इनरुवा / इनरुवा नगरपालिकाले अतिक्रम सडक पेटी खाली गरेको छ । सडक पेटी खाली गर्न पटक पटक सूचना प्रकाशित गरे पनि सर्वसाधारणले अटेर गरेपछि नगरप्रमुखले डोजर लगाएर अतिक्रमित सडक पेटी खाली गरेका हुन् । नगर प्रमुख केदार भण्डारीले भने–‘हामीले ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेकाले नगरपालिकाको टिम डोजर लिएर सडकमा निस्किएका हौ ।’ उनका अनुसार मंगलबार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएको जनाइएको छ । व्यापारी र केही स्थानीयको अवरोधका बीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टह
मोरङ / मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा अस्पताल सञ्चालन गर्ने बताएका छन् । उनले आगामी माघ १ गतेदेखि पूर्णकालीन अस्पताल सञ्चालन गरिने जानकारी दिएका हुन् । विश्वविद्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद शर्माले अस्पताल सञ्चालन गरिने जानकारी गराएका हुन् । कार्यक्रममा सांसद शर्माले जुनसुकै हालतमा माघ १ गतेबाट अस्पताल सञ्चालन गर्ने गरी तयारीमा जुट्न विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन समेत दिए । ‘माघ १ गतेबाट अस्पताल सञ्चालन गर्नुपर्छ, अस्पताल चलाउँने जिम्मा हाम्रो पनि हो, मेर
धरान / मंसिर २२ गते देखि सुरु हुने हिसान बास्केटवलमा पुरुष तर्फ ११ र महिला तर्फ ६ टिमले सहभागिता जनाउने भएका छन् ।आयोजक हिसान सुनसरीले मंगलवार धरान मेघा हिमालयन कलेजको कार्यक्रम हलमा टाइसिट ड्र मार्फत खेल तालिका तयार गर्दै सहभागि टिम सार्वजनिक गरेका हुन । खेल तालिका प्रतियोगितामा प्राविधिक सहयोगको रुपमा रहेका धरान बास्केटवल संघका प्रतिनिधि तथा प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, प्रतियोगिता संयोजक अर्जुन घिमिरे, हिसान सुनसरी अध्यक्ष सागर भट्टराई, हिसान स्पोर्टस मिट खेलकुद संयोजक हेमन्त भण्डारी लगायतको उपस्थितिमा तयार पारिएको थियो । प्रतियोगितामा सुनसरीभरिका ०७८ र ०७९ सालका प
मोरङ / मंगलबार भारतको जोगबनी गएको मोरङ व्यापार संघको टोलीले भारतीय अधिकारीहरुसँग भेटवार्ता गरी भारतको बथनाहा–जोगबनी सडक खण्डमा निर्मित मीरगञ्ज पुललाई सञ्चालनमा ल्याउने सहमति गराएको छ ।संघका पदाधिकारीहरु र कार्यसमिति सदस्यहरुको टोलीले भारतको जोगबनीको आई.सी.पी.मा गई लेन्ड पोटर्स अथोरिटी अफ इण्डियाका प्रबन्धक रत्नाकर यादव, एस.डी.एम. एस. कुमार, नेशनल हाईवे अथोरिटी अफ इण्डियाका उमेश यादव र विजेपीका नेता दिलिप झालाई भेट गरी नवनिर्मित पुललाई तत्काल अस्थायी रुपमै भएपनि सञ्चालनमा ल्याउन सहमति भएको हो । पुलको निर्माण कार्य सम्पन्न भए पनि केही प्रक्रियागत कार्यहरु बाँकी रहेकाले पुलको आधिकारिक
विजयपुर / उषा राई प्रकरणमा संलग्न रहेको भन्दै धरान प्रहरीले चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । धनकुटा घर भई धरान १३ मा डेरा गरि बस्ने एकल महिला उषाकुमारी राईलाई कुटपिट गर्ने ४ जना महिलाहरुलाई धरान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । घटनाका मुख्य आरोपी धरान १३ सुर्य मार्गकी ५५ बर्षीया उर्मिला राई, २६ बर्षीया सुमित्रा राई, धरान १७ की २९ बर्षीया सुसेली राई र ४० बर्षीय रत्न लिम्बु सुब्बालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेकी उर्मिला राईलाई मंसिर १५ गते प्रक्राउ गरिएको थियो । उनलाई जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थपि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय
धरान / प्रदेश तथा प्रतिनिधिसभाको सदस्यको निर्वाचन सकिए लगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग तालमेल सकिएको अभिव्यक्ति दिएका छन् । तर उनको अभिव्यक्ति व्यक्तिगत रहेको पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राईले बताएका छन् । उनले भने–‘अध्यक्ष यादवको भनाई व्यक्तिगत हो, पार्टीगत होइन, एमालेसँग तालमेल सकिएको छैन, सहकार्य अझै हुन्छ ।’ एमालेसँग गठबन्धन गरेर सप्तरी २ को प्रतिनिधिसभाबाट उठेका यादवतलाई जनमत पार्टीका चन्द्रकान्त राउत (सिके) ले दोब्बर भन्दा बढी मत ल्याएर जित हात पारेको केही समय अगाडि अध्यक्ष यादवले नेकपा एमालेसँगको तालमेल सकिएको
विजयपुर/ कानुनी प्रक्रिया पुरा नगरी वन क्षेत्रमा साबुन उद्योग स्थापना गर्न थाले पछि जिल्ला वन कार्यालयले निर्माण कार्यको अवरोध गरेको छ । धरान वडा नम्बर २० मा निर्माण हुदै गरेको ‘माया धराने’ नामको साबुन उद्योग निर्माण गर्न गत सोमबार मेयर हर्क राज राईले शिलान्यास गरेका थिए । तिन महिना अघि कार्यपालिका बैठकले साबुन उद्योग स्थापना गर्ने निर्णय गरे पनि वन कार्यालय र वन उपभोक्ता समिती सँग समन्वय गरेर मात्रै अघि बढ्न आग्रह गर्दै आएको थियो । तर मेयर राईले धरान २० स्थित देवी गाउँ क्षेत्रमा साबुन उद्योग संचालन गर्ने भन्दै उद्योग निर्माण गर्न लागेका हुन् । सोमबार जिल्ला वन कार्यालय
बिराटनगर/उदयपुरको कटारी नगरपालिका २ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी २बस्ने ३० बर्षीय दिल कुमार थापा मगर रहेका छन् । हिजो साँझ ५ बजे आफ्नै घरको छतमा घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना बार इलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान भईरहेको छ ।
इलाम/ आमचोक बजारको फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा वर्षौ देखिको फोहोर बोरामा हालेर पसलको छेउमा थुप्री रहेको थियो । सुगम मानिएकै जिल्लाको पश्चिमी क्षेत्रमा रहेको फाकफोकथुम गाउँपालिका केन्द्रको फोहोर व्यवस्थापनमा कसैको आँखा नपरेपछि बजारलाई गिज्याइरहेको थियो । स्थानीय तहको दोस्रो निर्वाचन पश्चात फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोकस्थित शुक्रबारे बजारमा वर्षाैंदेखि थुप्रिएको फोहोर व्यवस्थापन थालिएको छ । गाउँपालिकाले फोहोर विसर्जनका लागि जमिन व्यवस्थापन गरेपछि बजारको फोहोर व्यवस्थापन थालिएको हो । बजारका व्यवसायीले बोरा र ड्रमहरूमा लामो समयदेखि फोहोर फाल्ने ठाउँ नभएपछि थुपारेर राखेका थिए ।
धरान/ तत्कालीन माओवादी द्वन्द्व उत्कर्षमा थियो । माओवादीले गाउँमा समाजसुधारक काम गर्न थालेको थियो । सामाजिक विकृतिलाई निरुत्साहित गर्ने श्रमलाई प्रवद्र्धन गर्ने काम थालेको थियो । सुनसरीको बराहक्षेत्र १ मिलनचोकदेखि सूर्यकुण्डसम्म सडक निर्माण गर्न माओवादीले उर्दी जारी गर्यो । सबैले अनिवार्य श्रमदान गर्नुपर्ने नियम राख्यो । श्रमदान गर्न नभ्याउनेले आर्थिक सहयोग गर्नुपर्ने भयो । एक घर एक व्यक्ति वा १ सय ४१ रुपैयाँ नगद । बजारका अधिकांश व्यापारीले आर्थिक सहयोग गरे । सबैका घरबाट एक जन श्रमदानमा निस्किए । आज सूर्यकुण्ड पर्यटकीय स्थलका रुपमा प्रवद्र्धनको कार्यक्रम पर्खिरहेको छ । बराहक्षेत्रकै नडाह