा मनाउने यो पर्व कोरोना नियन्त्रण गर्न सरकारले लागु गरेको निषेधाज्ञाका कारण वाहि

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 837 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • प्रदेश १ सरकारको नीति तथा कार्यक्रम : पुरानै कार्यक्रमलाई लेपपोत गर्दै कोभिड केन्द्रीत कार्यक्रममा जोड

    विराटनगर । प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आर्थिक वर्ष २०७८÷७९ को लागि प्रदेश सरकारले निदृष्ट गरेको नीति तथा कार्यक्रम पेस गरेका छन् । प्रदेशसभाको आठौं तथा बजेट अधिवेशनको विहीबारको बैठकमा प्यासीले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । उनले संघीयताको आवश्यकता थप पुष्टि हुँदै गएको र प्रदेशको सुशासन अनि विकासको लागि प्रदेश सरकार दृढ संकल्पित भएको जनाए । प्यासीले प्रदेश सरकारले यसअघि गरेका र अब बजेटमार्फत सम्बोधन गर्ने सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुख्य एवम् केही आयोजना सम्पन्न भएको र केही सम्पन्न हुने क्रममा रहेको बताए

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 758 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तकोसीको खुवालुङ क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउने प्रदेश सरकारको घोषणा

    विराटनगर । प्रदेश १ सरकारले सप्तकोसी नदीमा अवस्थित खुवालुङ ढुंगो संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्र बनाउने घोषणा गरेको छ ।आर्थिक वर्ष २०७८÷७९ को संघीय बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सप्तकोसीमा अवस्थित अवरोध हटाएर जल यातायात संचालन गर्ने घोषणा गरेका थिए । यसको लागि बजेटसमेत विनियोजन भएको थियो । तर, विहीबार प्रदेशसभामा प्रस्तुत गरिएको प्रदेश नम्बर १ सरकारको वार्षिक नीति तथा कार्यक्रममार्फत खुवालुङ क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने घोषणा गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोसी जल

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 751 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एसजीले दियो ४ स्थानिय तहलाइ स्वास्थ्य सामग्री

    इटहरी । कोरोना संक्रमितहरुको उपचारमा अक्सिजन अभाव भएको गुनासो आउन थाले पछि एसजी ग्रुपले अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरु निःशुल्क वितरण गर्न थालेको छ ।दोश्रो भेरियन्ट सहितको कोरोना संक्रमणबाट जोखिम बढन थालेको अवस्थालाइ मध्यनजर गर्दै एसजि ग्रुपले सुनसरीको इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका, हरिनगर गाउँपालिका लगायतलाई अक्सिजन सहित स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको हो । ग्रुपले स्थानीय सरकार र जिल्ला प्रसाशन कार्यालयसंग समन्वय गरि उक्त सामग्रीहरू बितरण गर्न थालेको हो । एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमीरेले इनरुवा नगरपालिका प्रमुख राजन मेहतालाई अक्सिजन लगायतका स्वास्थ्य सुरक्षा सा

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 547 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भण्टाबारीबाट खैरोहिरोइन सहित एक जना पक्राउ

    धरान । सुनसरीको कोशी गाउँपालिका स्थित भण्टाबारीबाट लागुऔषध खैरोहिरोइन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलिले कोशी गाउँपालिका ८ भण्टाबारीका ४० वर्षिय शम्भु कबिरथलाई पक्राउ गरेको हो । उनको साथबाट९. ४०ग्राम खैरोहिरोइन बरामद गरेको छ । उनलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 692 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रष्ठिानको कोभिड अस्पतालमा धरान ८ एक जना सहति सुनसरीका दुईजनाको मृत्यु

    धरान । धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरारत दुई संक्रमतिको मृत्यु भएको छ ।प्रतिष्ठानका प्रवक्ता डा. चुणमडी पोखरेलका अनुसार धरान ८का ६० वर्षीय वृद्ध र रामधुनीका ९ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।धरान ८ का संक्रातिको बुधबार राती १०: ५० मा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । जेठ २४ गते संक्रमण पुष्टि भएका वृद्धलाई उपचारको लागि विजयपुर हस्पिटलमा भर्ना गरिएको थियो ।उनको स्वास्थ्यमा थप समस्या देखा परेपछि उनलाई त्यहाँबाट जेठ २५ गते रिफर गरेर प्रतिष्ठानको कोभिड अस्पतालमा थप उपचार भइरहेको थियो । त्यसैगरि, रामधुनी ९ सुनसरीका पनि ७० बर्षीय एक वृद्धको उप

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 772 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लघु चलचित्र तिरस्कार सार्वजनिक

    धरान / संचारकर्मी सुविन विश्वकर्माको लेखन तथा निर्देशन रहेको लघुचलचित्र ‘तिरस्कार’ रिलिज भएकोछ । जातीय विभेद तथा अन्तरजातीय प्रेमको कथालाई मुख्य आधार मानेर तयार भएको ‘तिरस्कार’ लाई विश्वकर्माकै युटुब च्यानल सुबिन विश्वकर्मा लुते युट्युब च्यानलबाट रिलिज गरिएको हो । जातीय विभेदका विरुद्धमा कुनै न कुनै तवरबाट आवाज उठाइरहेका विश्वकर्माको यो चलचित्र डेव्यु निर्देशन् हो । जातीय विभेद तथा अन्तरजातीय प्रेममा आधारित ‘तिरस्कार’ ले हाम्रो समाजमा अन्तरजातीय प्रेम र विवाहमा आइपर्ने समस्या र चुनौती गज्जवले प्रस्तुत गरिएको छ । ‘तिरस्कार’ को कथा मार्फत केही मात

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 2,712 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा सुतेकै ठाउमा महिलाको मृत्यु

    इटहरी । सुनसरीको इटहरी ४ बगैचाटोल स्थित एक स्थानीयको घरमा डेरा गरी बस्ने अन्दाजि ३५ वर्षकी महिला सुतेकै ठाउमा बिहीबार मृत भेटिएकी छिन । खोटाङ घर भइ इटहरी ४ चौधरी थरका एक ब्यक्तिको घरमा डेरा बस्दै आएकी ३५ वर्षिया सुनिता राइ सुतेकै ठाउमा मृत भेटिएकी हुन । राति खाना खाएर सकुशल सुतेकी श्रीमति बिहान अबेर सम्म पनि नउठेपछि उठाउन पुग्दा मृत अवस्थामा फेला परेको उनका श्रीमानलाइ उदृत गर्दै इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । राति सकुशल सुतेकी श्रीमति बिहान मृत भेटिएपछि गाउलेहरू अचम्ममा परेका छन भने केहिले हत्या आशंका समेत गरेका छन । घटनाको अवस्था हेर्दा हत्या भए जस्तो नदेखिने तर अनुसन्धान भइरहेको

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 875 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved