मानव बेचविखन भयावह बन्दै

  • पुस १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मानव बेचविखन रोकथाम र नियन्त्रणका लागि तीनै तहको सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताएका छन् ।

माइती नेपाल मोरङले मंगलबार महानगरकै सभाकक्षमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै मेयर कोइरालाले तीनै तहको सरकारसँगै सरकारी र गैरसरकारी संघसंस्थाहरुको सामूहिक प्रयासले मानव बेचविखन रोकिने धारणा राखे । महिला तथा बालबालिकाहरुका क्षेत्रमा काम गर्न खुलेका संस्थाहरुबीच पनि समन्वय जरुरी रहेको उनको भनाई थजयो । कार्यक्रममा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले खुला सिमानाका कारण मानव बेचविखन नियन्त्रण र रोकथाममा चुनौती देखिएको बताए ।

माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवस्थाका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले यस अवधिमा १३६ जनालाई बेचविखन हुनबाट रोकेको जानकारी दिए । पोखरेलले ४७ जना बेपत्तामध्ये ११ जनामात्रै फेला परेको जानकारी दिए ।

उनका अनुसार यस अवधिमा १ जनाको उद्धार गरिएको र बेचबिखनमा संलग्न १ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । १०५ वटा घरेलु हिंसाका घटना भएको पोखरेलले बताए ।

अन्तरक्रियामा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, गैसस मोरङकी अध्यक्ष विष्णु शर्मालगायतको उपस्थिति रहेको थियो ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved