"समचार प्रभाव" बराहक्षेत्र शिक्षा शाखाद्वारा ७ कक्षाको नेपाली परीक्षा रद्ध

  • पुस १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र / बराहक्षेत्र नगरपालिका शिक्षा शाखाले बराहक्षेत्रमा रहेका विद्यालयले गरेको मंगलबार लिएको नेपाली विषयको परीक्षा रद्ध गरेको जनाएको छ ।


मंगलबार गरेको नेपाली विषयको परीक्षामा व्यापक त्रुटी भएको विषयमा कोशीपत्र राष्ट्रिय दैनिकले समाचार प्रकाशित गरेपनि बराहक्षेत्र नगरपालिका शिक्षा शाखाको ध्यानाकर्षण भएको थियो । त्रुटी भएको विषयगत परीक्षालाई बुधबार शिक्षा शाखा बराहक्षेत्रले परीक्षालाई रद्ध गरेको सूचना प्रकाशित गरेको छ ।

शिक्षा शााखा प्रमुख देबेन्द्रबहादुर मल्लद्वारा हस्क्षरित सूचनामा सबै सामुदायिक विद्यालय तथा धार्मिक विद्यालयलाई सम्बोधन गर्दै २०७९ को अर्ध बार्षिक परीक्षाको मंगलबार भएको कक्षा ७ को नेपाली विषयको प्रश्नपत्रमा त्रुटी भएको पाइएकोले सो परीक्षा रद्ध गरेको जनाएको छ ।

र्मंगलबार भएको दोस्रो त्रैमासिक परीक्षा– २०७९ अन्तर्गत नेपाली विषयको प्रश्नपत्र पुरानै पाठ्यक्रमअनुसारको ‘कपीपेस्ट’ गरेको पाइएको थियो भने नयाँ पाठ्यक्रम लागू भएर नयाँ पुस्तक र पाठअनुसार अध्यापन भए पनि पुरानो पाठ्यक्रमअनुसार प्रश्नपत्र आएपछि विद्यार्थी अन्योलमा परेका थिए ।

बराहक्षेत्रमा ५७ वटा विद्यालय रहेका छन् । त्यसमध्ये १६ वटा माध्यामिक तह, १० वटा निमावि र ३१ प्रावि रहेका छन् ।

 

अब मेचीनगरमा नगद हैन ...

झापा/  करदातालाई अब नगद बोकेर नगरपालिकाको धक् ...

उद्धार गरेर ल्याइएकी ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया ...

बजेट अभावले खोटाङको ...

खोटाङ/ किरातकालीन प्रथम राजा यलम्बरको ११० फिट अग्ल ...

मल भ्रष्टाचार मुद्दा ...

धरान/ रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved