समाचार

    Showing 6,031-6,040 of 10,040 items.
  • युके निवासी ईसाद्वारा धरान उपमहानगरपालिकालाई डस्विन प्रदान

    धरान । युके निवासी ईसा गुरुङले धरानलाई डस्बिन सहयोग गरेकी छिन् । धरानको फोहोरमैला ब्यबस्थापन र धरानलाई सफा, स्वच्छ धरान बनाउने उदेश्यले युके निवासी धरानकी चेलि समाजसेवी ईशा गुरुङले डस्बिन सहयोग गरेकी हुन् । उनले ३० थान फोहोर राख्ने डस्विन धरान उपमहानगरपालिकालाई दिएकी हुन् । ईसाले यस भन्दा अगाडि पनि विभिन्न संघ संस्था, बृद्धआश्रममा सहयोग गर्दै आइरहेकी छिन् । यस पटक भने धरानको विकास र धरानलाई सुन्दर र सफा बनाउने अटोट लिएका धरान उपमाहानगरपालिका नगर प्रमुख हर्कराज राईलेको अभियानलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले डस्विन सहयोग गरेको बताइन् ।

    • प्रकाशित मितिः असार ७, २०७९
    • 1,252 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएनको सेफ प्रतियोगिता सम्पन्न

    धरान । प्रदेशस्तरीय सेफ प्रतियोगिता इटहरीको स्किल कलेज इटहरीका विद्यार्थी समूहले जितेका छन् । धरान १६ मा रहेको कलेजको हाताभित्र सोमबार सम्पन्न प्रतियोगितामा स्किल कलेजका नबिन खड्का र इक्सा लिम्बुको समुह पहिलो भएको हो । यु.एन.कलेज बि.एच.एम.बिभागको आयोजनामा भएको प्रतियोगीतामा प्रीमियम कलेज इटहरीका राहुल धमला र बिपना कार्कीको समुह द्वितीय र नबोदय बिद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुल(प्लस टु) धरानका याङ्जि शेर्पा र लक्ष्मी पोख्रेलको समुह तृतीय भएका छन् । पहिलो हुने समुहले ५० हजार रुपैया नगद, यु.एन.कलेजमा बि.एच.एम.पढ्न ५० हजार बराबरको छात्रबृत्ति,े द्वितीय हुने समूहले ३० हजार रुपैया नगद, बि.एच.ए

    • प्रकाशित मितिः असार ७, २०७९
    • 956 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खुल्ला पुरुषतर्फ भोजपुर र महिलातर्फ झापा विजयी

    धरान । सांतौ बांझगरा खुल्ला पुरुष तथा महिला भलिबलमा भोजपुर र दमकले जितको छ । बांझगरा युवा क्लबले आइतार बागरकोटको खेल मैदानमा आयोजना गरेको प्रतियोगतामा पुरुषतर्फ भोजपुर षडानन्द गाउँपालिका र महिलातर्फ झापाको दमक नगरपालिकाले जित हात पारेको हो । महिलातर्फबाट दमक नगरपालिकाले अन्तिम स्कोर २५ अंक ल्याएको थियो भने उपविजेता इटहरी क्लबले १४ स्कोर प्राप्त गरेको थियोे । पुरुषतर्फमा भोजपुर षडानन्द नगरपालिकाले २५ स्कोर अंक प्राप्त बिजेता बनेको थियो । असार २, ३ र ४ गते तीनदिनसम्म चलेको प्रतियोगितामा खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार, मेडल, प्रमाणपत्र र ट्रफी, दोस्रो पुरस्कार ६

    • प्रकाशित मितिः असार ७, २०७९
    • 1,028 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा चक्का जाम

    धरान । विराटनगरमा नेपाल आयल निगमले पद्धिल्लो पटक वृद्धि गरेको पेट्रोलियम पदार्थको बृद्धिको विरोध गर्दै आन्दोलन चर्काएका छन् । नेपाल आयल निगमले आइतबार रातिबाट पेट्रोल, डिजेललगायत इन्धनमा गरेको मूल्यवृद्धि गरेपछि विराटनगरका यातायात व्यवसायीले विरोधमा चक्का जाम गरेका हुन् । मूल्यवृद्धिविरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायात सञ्चालकले कोशी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका थिए । विरोधको नाममा बाटो अवरोध गरेर चक्का जाम गरेको भन्दै आन्दोलनरत ६ जना चालकसहित सवारी साधन मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृ

    • प्रकाशित मितिः असार ७, २०७९
    • 587 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सदाबहार समस्याः धरानको खानेपानी

    धरान/ धरान– १५ बाझगराकी गृहिणी मञ्जु बस्नेतलाई विहान उठ्ने वित्तिकै एउटा नियमित चिन्ताले सताउने गरेको छ । चिन्ताको कारण अरु केही नभएर खानेपानीकै हो । कहिलेकाही विहान खाना पकाएपछि खुवाएर नानीहरुलाइ स्कुल पठाउने बेलामा धारामा तुरुक्क पानी चुहिन्छ, त्यसबेला खानेपानी थाप्न जाउं कि बच्चाहरुलाई स्कूल पठाउन जाउं दोधारमा पर्ने गरेकी छिन् । नानीहरुलाई स्कुल पठाउन जाउ धारामा पानी थाप्न ढिलो, नजाउं नानीहरुको स्कुल पु¥याउन ढिलो । मुख्य समस्या त धारामा पानी झर्नै छाडेपछि पानी थाप्न नै पाइदैन । यो उनको प्राय दैनिक नियती हो । बस्नेत भन्छिन्, ‘मानिसको जीवनसंग जोडिएको खानेपानीको पछि दौडदा दौडद

    • प्रकाशित मितिः असार ७, २०७९
    • 1,222 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • प्रतिष्ठान द्वारा आफ्नै ब्लड बैंक सञ्चालन

    धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै ब्लड बैंक सञ्चालनमा ल्याइएको छ । असार २ गतेबाट पूर्ण रुपमा सञ्चालनमा ल्याएको ब्लड बैंकबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्नो ब्लड बैंक पुर्णरुपमा सञ्चालनमा आएको जनाएको छ । प्रतिष्ठानको प्याथोलोजी विभाग अन्तर्गत सञ्चालित ब्लड बैंक असार २ गतेदेखि पुर्णरुपमा सञ्चालनमा आएको हो । सञ्चालन भएको ब्लड बैंकबाट रक्त अल्पता भएका र डायलाइसिस गर्नुपर्ने विरामीहरुको लागि पिसिभी सेवा दिइने प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोख्रेलले जानकारी दिए । उनले भने–‘प्रतिष्ठानले आफ्नै ब्लड बैक २ गतेबाट सञ्चालनमा ल

    • प्रकाशित मितिः असार ७, २०७९
    • 956 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आगोले जलेर वृद्दाको मृत्यु

    धरान । संखुवासभाको चैनपुर नगरपालिका ११ कि ८६ बर्षीया मनमाया मगरको आगोले जलेर मृत्यु भएको छ । घरमा एक्लै बस्दै आएकी बृद्दाले चुलामा आगो सल्काउने क्रममा अचानक आफैले लगाएको चोलोमा आगो सल्कन गई आगोले जलेर गम्भिर घाईते भएको अवस्थामा आफन्तले मंगलबार बिहान ७ बजे फेला पारी उपचारको लागी जिल्ला अस्पताल खाँदबारी ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

    • प्रकाशित मितिः असार ७, २०७९
    • 689 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘प्रदेश सहयोग कार्यक्रमलाई निरन्तरता दिइने’

    धरान । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश र स्थानीय तहलाई बलियो बनाउने मनसायका साथ स्वीट्जरल्याण्ड सरकारले गरेको सहयोग सकारात्मक भएको उल्लेख गरेका छन् । स्वीस सरकारको सहयोगमा सञ्चालित प्रदेश सहयोग कार्यक्रम निर्देशक समितिको दोस्रो बैठकलाई सोमबार सम्बोधन गर्दैै मुख्यमन्त्री राईले संघीय प्रणालीमाथि नै प्रश्न उठेका बेला स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त सहयोग स्थानीय सरकारको सबलीकरणमा खर्च हुनु राम्रो भएको बताए ।  उनले संघीय प्रणालीलाई बलियो बनाउने गरी स्वीस सरकारको सहयोग कार्यक्रम केन्द्रित भएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिने बताऐ । मुख्यमन्त्री राईले प्रदेश

    • प्रकाशित मितिः असार ७, २०७९
    • 831 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विमान स्थल पीडित संघर्ष समितिको पहिलो चरणमा माग पूरा भएन: संघर्ष समितिद्वारा दास्रो चरणको आन्दोलनको घोषणा

    धरान । माग पूरा पुरा गराउन विराटनगर विमानस्थल पीडत सघर्ष समितिले दिएको सात दिने अल्टिमेटम पूरा नभएपनि संघर्ष समितिले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । संघर्ष समितिले पहिलो चरणको आन्दोलन अन्र्गत जिल प्रशासन कार्यालय मोरङ र प्रदेश १ मुख्य मन्त्रीको कार्यालयलाई सात दिने अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएको थियो । अल्टिमेटम दिएको एक हप्ता वितिसक्दा पनि माग पूरा नभएपछि उनीहरुले सोमबार दोस्रो चरणको आन्दोलनको घोषणा गरेका हुन् । संघर्ष समितिका संयोजक वेदराज पौड्यालले सात दिनको अल्टिमेटम दिएको विषयमा सातदिनको अल्टिमेटम दिए पनि पीडितहरुलाई मुआब्जा अथवा रोक्का राखिएको जमिन फिर्ता बिषयमा सरोकारवालाह

    • प्रकाशित मितिः असार ७, २०७९
    • 803 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोटरसाईकल दुर्घटनाहुँदा १ जनाको मृत्यु १ जना घाईते

    धरान । मोरङको बेलबारी ११ स्थित पुर्व पश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटनाहुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । सोमबार दिउँसो सवा १२ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २० प ७७५२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ बेलबारी १० का ३१ बर्षीय कुसुमलाल धिमाल र मोटरसाईलकमा सवार मोरङ पथरीशनिश्चचरे ६ का २८ बर्षीय रमेश धिमाल घाईते भएका थिए । दुर्घटनाबाट घाईते भएका उनीहरुको उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा कुसुमलालको चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्र

    • प्रकाशित मितिः असार ६, २०७९
    • 1,006 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved