सुनसरी / सत्ता गठबन्धका उम्मेद्वार सुनिल थापालाई हराउँदै एमालेका उम्मेद्वार राजेन्द्र राई निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमालेका राई ३० हजार १ सय १ मत प्राप्त विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी थापाले २८ हजार ७ सय ४ मत प्राप्त गरेका थिए ।
त्यस्तै स्वतन्त्र उम्मेद्वार हेमराज भण्डारीले ५ हजार ९ सय २६ मत प्राप्त गर्दै तेस्रो भएका छन् ।