सिटी मन्टेश्वरीकाे १३औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न

  • चैत २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान–१६मा अवस्थित सिटी मन्टेश्वरी चिल्ड्रेन्स हाउस एण्ड ट्रेनिङ सेन्टरकाे १३औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ।

शुक्रबार धरान १६ मा रहेको  याक्खा भवनमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

“From gentle beginnings to confident steps…” भन्ने भावनात्मक सन्देशसहित आयोजित कार्यक्रममा साना बालबालिकाहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र सिर्जनशीलता प्रस्तुत गरेका थिए।

कार्यक्रममा बालबालिकाहरूले नृत्य, गायन, विभिन्न प्रयोगात्मक गतिविधि तथा मनोरञ्जनात्मक प्रस्तुतिमार्फत दर्शकहरूको मन जितेका थिए।

दीक्षान्त समारोहअन्तर्गत उत्तीर्ण विद्यार्थीहरूलाई पदक प्रदान गरिएको थियो भने उत्कृष्ट प्रदर्शन गर्ने, १०० प्रतिशत हाजिरी कायम गर्ने तथा सफा–सुन्दर विद्यार्थीहरूलाई समेत पुरस्कार र सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

समारोहमा प्रमुख अतिथिका रूपमा शिक्षा विभाग प्रमुख धुर्वराज खड्का सहभागी भएका थिए। कार्यक्रमको सभापतित्व बोर्ड अफ डाइरेक्टर ज्ञानदीप लिम्बु ले गरेका थिए।

त्यस्तै, विशेष अतिथिका रूपमा सुनाखरी एकेडेमी प्लस टु का प्रिन्सिपल मिलन राई तथा बुद्ध आदर्श बोर्डिङ स्कुल का प्रिन्सिपल दिलीप योगी को उपस्थिति रहेको थियो।

साथै, आयोजक संस्थाकी निर्देशक ओमु राई तथा विद्यालय परिवारका शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो।

बालबालिकाको समग्र विकास, आत्मविश्वास अभिवृद्धि तथा सिर्जनात्मक क्षमताको प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले अभिभावक तथा समुदायलाई सकारात्मक सन्देश दिएको आयोजकको भनाइ छ।

IMG-20260412-WA0006

IMG-20260412-WA0001

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved