धनकुटामा एमालेको क्लिनस्वीप: प्रतिनिधि र प्रदेशसभा दुवै तर्फ एमाले विजयी

  • मंसिर ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/  एउटामात्र निर्वाचन क्षेत्र रहेको धनकुटा जिल्लामा एमालेलेले अन्य दलहरुलाई क्लिनस्वीप गरेको छ ।

पुनः ७४ सालकै नजिता दोह्रयाउँदै एमालेले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा जित हात पारेको हो ।

सत्ता गठबन्धका उम्मेद्वार सुनिल थापालाई हराउँदै एमालेका उम्मेद्वार राजेन्द्र राई निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमालेका राई ३० हजार १ सय १ मत प्राप्त विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी थापाले २८ हजार ७ सय ४ मत प्राप्त गरेका थिए ।
त्यस्तै स्वतन्त्र उम्मेद्वार हेमराज भण्डारीले ५ हजार ९ सय २६ मत प्राप्त गर्दै तेस्रो भएका छन् ।

त्यस्तै प्रदेश सभा १ तर्फ एमालेका निरन राई निर्वाचित भएका छन् । उनले १७ हजार १८ मत प्राप्त गर्दै सत्ता गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका अर्जुन कुमार राईले १० हजार २ सय २६ मत प्राप्त गरेका थिए ।

यसैगरी, प्रदेश सभा २ तर्फ एमालेका इन्द्रमणी पराजुली विजयी भएका छन् । उनले १५ हजार ७ सय ९७ मत प्राप्त गर्दा मओवादीकी उम्मेद्वार कुसुम कुमरी श्रेष्ठले ११ हजार २ सय ३० मत प्राप्त गरेकी छिन् ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved