उदय कुमार राईको नेतृत्वमा ग्रील व्यवसायी संघको नयाँ कार्यसमिति गठन

  • चैत २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ २०५३ सालमा स्थापना भएको संयुक्त ग्रील उद्योग व्यवसायी संघ धरानको ९औँ अधिवेशनबाट उदय कुमार राई अध्यक्षमा चयन भएका छन्।

शनिबार सम्पन्न अधिवेशन तथा साधारण सभाले राईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नवगठित कार्यसमितिमा प्रथम उपाध्यक्षमा कमल शंकर, द्वितीय उपाध्यक्षमा सुन्दर श्रेष्ठ, सचिवमा प्रेम कुमार राई, सह–सचिवमा मदन कुमार प्रधान र कोषाध्यक्षमा तुलाराम श्रेष्ठ चयन भएका छन्।

सदस्यहरूमा पार्वती राई, विष्णु कुमार कार्की, हरि चौधरी, मनोज पराजुली, सुरज राई, प्रदीप विक र विवश विश्वकर्मा रहेका छन्।

नवनिर्वाचित अध्यक्ष राईले ग्रील व्यवसायीहरूको हकहित संरक्षण गर्दै संघलाई अझ सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अधिवेशनको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले गर्दै संघले व्यवसायीहरूको हकहितका लागि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

कार्यक्रममा निवर्तमान अध्यक्ष राजकुमार राईले व्यवसायीहरूले राज्य र स्थानीय तहलाई उल्लेखनीय कर तिरे पनि राज्यबाट अपेक्षित सहयोग नपाएको गुनासो व्यक्त गर्दै सकारात्मक दृष्टिकोण आवश्यक रहेको बताए।

संघले यसअघि नै धरान–१६ मा आफ्नै कार्यालय भवन निर्माण गरिसकेको छ, जसले संस्थागत विकासमा थप टेवा पुर्‍याएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved