‘गठबन्धनको कारण काँग्रेस पाँच वर्ष पछि पर्‍यो’

  • पुस १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन गरेकै कारण नेपाली काँग्रेस पछि परेको बताएका छन् । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्र छुटिएर नेकपा एमालेसँग मिलेर सरकार बनाएसँगै नेता डा. कोइरालाले यस्तो धारणा राखेका हुन् । 

उनले सभापति शेरबहादुर देउवाको सत्तामोहका कारण अहिलेको अवस्था आएको बताएका छन् ।
नेता डा. कोइरालाले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै यस्तो धारणा राखेका हुन् ।

कोइरालाले जारी विज्ञप्तीमा भनेका छन् ‘संविधानसभाबाट जारी संविधान अन्तर्गत मुलुकको दोस्रो आम निर्वाचनको माध्यमबाट देशले भर्खरै नयाँ प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाललाई पाएको छ ।
सर्वप्रथम संसदको तेस्रो शक्ति भएर पनि सांसदहरुको अत्यधिक वहुमत जुटाई नियुक्ति हुनुभएकोमा म उहाँलाई बधाई र शुभकामना दिन चाहन्छु ।’

विज्ञप्तीमा अगाडि भनिएको छ ‘संसदबाट नयाँ सरकारको नेतृत्व प्रचण्डको सत्तारोहण अपेक्षित थिएन । संसदीय व्यवस्थामा यस्ता घट्नाहरु असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ । सविधानसभाको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन हाम्रो अगाडि यो प्रश्न गम्भीर रुपमा अगाडि आएको छ । हामीले यसको चित्त बुझ्दो जवाफ काँग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायत सर्बै आम नेपाली माझ दिनुपर्ने मान्यता राख्छु ।’

उनले यस्तो अवस्थामा नेपाली काँग्रेस कति पनि विचलित नहुने विज्ञप्तीमार्फत बताउका छन् । उनले विज्ञप्तीमा भनेका छन्, ‘नेपाली काँग्रेस अब राष्ट्रिय राजनीतमा नयाँ भूमिका प्रवेश गर्देछ । काँग्रेस केन्द्रदेखि प्रदेश सबैतिर विपक्षमा बस्नुपर्नै वातावरण हठात आएको छ ।

यसबाट हामी निराश हुने छैनौं । यहाँबाट हामी सबैको परीक्षा शुरु भएको ठानी अब हामी फेरि नयाँ ढंगले जनताबीच जानेछौं । पार्टीको गल्ति कमजोरीका लागि माफी माग्ने छौं । जनतासँग सम्वाद शुरु गरेर नयाँ काँग्रेस निर्माणको महाअभियानमा जुट्नुको हामीसँग अब विकल्प छैन । सत्ता गुम्दैमा काँग्रेसको शक्ति गुमेको छैन । हामी थप शसक्त भएर कँग्रेस सशक्तिकरणको अभियानमा जुट्न दृढ संकल्प गर्दैछौं ।’

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

धनकुटामा पहिलो पटक श ...

इटहरी/  जिल्लामै पहिलो पटक बुधबार साँझ धनकुटा ...

नाम्जेको होमस्टेमा च ...

धरान/ अमेरिकाको सिएननले विश्वमा रहेको १२ औं गन्तव् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved