दुई अध्यक्षको फरक मत: ‘उपेन्द्र यादवको भनाई व्यतिगत’

  • मंसिर २१, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान /  प्रदेश तथा प्रतिनिधिसभाको सदस्यको निर्वाचन सकिए लगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग तालमेल सकिएको अभिव्यक्ति दिएका छन् । तर उनको अभिव्यक्ति व्यक्तिगत रहेको पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राईले बताएका छन् ।

उनले भने–‘अध्यक्ष यादवको भनाई व्यक्तिगत हो, पार्टीगत होइन, एमालेसँग तालमेल सकिएको छैन, सहकार्य अझै हुन्छ ।’ एमालेसँग गठबन्धन गरेर सप्तरी २ को प्रतिनिधिसभाबाट उठेका यादवतलाई जनमत पार्टीका चन्द्रकान्त राउत (सिके) ले दोब्बर भन्दा बढी मत ल्याएर जित हात पारेको केही समय अगाडि अध्यक्ष यादवले नेकपा एमालेसँगको तालमेल सकिएको बताएका हुन् ।

सप्तरीमा २ मा जनमतका राउतले ३५ हजार ४२ मत ल्याउँदा एमालेको सपोर्ट पाएका उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत ल्याएका थिए । राउतले यादवलार्ई १८ हजार ६३ बढी मतले जितेका थिए । पराजय भोगे लगत्तै यो अभिव्यक्ति आएको थियो । तर त्यो अभिव्यक्ति व्यक्तिगत रहेको भन्दै राईले बचाउमा लागेका छन् ।उनले एमालेसँगको तालमेल नसकिएको र लामो समयसम्म तालमेल रहने बताएका थिए । उनले भने, ‘यो उहाँको (अध्यक्ष उपेन्द्र यादवको) व्यक्तिगत धारणा हो । किनभने उहाँले नै सही गर्नु भएको कागजमा निर्वाचन पछि पनि यो तालमेल जारी रहन्छ भन्ने कुरा उल्लेख भएको छ ।’ उनले यो पार्टीको आधिकारिक धारणा नभएको बताए ।  सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका नवनिर्वाचि सदस्य समेत रहेका अध्यक्ष राईले अध्यक्ष यादवले दिएको अभिव्यक्ति पार्टीको आधिकारिक धारणा नभएको बताए । उनले भने–‘यो पार्टीको आधिकारिक धारणा होइन, यस विष्यामा काठमाडौं गएर अध्यक्ष यादवसँग छलफल गर्ने र पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्र्छौ । यो चाहिँ उहाँको व्यक्तिगत धारणा हो ।

किनभने उहाँले नै सही गर्नु भएको कागजमा निर्वाचन पछि पनि यो तालमेल जारी रहन्छ भन्ने कुरा उल्लेख भएको छ ।’ उनले भने, ‘तर यसपटकको निर्वाचनले पनि कुनै एउटा पार्टीलाई बहुमत दिएको अवस्था छैन, यस्तो स्थितिमा कसरी जाने भनेर सम्बन्धमा हामीले छलफल गर्न जरुरी छ ।’

उनले हिजो गरेको सहमतिमा व्यक्तिगत धारणाले कुनै तुक नराख्ने बताए । उनले भने–‘ यो कुरामा हाम्रो कुनै मतभिन्नता नै छैन । हिजो जे सहमति गरियो, त्यो पनि सहमतिपूर्वक नै भएको हो, अब हामी जे गर्छौं त्यो पनि सहमतिमा नै गर्छौं ।’

उनले अध्यक्ष र आफूहरुको बसेर यस विषयमा कुनै कुरा नभएको प्रष्ट्याउँदै पार्टीको आधिकारिक धारणालाई मात्र मान्न सकिने बताए । उनले अहिले उठेको विषयमा चाडै नै काठमाण्डौ गएर आधिकारिक धारणा सार्वजनिक गर्ने बताए । उनले भने–‘ अहिले निर्वाचन परिचालन समितिले बनाएको यो कार्यक्रममा हामी व्यस्त छौं, यो सकिएपछि म काठमाडौं जान्छु र हामी बसेर कुराकानी गर्छौं ।’ नयाँ सरकारको विषयमा अध्यक्ष राईले गठबत्धनले नेतृत्व गरेर सरकार बन्ने सम्भावना प्रवल रहेको बताउदै सत्ता गठबन्धनले पहल गर्न सकेन त्यस विषयमा पनि पहल गर्ने बताए ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved