समाचार

    Showing 5,381-5,390 of 10,030 items.
  • आजबाट आहा रारा गोल्डकप सुरु उद्घाटन खेल धरान र सहारा क्लबबीच

    धरान / उद्घाटन खेलमै आयोजक सहारा क्लब र धरान एफसीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताका लागि धरान फुटबल क्लबका खेलाडीहरु मंगलबार नै पोखरा प्रस्थान गरेका छन् । धरानका खेलाडीहरुलाई मंगलबार मेयर हर्क साम्पाङले विदाई गरेका थिए । उनले धरान फुटबल क्लबमा आयोजित कार्यक्रममा विदाई गरेका थिए । सो अवसरमा मेयर साम्पाङले खेलाडीहरुलाई जितेर आउन शुभकामना दिएका थिए । उनले भने–‘धरान उपमहानगरपालिकाले खेलकुदको विकासका लागि धेरै काम गरेको छ, आगामी दिनमा उपमहानगरपालिकाले योजना र कार्यक्रम ल्याउने तयारीमा छौ ।’ आहा रारा गोल्डकपबाट विजेता हुनेहरुले १२ लाख र उपविजेताले रु ६ लाख नगद सहित ट्रफी, मे

    • प्रकाशित मितिः पुस १४, २०७९
    • 692 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘जानेलाई बाईबाई, आउँनेलाई दुहुनो गाई’ बसाईँसराई न्यूनीकरण अभियान

    धरान / धनकुटाको छथर जोरपार्टी गाउँपालिकाले बसाई सराई नियन्त्रण गर्ने अभियानलाई अगाडि सारेको छ । गाँउपालिकाबाट बसाई सरी सुविधा सम्पन्न तराईका सहर तथा पहाडी जिल्लाहरुमा जाने क्रम बढेपछि गाउँपालिकाले बसाई सराई नियन्त्रणसँगै बसाई सरेर गाउँपालिकामा आउनेहरुका लागि नयाँ ‘अफर’ अगाडि सारेको छ । गाउँपाकिाले बसाई सराईलाई रोक्ने र अन्य स्थानबाट छथर गाउँपालिकामा आएर बस्नेहरुलाई दुहुना गाई उपहार दिने भएको छ । गाउँबाट बसाई सराई गरेर गाउँ नै रित्तिने अवस्था आएपछि यो योजनालाई अगाडि बढाइएको गाउँपालिकाका पशुपन्छी विकास शाखा प्रमुख राजकुमार राईले बताए । उनले भने–‘ गाउँपालिकाले बसाई सराईला

    • प्रकाशित मितिः पुस १४, २०७९
    • 699 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्लान्ट जडानमा अख्तियारद्वारा छानबिन

    संखुवासभा / संखुवासभाको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको छ । अक्सिजन प्लान्ट जडानमा तत्कालीन मेसुसहित दुई जनाको विरुद्धमा अख्तियारमा उजुरी परेपछि छानबिन सुरु गरेको हो । अक्सिजन प्लान्ट तीन महिना सञ्चालन भएपछि बन्द भएको थियो । प्लान्ट बन्द भएपछि भ्रष्टाचार भएको आशंका गरिएको थियो । यस विषयमा अख्तियारमा जिल्ला अस्प्ताल संखुवासभाका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट श्याम सुन्दर श्याम झा र प्रशासन प्रमुख दिपेश श्रेष्ठमाथि उजुरी परेपछि अख्तियार अनुसन्धान आयोग इटहरीले छानबिन सुरु गरेको हो ।

    • प्रकाशित मितिः पुस १४, २०७९
    • 695 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

    विराटनगर / शिक्षासेवी एवं समाजसेवी नारायणप्रसाद कोइरालाको ९५ औं जन्मजयन्तीका अवसरमा विराटनगरस्थित सरस्वती माविले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । कोइराला सो विद्यालयको ४० वर्षसम्म अध्यक्ष रहेर सेवा गरेका थिए। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितिमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेसनरी सामग्री प्रदान गरिएको थियो । कार्यक्रममा विराटनगर वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथ भगत, विराटनगर महागरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडा, विद्यालयका प्रअ योगेन्द्र कार्की, पूर्वप्रअ डिल्ली पोखरेल, विद्यालय व्यवस्थापन समितिकी स

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 711 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजेट र भौतिक संरचनाले सुधार हुँदैन

    मोरङ  / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बजेट र भौतिक संरचनाले मात्रै शिक्षाको गुणस्तरमा सुधार नआउने धारणा राखेका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीआई) ले मंगलबार विराटनगरमा आयोजना गरेको शिक्षामा लगानी विषयक अन्तरक्रियामा बोल्दिै मेयर कोइरालाले शिक्षाको गुणस्तर वृद्धिका दक्ष र अनुभवी शिक्षक तथा कुशल व्यवस्थापक जरुरी रहेको बताए । उनले शिक्षाको गुणस्तर वृद्धिका लागि दक्ष शिक्षकसँगै विद्यालय व्यवस्थापन समिति, अभिभावक पनि गम्भीर हुनुपर्नेमा जोड दिए । शैक्षिक गुणस्तर वृद्धिमा महानगरले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो । कार्यक्रममा महानगरका शैक्षिक प्रशासन महाश

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 513 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • "समचार प्रभाव" बराहक्षेत्र शिक्षा शाखाद्वारा ७ कक्षाको नेपाली परीक्षा रद्ध

    बराहक्षेत्र / बराहक्षेत्र नगरपालिका शिक्षा शाखाले बराहक्षेत्रमा रहेका विद्यालयले गरेको मंगलबार लिएको नेपाली विषयको परीक्षा रद्ध गरेको जनाएको छ । मंगलबार गरेको नेपाली विषयको परीक्षामा व्यापक त्रुटी भएको विषयमा कोशीपत्र राष्ट्रिय दैनिकले समाचार प्रकाशित गरेपनि बराहक्षेत्र नगरपालिका शिक्षा शाखाको ध्यानाकर्षण भएको थियो । त्रुटी भएको विषयगत परीक्षालाई बुधबार शिक्षा शाखा बराहक्षेत्रले परीक्षालाई रद्ध गरेको सूचना प्रकाशित गरेको छ । शिक्षा शााखा प्रमुख देबेन्द्रबहादुर मल्लद्वारा हस्क्षरित सूचनामा सबै सामुदायिक विद्यालय तथा धार्मिक विद्यालयलाई सम्बोधन गर्दै २०७९ को अर्ध बार्षिक परीक्षाको मंगलबार भएको

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 748 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्योगी व्यवसायीको आन्दोलन स्थगित

    मोरङ /  नवनियुक्त अर्थमन्त्री विष्णु पौडेले व्यवसायीका विषयमा छलफल गर्न वार्तामा बोलाएपछि निरन्तर आन्दोलन गर्दै आएका उद्योगी व्यवसायीहरुले हाललाई आन्दोलन स्थगित गरेका छन् । अर्थमन्त्री पौडेलले सोमबार नै उद्योगी व्यावसायीलाई वार्तामा बोलाएपछि आन्दोलन स्थगित भएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । उनले भने–‘नवनियुक्त अर्थमन्त्री ज्यूले वार्तामा बोलाउनु भएको छ, समस्या समाधान हुने अपेक्षा हामीले राखेका छौंं, वार्तामा बोलाएपछि हामीले हाललाई आन्दोलन स्थगित गरेका हौंै ।’ उनले वार्तामा बोलाएसँगै सरकारले माग सम्बोधन गर्ने आश देखाएको बताए । उनले भने–

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 660 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नव निर्मित प्रहरी कार्यालयको उद्घाटन

    तेह्रथुम / ईलाका प्रहरी कार्यालय आठराई तेह्रथुमको नव निर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । भवनको १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले मंगलबार बिधिवत रुपमा समुद्घाटन गरेका हुन् । भवन उदघाटनपछि बोल्दै प्रदेश प्रमुख प्रहरी गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने बताए । उनले भवन निर्माणले कार्यक्षेत्रमा समेत प्रहरीलाई सहज हुने बताए । उनले प्रहरीलाई भवन प्राप्त भएसंगै नागरिकहरुको जिउधनको सुरक्षामा खटिन मातहतका प्रहरीहरुलाई निर्देशन समेत दिए ।   नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आ

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 793 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मानव बेचविखन भयावह बन्दै

    मोरङ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मानव बेचविखन रोकथाम र नियन्त्रणका लागि तीनै तहको सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताएका छन् । माइती नेपाल मोरङले मंगलबार महानगरकै सभाकक्षमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै मेयर कोइरालाले तीनै तहको सरकारसँगै सरकारी र गैरसरकारी संघसंस्थाहरुको सामूहिक प्रयासले मानव बेचविखन रोकिने धारणा राखे । महिला तथा बालबालिकाहरुका क्षेत्रमा काम गर्न खुलेका संस्थाहरुबीच पनि समन्वय जरुरी रहेको उनको भनाई थजयो । कार्यक्रममा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले खुला सिमानाका कारण मानव बेचविखन नियन्त्रण र रोकथाममा चुनौती देखिएको बताए । माइती

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 609 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महानगरको अनुगमन १७ रुपैयाँको पानी ५० रुपैयाँमा बिक्री

    मोरङ / विराटनगर–४ एयरपोर्ट रोडस्थित तृष्णा केभिङ टेल्सले अत्यधिक नाफा खाएर सामान बिक्री गर्ने गरेको पाइएको छ । विराटनगर महानगरपालिकाको अनुगमन टोलीले अनुगमन गर्दा १७ रुपैयाँमा खरिद गरेको पिउने पानी ५० रुपैयाँसम्ममा बिक्री गरेको पाइएको हो । महानगरका आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेलको नेतृत्वमा गरिएको अनुगमनका क्रममा ग्राहकपिच्छे मूल्य फरक लिने गरेको समेत भेटिएको छ । मदिरामा पनि ९० प्रतिशत नाफा लिएर बिक्री गर्ने गरेको भेटिएको महाशाखा प्रमुख पौडेलले जानकारी दिए । अनुगमनका क्रममा भान्सामा फोहोर भेटिएको, पुरानो तेल प्रयोग गरिएको, कुकले सरसफाइ नगरी खाना तयारी गर्ने लगायतका कमजोरी फेला

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 479 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved