धरानको पब्लिक हाई स्कुलकाे ७९औँ बार्षिकोत्सव: ५४ विद्यार्थी दीक्षित

  • चैत २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१२ स्थित पब्लिक हाई स्कुलले ७९औँ अभिभावक दिवस, दीक्षान्त तथा नतिजा प्रकाशन कार्यक्रम भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न गरेको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा युकेजी तह पूरा गरेका ५४ जना साना विद्यार्थीलाई औपचारिक रूपमा दीक्षित गरिएको छ भने प्ले ग्रुपदेखि कक्षा–९ सम्मका विद्यार्थीहरूको वार्षिक नतिजा पनि सार्वजनिक गरिएको विद्यालयले जनाएको छ।

प्रधानाध्यापक डा. इन्द्रमोहन झाले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र, अबिर, खादा, गाउन र ह्याटसहित सम्मानपूर्वक दीक्षान्त प्रदान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले पब्लिक हाई स्कुल प्रदेशकै नमुना विद्यालयका रूपमा स्थापित हुँदै गएको उल्लेख गरे।

कार्यक्रमलाई थप आकर्षक बनाउन विद्यार्थीहरूले नृत्य र गीत प्रस्तुत गरेका थिए भने विज्ञान प्रदर्शनीसँगै विभिन्न खाद्य स्टलहरूले सहभागीलाई विशेष आकर्षण दिएका थिए।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved