समाचार

    Showing 5,391-5,400 of 8,603 items.
  • ‘चिया प्रवद्धनमा मिडियाको भूमिका अतुलनीय’

    इलाम/ चियाको गुणस्तर बृद्धिका लागि किसान समक्ष जनचेतना जगाउन नेपालका मिडियाले महत्वपूर्ण भुमिका खेलेको सरोकारवालाले बताएका छन । नेपाल पत्रकार महासँघ इलाम शाखाले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागीले मिडियाले महत्वपूर्ण भुमिका खेलेको बताएका हुन । राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको सहयोगमा आयोजना भएको कार्यक्रममा सबै किसानका घरघरमा पुग्न नसके पनि मिडिया घरघरमा पुगेर किसानका कुरा उठाएको र जनचेतनामा सघाउ पुर्याएको बताए । कोभिडको समयमा पनि नेपालको चियाले चार अरबको हाराहारीमा विदेशि मुद्रा भित्रयाउन सफल भएको भन्दै विश्वमै नेपाली चियाको गुणस्तर एक नम्बर रहेको र कुनै पनि कारण देखाएर क

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 767 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • रबिन एंड द न्यु रेभुलेसनको टुबोर्ग मेगा कन्सर्ट आज

    धरान/ लामो समयको अन्तरालमा संगीतको क्रेजी शहरको रुपमा परिचित धरानमा आज साँझ “टुबोर्ग मेगा लाइभ कन्सर्ट” को आयोजना हुँदैछ । चर्चित ब्याण्ड रबिन एण्ड द न्यु रेभुलेसन ब्याण्ड संगै धरानको हिना मल्ल, दिपिका बस्नेत र फ्री बर्ड्स लगायतको प्रस्तुति रहनेछ । रबिन एंड द न्यु रेभुलेसन ब्याण्डका मुख्य गायक रबिन तामांङ सँगै प्रविन दास श्रेष्ठ, हरिकृष्ण महर्जन, विजय बिश्वकर्मा लगायतका अन्य ब्याण्ड सदस्यहरु “टुबोर्ग मेगा लाइभ कन्सर्ट”का लागि धरान आइसकेका छन् । बिभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेका तामांङगको केटा –केटी, दम मरो दम, चिसो चिसो हावामा, आधुनिक आँगनमा, म मौनता

    • प्रकाशित मितिः पुस ३, २०७८
    • 993 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माउट मकालुद्वारा नयाँ बिद्यार्थीलाई स्वागत

    रंगेली/ मोरङको रंगेली नगरपालिका ७ स्थित माउन्ट मकालु इंग्लीस बोडिङ स्कुलले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।विद्यालयमा एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ । कार्यक्रमको प्रमुख अतिथि रंगेली नगरपालिका मेयर दिलिप वगडीया, विशिष्ठ अतिथि शिक्षा शाखा प्रमुख रबिन्द्र पंण्डित, बिद्यालयका प्रधानाध्यापक भक्तराज सुब्बा लगायतले नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका थिए । स्थानीयस्तरमै कक्षा ११ र १२ को अध्ययन हुन थाले पछि बिराटनगर पुग्नुपर्ने बाध्यताको अन्त्य भएको मधु साहले बताईन । प्रमुख अतिथ

    • प्रकाशित मितिः पुस ३, २०७८
    • 976 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुन्तलाको कारोबारमा वृद्धि : कृषक लाभान्वित

    धरान/ भोजपुरका सुन्तला कृषक मणिराम राई यस बर्ष सुन्तलाको उत्पादन बढेको र विगतको भन्दा बढी मूल्यमा विक्री गर्न पाउदा दंग छन् । विगतको बर्ष भन्दा उत्पादन बढी र मूल्य पनि सोचेभन्दा बढी पाउँदा उनी दंग भएका हुन् । उनी भन्छन्, ‘यस बर्ष बोटमा सुन्तला सोचेभन्दा बढी फल्यो, विक्री गर्दा पनि गत बर्षको भन्दा बढी मूल्य पाएको छु, यस बर्ष सुन्तला खेतिले धेरै फाइदा भएको छ ।’ उनका अनुसार गत बर्ष कृषि बजारमा थोक मूल्यमा सरदर एक सय रुपैया प्रतिकेजी विक्री भएको सुन्तला यस बर्ष १ सय २० रुपैया प्रतिकेजी विक्री भएको छ । उनले भने, ‘सुन्तलाको मूल्य बृद्धिसँगै उत्पादन पनि सोचेजस्तो भएपछि यस बर्ष

    • प्रकाशित मितिः पुस ३, २०७८
    • 889 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्राथमिकताको आधारमा विकासका योजना बनाउन माग

    सुनसरी । जिल्लाका विभिन्न क्षेत्रका समस्याका साथै प्राथमिताका आधारमा गर्नुपर्ने विकास निमार्ण योजनाहरु नेकपा एकिकृत समाजवादी सुनसरीले प्रदेश एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई बुझाएको छ । नेकपा एसका सुनसरी अध्यक्ष गोविन्द निरौलाका अनुसार पार्टीको पदाधिकारीसहितको प्रतिनिधि मण्डलले मुख्यमन्त्री राईलाई भेट गरि सुनसरी जिल्लामा रहेका विभिन्न क्षेत्रका समस्याका बारेमा अवगत गराई विकासका योजनाहरु बुझाएको हो । अध्यक्ष निरौलाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मुख्यमन्त्री कार्यालय विराटनगरमा भेट गरि राईलाई सुनसरीको शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, सडक, पुल, किसानका समस्या, महिला स्वरोजगारका स

    • प्रकाशित मितिः पुस ३, २०७८
    • 934 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • क्याम्पसको जग्गा संरक्षण गर्न जनसमुदायलाई आग्रह

    धरान/ यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसमा कार्यरत् प्राध्यापक तथा कर्मचारीका सङ्घ–सङ्गठनहरूले संयुक्त रूपमा अपील जारी गरी केही भू–माफियाहरूले क्याम्पसको जग्गा हडप्न खोजेको भन्दै सो कार्यको निन्दा र भत्र्सना गरेका छन् । अपीलकर्ताहरूले भू–माफियाहरूलाई सचेत हुन आह्वान गर्दै क्याम्पसको जग्गा संरक्षणका लागि पहल गर्न पनि जनसमुदायलाई आग्रह गरेका छन् । साविक धरान–९÷क (हाल धरान–११) को कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गामा अहिले समस्या सिर्जना भएको छ । क्याम्पसले सो जग्गा २०३४ सालमै धरान–२ का श्यामगोविन्द श्रेष्ठबाट खरिद गरेको थियो । जग्गाधनी दर्तापुर्

    • प्रकाशित मितिः पुस २, २०७८
    • 1,298 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुर्घटना न्युनिकरणका लागि ट्राफिक सप्ताह

    धरान । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरण अभियान सफल बनाउन जिल्ला ट्राफिक कार्यालय सुनसरीले ट्राफिक सप्ताहको तयारी पुरा गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर १ र प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा हुने ट्राफिक सप्ताहलाई सफल बनाउन तयारी गरेको हो । जिल्ला ट्राफिक कार्यालय सुनसरीका अनुसार पुष ४ गते देखि धरानका विभिन्न स्थानमा ट्राफिक सप्ताह अन्तर्गत कार्यक्रम हुने भएका छन् । कार्यालयका अनुसार पुष ४ गते धरान १२ स्थित पब्लिक स्कुलबाट ¥याली सहित भानुचौंकमा पुगेर सप्ताहको उदघाटन हुने भएको छ । दोस्रो दिन सचेतनामुलक पर्चा पम्प्लेट वितरण, तेस्रो दिन स्थानीय तह

    • प्रकाशित मितिः पुस २, २०७८
    • 695 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्सद्वारा अग्निपीडित विद्यार्थीलाई सहयोग

    धरान/ धरान–१२ को अल्पाइन अन्तर्राष्ट्रिय नमुना विद्यालय (एम्स एकेडेमी) ले आफ्ना अग्निपीडित विद्यार्थीको परिवारलाई आर्थिक सहयोग गरेको छ । एम्समा विज्ञान सङ्कायतर्फ कक्षा १२ मा अध्ययनरत् धरान–६ मा पर्ने पानबारीको चोक्टीका ज्ञानेन्द्र खड्काको परिवारलाई विद्यालयले बिहीबार साढे ३५ हजार रुपैयाँ सहयोग गरेको छ । विद्यार्थीहरूबाट १७ हजार तथा शिक्षकहरू र क्याम्पसबाट साढे १८ हजार रुपैयाँ थप गरी पीडित विद्यार्थीको परिवारलाई सहयोग गरिएको एम्समा व्यवस्थापन सङ्कायका संयोजक दुर्गा सुवेदीले जनाए । संयोजक सुवेदीसहित गएको क्याम्पस परिवारले घरमै पुगेर विद्यार्थीका हजुरबुबा रामबहादुर खड्कालाई सहयोग प

    • प्रकाशित मितिः पुस २, २०७८
    • 902 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फाट्ट–फुट्ट हुन्छ, इलाममा कोदो खेती

    इलाम/ परम्परागत रुपमा गरीदै आएको कोदो खेती अहिले पनि इलामको ग्रामीण भेगमा फाट्ट फुट्ट पाईन्छ । रैथाने बालीको रुपमा रहेको र लोप हुँदै गरेको अवस्थामा अहिले पनि इलामको माई नगरपालिकाका ग्रामीण ठाउँमा कोदो खेती फाट्ट फुट्ट पाईने गरेको हो । नेपालमा करोडौको कोदो आयात भइरहँदा इलाममा भने फाट्टफुट्ट कोदो खेती हुने गरेको छ । सडक सञ्जाल विस्तार भएसँगै तराईबाट चामल, गहुँ भित्रिन थालेपछि घट्दो क्रममा रहेको कोदो खेती इलाममा अहिले पनि मासिएको छैन । जिल्लाको माईनगरपालिकाको ग्रामिण भेगका किसानले अहिले पनि कोदो खेति गरिरहेका छन । कम मूल्य भएकाले धान, गहुँ र मकै जस्तै कोदोलाई किसानले महत्व नदिने र खेती लगा

    • प्रकाशित मितिः पुस २, २०७८
    • 670 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • वीपीमा सिटिस्क्यान सुचारु : बिरामीलाई राहत

    धरान/ धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नयाँ सिटिस्क्यान सञ्चालनमा आएपछि विरामीहरुले राहतको महशुष गर्न थालेका छन् ।बीस बर्ष भन्दा अघिको सिटिस्क्यान समय समयमा विग्रदा विरामीले अनावश्यक झन्झट र सास्ती भोग्नु परेको थियो । तर मंगलबारदेखि प्रतिठानले २ सय ५६ स्लाइस सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएपछि विरामीहरुले राहत महशुष गरेका छन् । तेह्रथुम लालीगुरासका दिपक पौडेलले आमालाई पेटको समस्या भएर प्रतिष्ठानको मेडिसिन विभागमा भर्ना गरेको एक हप्ता पुगेको छ । एक हप्ताको अवधिमा करिब तीन चारपटक प्रतिष्ठानका चिकित्सलेले सिटिस्क्यान गर्न लगाए । तर प्रतिष्ठानमा सिटिस्क्यान विग्रि

    • प्रकाशित मितिः पुस २, २०७८
    • 744 पटक पढिएको
    • "गोविन्द वस्नेत"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved