मीरगञ्ज सञ्चालनमा ल्याउने सहमति

  • मंसिर २१, २०७९
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / मंगलबार भारतको जोगबनी गएको मोरङ व्यापार संघको टोलीले भारतीय अधिकारीहरुसँग भेटवार्ता गरी भारतको बथनाहा–जोगबनी सडक खण्डमा निर्मित मीरगञ्ज पुललाई सञ्चालनमा ल्याउने सहमति गराएको छ ।
संघका पदाधिकारीहरु र कार्यसमिति सदस्यहरुको टोलीले भारतको जोगबनीको आई.सी.पी.मा गई लेन्ड पोटर्स अथोरिटी अफ इण्डियाका प्रबन्धक रत्नाकर यादव, एस.डी.एम. एस. कुमार, नेशनल हाईवे अथोरिटी अफ इण्डियाका उमेश यादव र विजेपीका नेता दिलिप झालाई भेट गरी नवनिर्मित पुललाई तत्काल अस्थायी रुपमै भएपनि सञ्चालनमा ल्याउन सहमति भएको हो ।

पुलको निर्माण कार्य सम्पन्न भए पनि केही प्रक्रियागत कार्यहरु बाँकी रहेकाले पुलको आधिकारिक उद्घाटन हुन सकेको थिएन । उद्घाटन नभए पनि संघले अस्थायी रुपमै भएपनि तत्कालै उक्त पुल मार्फत सवारी साधनहरुको आवात–जावत खुलाउन विगतदेखि नै उद्योगी व्यवसायीहरुले माग गर्दै आएका थिए ।

उनीहरुले पुल सञ्चालनमा आए रि–रुटले प्रताडित नेपाली उद्योगी, व्यवसायी र अर्थतन्त्रलाई राहत पुग्ने बताएका छन् । सो पुल प्रयोग गर्न नपाउँदा नेपाली उद्योगी÷व्यवसायीहरु भिमनगर–भन्टावारी नाका प्रयोग गर्न र त्यस कारण दैनिक करिब रु. एक करोडको अतिरिक्त अनावश्यक व्ययभार खेप्न बाध्य रहेको छन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले पुल सञ्चालनमा सहमति भएको बताए ।

उनले भने–‘पुल सञ्चालन नहुँदा नेपाली उद्योगी, व्यवसायीहरुले धेरै सास्ती भोग्नु परेको छ, आर्थिक भार थपिएको छ, अहिले सञ्चालन गर्ने सहमति भएको छ, सञ्चालन भए यहाँका उद्योगी व्यवसायीहरुलाई राहत मिल्छ ।’
उनले संघको पहलमा भारतीय अधिकारीहरुले नवनिर्मित पुलमा कुनै सवारी साधनहरु पार्क गर्न नपाउने तथा पार्किङका सम्पूर्ण कार्यहरु पुल पूर्व वा आई.सी.पी.मा मात्रै गर्नुपर्ने शर्तमा सो पुल मार्फतको आवागमन थाल्ने सहमति भएको संघका प्रवक्ता विनित सिंघानियाले बताए । टोलीमा अध्यक्ष रिजाल, प्रवक्ता सिंघानियासहित संघका अन्य सदस्यहरु मनिष मारु, सुशिल सुराना, गोपाल अग्रवालको उपस्थिति रहेको थियो ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved