धरान/ सुनसरीको धरान–१५, श्यामचोकमा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा एसईई दिएका कक्षा १० का विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कक्षा ९ (२०८२ ब्याच) र विद्यालयको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा एसईई दिएका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै बिदाइ गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक गंगाराम कुलुङ राईले यो केवल बिदाइ मात्र नभई शुभकामना आदान–प्रदान कार्यक्रम भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई प्रेरणादायी सन्देश दिएका थिए।
एन प्याप्सन धरानका कोषाध्यक्ष पृथ्वी रैका मगर प्रमुख अतिथिको रूपमा उपस्थित थिए। अतिथिहरूले विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै आगामी यात्राका लागि सफलताको शुभकामना व्यक्त गरेका थिए।
प्रमुख अतिथि पृथ्वी रैका मगरले विद्यार्थीहरूलाई सम्बोधन गर्दै विद्यालय जीवनको एक चरण पूरा भएको र अबका दिनहरूमा नयाँ चुनौतीहरू सामना गर्नुपर्ने उल्लेख गरे। उनले असफलताबाट नडराई निरन्तर प्रयास गर्न सुझाव दिँदै Thomas Alva Edisonको उदाहरण प्रस्तुत गरेका थिए।
सो अवसरमा विद्यार्थीहरूले नृत्य, गायन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरी माहोललाई उत्साहपूर्ण बनाएका थिए। विद्यालयका अनुसार कार्यक्रम आत्मीय, भावनात्मक र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
हिबिस्कस नै किन रोज्ने ?
स्वास्थ्य र सुरक्षामा ध्यान विद्यालयले सबै विद्यार्थीहरूको इन्स्योरेन्स गरिएको जानकारी दिएको छ। साथै विजयपुर हस्पिटल सँग समन्वय गरी अभिभावक तथा विद्यार्थीहरूका लागि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
विद्यालयमा अत्याधुनिक विज्ञान प्रयोगशाला तयार गरिएको छ भने सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था गरिएको छ। कमजोर विद्यार्थीहरूका लागि विशेष कक्षा सञ्चालन गरिने तथा अडियो–भिडियो माध्यमबाट थप प्रभावकारी अध्यापन गरिने जनाइएको छ।
विद्यालयले विद्यार्थीहरूको व्यक्तित्व र नेतृत्व विकासमा पनि जोड दिएको छ। Hibiscus Dancing Idol जस्ता कार्यक्रममार्फत प्रतिभा प्रस्फुटन गराइने र “समुदायमा हिबिस्कस” नारासहित सामाजिक गतिविधिमा सहभागी गराइने व्यवस्था गरिएको छ।
विद्यालयले पढाइसँगै अतिरिक्त क्रियाकलापलाई सधैं सँगै अघि बढाउने, विद्यार्थीहरूलाई संस्कार, व्यवहार र पारिवारिक वातावरणमा हुर्काउन विशेष ध्यान दिइने जनाएको छ।