समाचार

    Showing 571-580 of 10,119 items.
  • धरानमा क्रिसमस डे उल्लासपूर्वक मनाइयो, एलिम चर्चमा भव्य कार्यक्रम

    धरान/ नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले बिहीबार ‘क्रिसमस डे’ अर्थात् ख्रीष्टमस दिवस  धार्मिक आस्थासहित मनाएका छन्। अङ्ग्रेजी पात्रोअनुसार हरेक वर्ष डिसेम्बर २५ मा येशु ख्रीष्टको जन्मको सम्झनामा यो पर्व मनाइने परम्परा छ। धार्मिक विश्वासअनुसार करिब दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मरियमको कोखबाट येशु ख्रीष्टको जन्म भएको मानिन्छ। मानव समुदायका लागि येशुले पुर्‍याउनुभएको योगदानको सम्मानस्वरूप इस्वी संवत् चलनमा आएको धार्मिक व्याख्या गरिन्छ। क्रिसमसको अवसरमा धरानसहित देशभरका चर्चहरूमा विशेष प्रार्थना सभा, भजन–कीर्तन तथा धार्मिक कार्यक्रम आ

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 355 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिबिस्कस क्विजको उपाधि साजिलाललाइ

    धरान/हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना गरेको हिबिस्कस क्विज मेनिया सिजन–४ को उपाधि साजिलाल मा.विले हात पार्न सफल वनेको छ । विहिवार सम्पन्न भएको फाइनल प्रतियोगितामा साजिलालले अन्य विद्यालयलाई पछि पार्दै उपाधी हात पारेको हो । प्रतियोगितामा साजिलाल माध्यमिक विद्यालय, सुन्दरहरैचा मोरङले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ। प्रतियोगितामा जीवन ज्योति इङलिस बोर्डिङ स्कुल, चक्रघट्टी बराहक्षेत्रले दोस्रो स्थान प्राप्त गरेको छ । जीवन ज्योतिले नगद १५ हजार रुपैयाँ सहित मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ। त्यसैगरी धरान मेघा हिमालयन स्कुलले तेस्

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 457 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एनसीसी जुनियर डिभिजन तालिमको दीक्षान्त समारोह सम्पन्न

    धरान/ श्री राष्ट्रिय सेवा दल,पूर्वी तालिम शिक्षालयमा सञ्चालन गरिएको सि.सं. ५१ राष्ट्रिय क्याडेट कोर (एनसीसी) जुनियर डिभिजन तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ। पूर्वी तालिम शिक्षालय मोरङको याङ्शिलामा गत मङ्सिर २० गतेदेखि सञ्चालन गरिएको दोश्रो चरणको उक्त तालिम आज बिहीवार सम्पन्न भएको श्री राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयका प्रमुख सेनानी सुरेश कुमार श्रेष्ठले जानकारी दिए। दीक्षान्त समारोहका अवसरमा तालिम पूरा गरेका एनसीसी जुनियर डिभिजनका क्याडेटहरूले आकर्षक कवाज प्रदर्शन गर्नुका साथै अनुशासन, समन्वय, शारीरिक तन्दुरुस्ती र नेतृत्व क्षमतासम्बन्धी प्रस्तुति प्रस्तुत गरेका थिए। ताल

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 368 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिबिस्कस क्विज मेनिया–२०८२ : उत्कृष्ट ६ विद्यालय फाइनलमा

    धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा सञ्चालन भइरहेको हिबिस्कस क्विज मेनिया–२०८२ (सिजन–४) को छनोट चरण बुधबार सम्पन्न भएको छ। प्रतिस्पर्धात्मक छनोट चरणबाट उत्कृष्ट प्रदर्शन गरेका ६ विद्यालय फाइनल चरणमा प्रवेश गरेका छन्। स्कुल प्राङ्गणमा आयोजित छनोट चरण कार्यक्रममा धरान–१५ का वडा अध्यक्ष नरेशकुमार इबारम प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य सिर्जना नेपाल, एन–प्याब्सन धरानका अध्यक्ष भगत लिम्बू, हिबिस्कस स्कुलका भाइस प्रिन्सिपल विजय सिंह थेबे लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता प्

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 374 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाङ्गेबजारमा जीवन बिकाश लघुबित्तद्वारा निशुल्क आँखा जाँच शिबिर

    वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ७ बाङ्गे बजारमा जीवन बिकाश लघुबित्त बितिय संस्था लि शाखा कार्यलय महेन्द्रनगरले १ दिवसिय निशुल्क आँखा जाँच शिबिर आयोजना गरेको छ । नव दृष्टि आई हस्पिटल इटहरीको सहकार्य र वराहक्षेत्र नगरपालिका वडा नं ७ को कार्यालयको समन्वयमा जीवन बिकाश लघुबित्त बितिय संस्था लि शाखा कार्यलय महेन्द्रनगरले निशुल्क आँखा जाँच शिबिर आयोजना गरेको शाखा प्रमुख चन्दन कुमार कामतले जानकारी दिए । कार्यालय प्रमुख कामतका अनुसार जीवन बिकाश लघुबित्त बितिय संस्था लि शाखा कार्यलय महेन्द्रनगरको सामाजिक उत्तरदाहित्व कार्यक्रम अनुसार निशुल्क आँखा जाँच शिबिर आयोजना गरिएको थियो । शिबि

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 432 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भेडेटारमा १३ औँ फुड फेस्टिभल, ६० हजार पर्यटक भित्र्याउने लक्ष्य

    धरान/ अंग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसर पारेर पूर्वि नेपालको चर्चित पर्यटकीय गन्तव्य भेडेटारमा १३ औँ भेडेटार फुड फेस्टिभल आयोजना हुने भएको छ।   होटल एशोसिएसन भेडेटारको आयोजनामा आगामी पौष १६ देखि १८ गतेसम्म तीन दिनसम्म फेस्टिभल सञ्चालन हुने भएको हो। आयोजकले बुधबार  पत्रकार सम्मेलनमार्फत फुड फेस्टिभलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। फेस्टिभलले भेडेटारको पर्यटन, होटल व्यवसाय, कृषि र स्थानीय उत्पादनको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।   फेस्टिभल अवधिभर राई, लिम्बु, मगर, गुरुङ, याम्फु, तामाङ तथा नेवारी समुदायका परम्परागत जातीय खानाका

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 508 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट ट्रेड एक्स्पो–२०२५ आजदेखि विराटनगरमा

    विराटनगर/मोरङ उद्योग व्यापार संघको आयोजनामा ‘विराट ट्रेड एक्स्पो–२०२५’ आज (बुधबार)देखि विराटनगरमा सुरु हुँदैछ । ११ दिनसम्म सञ्चालन हुने एक्स्पोका लागि आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार तथा व्यवस्थापकीय तयारी पूरा भएको आयोजकले जनाएको छ । मंगलबार एक्स्पो स्थलमै आयोजित पत्रकार सम्मेलनमा एक्स्पो संयोजक अमितकुमार शारदाले स्वदेशी तथा विदेशी गरी कुल २३० वटा स्टल रहने जानकारी दिए । यसपटक तीनवटा ठूला ह्याङ्गर (डोम) भित्र २०० भन्दा बढी स्टलहरू निर्माण गरिएको छ । प्रदर्शनीमा कृषिजन्य उत्पादन, औद्योगिक सामग्री, कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिसम्बन्धी सामग

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 315 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा विद्यालयस्तरीय खेलकुद हुने

    सुनसरी/ धरानलाई खेलकुदको सहरका रूपमा थप चिनाउने उद्देश्यसहित संस्थागत विद्यालयहरूको संगठन एन प्याब्सन र प्याब्सन धरान नगर समिति को संयुक्त आयोजनामा विद्यालयस्तरीय Track & Field Meet–2082 आयोजना हुने भएको छ।  प्रतियोगिता पुस ११ र १२ गते धरान–१३ स्थित रंगशालामा सञ्चालन हुनेछ।मंगलबार  धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको उद्देश्य, महत्व र विस्तृत नियमावली सार्वजनिक गरेका हुन्। धरानस्थित निजी विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीलाई समेटेर आयोजना गर्न लागिएको यस प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 404 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाल आदिवासी जनजाति महासङ्घ सुनसरीको अधिवेशन धरानमा हुने

    धरान/ नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) सुनसरीको छैठौँ जिल्ला अधिवेशन आगामी पौष ११ र १२ गते धरानमा हुने भएको छ। अधिवेशनले सङ्गठनभित्र समावेशी नेतृत्व विकास र जातीय सन्तुलनलाई थप संस्थागत गर्ने लक्ष्य लिएको छ।   धरानमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा नेफिन सुनसरीका अध्यक्ष राम माण्डुपा राईले महासङ्घले अवलम्बन गरेको ‘एक जाति–एक कार्यकाल’ नीति प्रभावकारी रूपमा लागू हुँदै आएको बताए।   उनका अनुसार एउटै व्यक्तिले दोहोर्याएर पदाधिकारी बन्न नपाउने र एउटै जातिबाट एक पटकभन्दा बढी अध्यक्ष चयन नहुने व्यवस्था कार्यान्वयनमा छ। अध्यक्ष राईले यस प्रणालीले

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 507 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानमा २४सै घण्टा सबै प्रयोगशाला सेवा, रिपोर्ट अब २–३ घण्टामै

    धरान/  सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामी उपचारलाई थप छरितो, सहज र प्रभावकारी बनाउने उद्देश्यसहित सबै प्रयोगशाला सेवा अब सातै दिन, चौबिसै घण्टा सञ्चालनमा ल्याउने भएको छ।   प्रतिष्ठानले हाल सञ्चालनमा रहेका इर्मजेन्सी ल्याब र रुटिन ल्याबलाई एकीकृत गर्दै ‘सेन्ट्रल ल्याब’ प्रणाली लागू गर्ने निर्णय गरेको हो। उक्त सेवा पुस ५ गतेदेखि सुरु भएकाे प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानले जानकारी दिइन्।   नयाँ व्यवस्थाअनुसार अटोमेटिक, सेमी–अटोमेटिक तथा किट–बेस प्रविधिबाट गरिने सबै प्रयोगशाला परीक्षणका रिपोर्ट इर्

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 1,777 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved