समाचार

    Showing 5,541-5,550 of 8,608 items.
  • न्यादी हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, कति हुन्छ पहिलो कारोबार रेञ्ज ?

    धरान/ न्यादी हाइड्रोपावरको सेयर नेपाल नेपाल स्टक एक्चेञ्जमा सुचीकृत भएको छ । कम्पनीले सर्वसाधरणका लागि बिक्री गरेको २५ लाख ५० हजार, स्थानीय वासिन्दाको लागि बिक्री गरेको १५ लाख कित्ता र संस्थापाक शेयर१ करोड ९ लाख ५० हजार कित्ता गरि जम्मा १ करोड ५० लाख कित्ता सुचीकृत गरेको हो । कम्पनीको शेयर कारोबारको लागि नेप्सेले एनवाईएडिआई (NYADI) कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 749 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विवाद विच सम्पन्न मोरङ कांग्रेसको निर्वाचन

    विराटनगर/ नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत मोरङका पाँचवटा निर्वाचन क्षेत्रमा पदाधिकारी र महाधिवेशन प्रतिनिधि चयन गर्न मतदान भएको छ । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा मतदानस्थलको विवादका कारण मंगलबार मात्र मनोनयन भई ढिलो गरी मतदान शुरु भयो । नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले दिएको जानकारी अनुसार सुन्दरहरैंचाको बासँबारीमा मतदानस्थल राख्ने तय भएपछि विवाद भएको थियो । पछि मतदानस्थल बुढीगंगा गाउँपालिका वडा नम्बर ३ स्थित जनप्रिय माविमा सारिएपछि विवाद मिलेको सचिव कोइरालाले बताए । मोरङमा कांग्रेस केन्द्रीय नेताहरुको अधिक प्रभाव रहेका कारण महाधिवेशन प्रतिनिधि र संघीय निर्वाचन क

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 738 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गरिमाको १५ औं वार्षिकोत्सव : प्रदेश १ मा थपिए २ शाखा, देशैभर रक्तदान

    सुनसरी/ गरिमा विकास बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा शाखाहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार बैंकको प्रदेश १ का ५ वटा शाखा सहित देशभरिका २१ वटा शाखा कार्यालयले रत्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । देशै भरीबाट ११ सय ५५ पिन्ट रगत संकलन भएको छ जस मध्ये प्रदेश १ का इटहरी, धरान, विराटनगर, उर्लाबारी र बिर्तामोड शाखाबाट जम्मा तीन सय ६० पिन्ट रगत संकलन भएको गरिमा विकास बैंकका प्रदेश १ प्रमुख मीन सुवेदीले जानकारी दिए । इटहरीमा सबै भन्दा बढी १ सय २ पिन्ट रगत संकलन भएको छ । बैंकको सामाजिक उत्तरदायित्वको सिद्धान्तअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको सुवेदीले बताए ।

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 585 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा एमाले महाधिवेशन : उद्घाटन सत्रमा सहभागी प्रत्येक र्यालीमा एउटा एम्बुलेन्स

    चितवन, ८ मङ्सिर । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने प्रत्येक र्यालीमा एउटा एम्बुलेन्स राखिने भएको छ । महाधिवेशन उद्घाटन अगाडि चितवनका विभिन्न ठाउँबाट सुरु हुने र्यालीसँग एम्बुलेन्स पनि रहनेगरी काम भइरहेको स्वास्थ्य व्यवस्थापन समिति संयोजक भानुभक्त ढकालले बताए । नवलपुरको गैँडाकोट, चितवनको केन्द्रीय बस टर्मिनल चोक, विशाल चोक, आँपटारी चोक, बेलचोक, त्रिचोक सहितबाट निस्किने र्यालीसँगै एम्बुलेन्स पनि रहने ढकालको भनाइ छ । महाधिवेशनको स्वास्थ्य समितिसँगै एम्बुलेन्स रहने ढकालले बताए । एमालेको महाधिवेशनका लागि प्रयोग हुने एम्बुलेन्ससँगै नेपाल रेडक्रस सोसाइटीको प्राथमिक

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 641 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाबाधाम समितीमा पुनः बनेपाली

    धरान/ श्री पिण्डेश्वर बाबाधाम समितीको २४ औं वार्षिक साधारण सभाले पुनः विकाश बनेपालीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । सोमबार सम्पन्न साधारणसभाले अध्यक्षमा बनेपालीलाई पुनः चयन गर्दै १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । समितीका सदस्यहरुमा सुयोग पाख्रीन, सुधिर सिंह लिम्बु, नैनकला न्यौपाने, अम्बिका राई, दुर्गा काफ्ले, सुनिल अग्रवाल, हिरा राउत, सुशिल सुवेदी, सुजता राई, ब्रम्हज्ञ भट्टराई, लालन कुमार विश्वकर्मा, हेमन्त राई, पंकल घिमिरे, सुन्दर श्रेष्ठ रहेका छन् । बनेपालीका अनुसार मंसिर १३ गते हुने पदस्थापना कार्यक्रममा पदाधिकारी चयन गर्दै सपथ ग्रहण हुने भएको छ । समितीका संस्थापक

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 565 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नगरवासीको प्रश्न: खोइ स्मार्ट पार्किङ, कहिले बन्छ आकाशे पुल ?

    इटहरी/ अघिल्लो वर्ष नै निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने इटहरीका तिन ठुला बिकाशका योजनाहरू अहिले सम्म कागजमै सिमित बनको छ । आर्थिक वर्ष ७४÷७५ को बजेट तथा नीति कार्यक्रममा परेको स्मार्ट पार्किङ र आकाशे पुल निर्माण लगायतका अरबौं रुपैया बराबरका ठुला बिकाशका योजनाहरू कार्यान्वयन नहुँदा कागजमै सिमित बनेको हो । पछिल्लो २ वर्ष कोरोना कहरका कारण रोकिएको अरबौं रुपैयाको लगानीका तिन ठुला योजनाहरू यो वर्षपनि कार्यान्वयनमा नआए पछि जनप्रतिनिधिहरू प्रति नगरवासी रुष्ट हुन थालेका छन् । नगरवासीले प्रश्न गर्दा राजनीतिक तरलता, कोरोना कहर र बजेट अभावको कारण देखाउदै जनप्रतिनिधिहरू तर्किने गरेका छन ।

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 707 पटक पढिएको
    • "तेजबहादुर बन"
  • कांग्रेस अधिवेसन

    धरान । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को सभापतिमा पौडेल–कोइराला पक्षका सुजेन्द्र तामाङको प्यानलै विजयी भएको छ । देउवा पक्षबाट सभापतिको उम्मेदवार बनेका धरान उपमहानगरपालिकाका मेयर समेत रहेका तिलक राई अन्तिम समयमा ब्याक भए पछि मनोनयन गर्ने दिन नै उम्मेदवार घोषणा गरेकी महिला नेतृ लक्ष्मी खतिवडालाई १ सय ७८ मतले हराएका छन् । धरान ८ स्थित सभागृहमा भएको मतगणनामा खतिवडाले २ सय १५ मत ल्याउँदा तामाङले ३ सय ९३ मत ल्याएर विजयी भएका छन् । त्यसै गरि तामाङ समुहबाट सचिवका उम्मेदवारद्वय केशव पुरीले ३ सय २१, महेन्द्र प्रधानले ३ सय ६४ मत ल्याएका छन् । यता देउवा पक्षका सचिवका उम्मेदवार जय बहादुर ल

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 692 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निकेतनका स्काउटलाई पोशाक वितरण

    धरान\ प्रदेश स्काउट कार्यालय, प्रदेश नम्बर १ ले धरान स्थित श्री शिक्षा निकेतन उच्च माविका स्काउट ट्रुपका छात्र छात्रालाई स्काउट पोशाक वितरण गरेको छ । नेपाल स्काउट धरान नगर तदर्थ समितीको संयोजनमा सोमबार एक कार्यक्रमको आयोजना गरि विद्यालयका १६ जना छात्र र १६ जना छात्रालाई स्काउट पोशाक वितरण गरेको हो । कार्यक्रमका स्काउटका नगर संयोजक अनुप तामाङ, प्रमुख अतिथी बिद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश राई र बिशेष अतिथि प्रदेश तदर्थ समिति सदस्य हेमन्त भण्डारी रहेका थिए । कार्यक्रममा स्थानीय तदर्थ समितिका सदस्यहरु सन्तोष कोईराला, अमित अग्रहरी, शिक्षा निकेतनका प्राचार्य उमेश गुराँगाई, स्काउटर रेवत

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 754 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीका तिन हत्याकाण्ड: प्रहरीले फायल पल्टाउने

    इटहरी । २०६४ साल चैत ५ गते सुनसरीको इटहरीका हार्डवेयर व्यवसायी कैलाश अग्रवाल र श्रीमती कान्तादेवीको हत्या भयो । हत्या भएको १४ वर्ष बितिसके पनि अभियुक्त अझै पत्ता लाग्न सकेका छैनन् । घरभित्रै सुनियोजित ढंगबाट भएको अग्रवाल दम्पत्ती हत्याकाण्ड बेला बेला चर्चामा आइरहन्छ । तर, पीडामा परेका आफन्तहरूले न्याय भने अझै पाएका छैनन । हत्याको समय इटहरीमा प्रहरी प्रमुखको रूपमा प्रहरी निरीक्षक बिश्वमणी पोख्रेल थिए । बिभिन्न काण्ड र विवादै विवादले इटहरीको यो हत्याकाण्ड अहिलेसम्म पनि ओझेलमा छ । घटनाको रहस्य र दोषी अझै पत्तो लागेको छैन ।२०७२ फागुन २० गते इटहरीकै एक बिपन्न परिवारमा हुर्किएकी १४ वर्षीया बालिका स

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 668 पटक पढिएको
    • "तेजबहादुर बन"
  • प्रधानमन्त्री देउवाको आश्वासन: नहर देखि भन्सार स्तरोन्नति सम्म

    इटहरी/ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरीको देवानगञ्ज स्थित कौवाखोज छोटि भन्सारलाइ ठुलो भन्सारको रूपमा स्थापना गर्ने देखि नहर सञ्चालन सम्मको आश्वासन दिएका छन । आइतबार सुनसरीको देवानगंज गाउँपालिका स्थित प्रशासनिक भवन उदघाटन समारोहमा प्रधानमन्त्री देउवाले सुनसरी खोला सिँचाई आयोजना संचालन गर्न आगामी वर्षदेखि आवश्यक बजेट बिनियोजन गर्ने आश्वासन दिएका छन ।उनले कार्यक्रममा सम्बोधन गर्नु अघि देवानगञ्ज १ स्थित नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय विपी कोइरालाको सालिक अनावरण संगै विपी स्मृति भवनको समेत उदघाटन गरेका थिए । उनै कोइरालाको पालामा स्थापना भएक

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 521 पटक पढिएको
    • "तेजबहादुर बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved