विजयपुर / जाडो बढेसँगै भक्काको व्यापार बढेको छ । अहिले भक्का बनाएर व्यापार गर्र्नेहरुलाई भ्याई नभ्याई रहेको छ । चामलको पिठोबाट बनाइएको भक्का अचारसंग तातो तातो खाँदा जाडो हराउने भक्का खान आउनेहरुले बताएका छन् । जाडो महिनामा गर्मी महिनामा भन्दा भकाको परिकार निकै लोकप्रिय बन्ने गरेको छ । जाडो महिनाभरि भकाकाको राम्रो व्यापार हुने धरान ९ आचार्यलाइनमा भक्का बेच्दै आएकी देवीकुमारी राजधामीको भनाई छ । उनले भनिन्–‘अन्य बेला भक्काको ब्यापार राम्रो नभए पनि जाडो महिनामा भक्काको व्यापार राम्रो हुन्छ, धेरैले जाडोमा भक्का मना पराउने गर्छन् ।’ उनका अनुसार भकाको ब्यापार मंशिर महिनादेखि थ
धरान / नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन गरेकै कारण नेपाली काँग्रेस पछि परेको बताएका छन् । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्र छुटिएर नेकपा एमालेसँग मिलेर सरकार बनाएसँगै नेता डा. कोइरालाले यस्तो धारणा राखेका हुन् । उनले सभापति शेरबहादुर देउवाको सत्तामोहका कारण अहिलेको अवस्था आएको बताएका छन् । नेता डा. कोइरालाले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै यस्तो धारणा राखेका हुन् । कोइरालाले जारी विज्ञप्तीमा भनेका छन् ‘संविधानसभाबाट जारी संविधान अन्तर्गत मुलुकको दोस्रो आम निर्वाचनको माध्यमबाट देशले भर्खरै नयाँ प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाललाई पाएको छ ।सर्वप्रथम
चक्रघट्टी / बराहक्षेत्र नगरपालिकाको शिक्षा समितिअन्तर्गत परीक्षा समितिले तयार गरेको कक्षा ७ को प्रश्नपत्रमा गम्भीर त्रुटि फेला परेको छ । दोस्रो त्रैमासिक परीक्षा– २०७९ अन्तर्गत नेपाली विषयको प्रश्नपत्र पुरानै पाठ्यक्रमअनुसारको ‘कपीपेस्ट’ गरेको पाइएको छ । नयाँ पाठ्यक्रम लागू भएर नयाँ पुस्तक र पाठअनुसार अध्यापन भए पनि पुरानो पाठ्यक्रमअनुसार प्रश्नपत्र आएपछि विद्यार्थी अन्योलमा परेका छन् । ‘पढाइ भएको पाठअनुसार प्रश्नहरु छैनन्, पुरानो पाठ्यक्रमअनुसार प्रश्नहरु सोधिएको पाइयो,’ वराहक्षेत्रस्थित एक विद्यालयका विषय शिक्षकले भने, ‘विद्यार्थीहरुमा अन्योलता भएपछि हामी
झापा : झापा बुद्धशान्ति गाउँपालिका वडा नं. २ मा बसोबास गर्दै आएका गणेशप्रसाद निरौला र वहाँकी धर्मपत्नीलाई घरमै गएर पूर्व विद्यार्थीले सम्मान गरेका छन् । बालसुबोधिनी संस्कृत मा.वि. मेदिवुङ ताप्लेजुङमा अध्ययनरत पूर्व विद्यार्थीहररूको साझा मञ्च ‘पूर्व विद्यार्थी समाज बा.सु.सं.मा.वि.’ मेदिवुङ, ताप्लेजुङको आयोजनामा ‘जेष्ठ गुरु सम्मान’ गर्ने कार्यक्रम अनुसार पौष १० गते आइतबार सम्मान गरिएको हो । उनले बा.सु.सं.मावि ताप्लेजुङमा वि.सं. २०१९ सालदेखि अनवरतरुपमा ७ वर्षसम्म अध्यापन गरेका थिए । तत्कालीन फुङलिङ गाविस वडा नं. ३, बोझे ताप्लेजुङमा स्थायी बसोवास गरी वि.सं.२०२५ सालद
इलाम / प्राविधिक शिक्षा प्रदान गरेर स्वरोजगार बनाउने उद्देश्यले इलाममा बिपन्न परिवारका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा दिन थालिएको छ । इलाम नगरपालिकाले नगरका विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क पढाउन शुरु गरेको हो । ग्रामीण क्षेत्रमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ प्राविधिक शिक्षा अध्ययनमा सहयोग गरेको नगर प्रमुख केदार थापाले बताए । उनले भने–‘प्राविधिक शिक्षाले विद्यार्थीहरु स्वरोजगार बन्न सकून भन्ने हाम्रो अभिप्राय हो, सोही अनुरुप हामीले प्राविधिक शिक्षा सञ्चालन गरेका हौं ।’इलाम नगरपालिकाले नगर क्षेत्रका २४ जना विद्यार्थीलाई अध्ययन गराउने यो
विराटनगर /छिमेकी मुलुक भारत र चीनसहित विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट वीएफ–७ को संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले संक्रमण रोकथाम र नियन्त्रणका लागि तयारी सुरु गरेको छ । सोमबार तीनै तहका सरकारका प्रतिनिधिहरुको उपस्थितिमा महानगरले अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा महानगरका मेयर नागेश कोइरालाले भारतसित सीमा जोडिएका कारण विराटनगर कोरोनाको नयाँ भेरियन्ट वीएफ–७ को उच्च जोखिममा रहेकाले सतर्कता अपनाउनु आवश्यक रहेको बताए । ‘भारतमा समेत वीएफ–७ को संंक्रमित फेला परिसकेका छन् । चीनमा त ठूलो जनसंख्यालाई नयाँ भेरियन्टको संक्रमण भएको छ,’ मेयर कोइरालाले भने
मोरङ \ विराटनगर–१४ मा रहेको डिग्री कलेजको मैदानमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी आइतबार सम्पन्न भएको छ । वर्तमान जटिल अवस्थाका बावजुद आर्थिक एवं औद्योगिक विकास प्रवद्र्धन गरी आर्थिक गतिविधिलाई चलायमान वनाउने उद्देश्यले आयोजना गरेको एक्स्पोमा प्रदर्शक, प्रयोजक र दर्शकको उत्साहजनक सहभागिता भएको एक्स्पो आयोजक समितिले जनाएको छ । एक्स्पो समापन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगरका उद्योगीहरूले बारम्बार औद्योगिक प्रदर्शनी स्थलको माग गरिरहे पनि प्रदेश सरकारले चाहँदा चाहँदै पनि औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्न
धरान /मोफसलकै सबैभन्दा पुरानो र धरानको फुटबल प्रतियोगितामा महत्वपूर्ण भूमिका खेल्दै आएको अन्तर वडास्तरीय गोधुली रनिङ कपको २३ औं संस्कार पौषको अन्तिम सातादेखि हुने भएको छ ।आयोजक गाधुली क्लबले दिएको जानकारी अनुसार गोधुलीकोे २३ औं सँस्करण यही पुष ३० गतेदेखि हुने भएको हो । आयोजक क्लबका उपाध्यक्ष सतिष केसीका अनुसार प्रतियोगिता पुष ३० देखि माघ १४ गतेसम्म सम्पन्न हुने भएको छ । धरान १६ रंगशालामा हुन लागेको प्रतियोगिताका लागि २० वटै वडा कार्यालयहरुलाई पत्रचार गरिसकेको बताए । उनले भने–‘हामीले प्रतियो्गिता गर्ने निर्णय गरेसँगै वडा कार्यालयहरुलाई पत्राचार गरिसकेका छौं ।’ उनका अनुसार गत
धरान / प्रविधिको विकास नहुदा मनोरञ्जनको साधनको रुपमा गाउँघरमा हुने नाचगान, साँस्कृतिक चाडपर्व, लोकदोहोरी, पूजाआजामा भजन किर्तन, संगीत लगायतका हुन्थे । समय परिवर्तनसँगै प्रविधिको विकासले मनोरञ्जनको तौरतरिकामा परिवर्तन ल्याएको छ । अहिलेका पुस्ताका लागि मनोरञ्जन टिकटक, सामाजिक सञ्जाल (फेसबुक), ट्वीट्र, युट्युव लगायतका रहेका छन् । यी मध्ये पनि अहिले टिकटक सबैभन्दा राम्रो मनोरञ्जन गर्ने विधि बनेको छ ।पछिल्लो समय टिकटक फेशनको रुपमा विकास हुदै गएको छ । विराटनगरका युवतिहरु विजयपुरमा टिकटक बनाउदै रमणीय स्थल पुग्ने जोकोहीको पहिलो लक्ष्य नै टिकटक बनाउने हुन्छ । अहिले धरान १४ विजयपुरका
धरान / रसायनिक मलको प्रयोग गरी खेती गर्ने होडबाजी चलिरहेको बेला तेह्रथुमको लालीगुराँस नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन पहल शुरु गरिएको छ । रसायनयुक्त खानेकुराको प्रयोगले मानव स्वास्थ्यलाई असर गर्ने भन्दै नगरपालिकालाई अर्गानिक कृषि उत्पादन क्षेत्र बनाउन अभियान थालिएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका र सामाजिक संस्था दलित सचेतना समाज नेपाल तेह्रथुमले लालीगुरास नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउने अभियान शुरु गरेका छन् । नगरपालिकाले सहभागितामूलक प्रांगरिक गुणस्तर निर्धारण प्रणाली प्रवद्र्धन कार्यविधि नै बनाएर काम गरिरहेको लालीगुराँस पालिकाका सामाजिक विकास अधि