समाचार

    Showing 5,261-5,270 of 8,599 items.
  • बीपीका कर्मचारी, चिकित्सक जता मल्खु उतै ढल्कु

    धरान/  पद र शक्तिको पछि नकुद्ने को होला ? अझ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र त यो कुरा लागू नहुने कुरै भएन । प्रतिष्ठानभित्र स्वार्थ बोकेका यस्ता कर्मचारीहरु ‘जथा मल्खु उतै ढल्कु’ को उखानझै चरितार्थ उतार्ने गरेका छन् । पछिल्लो पटक मन्त्रालयले उपकुलपति डा. गिरीलाई प्रतिष्ठानको काम कारबाहीमा रोक लगाए पनि प्रतिष्ठानको कामलाई सुचारु गर्ने अभिप्रायले स्वास्थ्य मन्त्रालयका कर्मचारी डा. श्याम सुन्दर यादवलाई स्वास्थ्य मन्त्रालयले पठाएको छ । तर अचम्म कुरा त के भने विगतमा उपकुलपति डा. गिरीको हनुमान भएर अघिपछि भएर हिड्नेहरु नै डा. श्यामसुन्दर यादवको स्वागत गर्न

    • प्रकाशित मितिः माघ १३, २०७८
    • 850 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा पत्रकारिता तालिम सम्पन्न

    धरान । प्रेस सेन्टर नेपालको सुनसरी समितिले आयोजना गरेको पाँचदिने आधारभूत पत्रकारिता तालिम सोमबार सम्पन्न भएको छ । निःशुल्क तालिमको समापनको अवसरमा दुईजना प्रशिक्षार्थीलाई नगद पुरस्कार प्रदान गरिएको थियो भने सबै २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ट समाचार लेखनमा प्रकाश राई र अनुशासित प्रशिक्षार्थीका रूपमा सबिता पुरीलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बरालले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा प्रशिक्षार्थीहरूका तर्फबाटअङ्कित ढुङ्गाना, पुष्पा कटुवाल, उपार्जन चामलिङ र रोजिना लामिछानेले बोलेका थिए । उनीहरूले तालिम उपलब्धिमूलक भएको

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 1,228 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युनियनद्वारा दुर्घटना रकम हस्तान्तरण

    धरान । दुर्घटनामा परेका सञ्चारकर्मी बुलेट खतिवडालाई नेपाल प्रेस युनियन सुनसरीले बीमा बापतको रकम हस्तान्तरण गरेको छ । मंगलबार खतिवडाकै घरमा गएर युनियन कार्यसमितिले बीमा बापतको रकम हस्तान्तरण गरेको हो । प्रेस युनियन सुनसरीका सचिव विवेक भट्टराईका अनुसार दुर्घटना बापतको ७० हजार रुपैँया रकम हस्तान्तरण गरिएको हो । युनियनले अघिल्लो वर्ष जिल्लाका तीन सय १४ सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो, जसमध्ये दुर्घटनामा परेका तीनजना सञ्चारकर्मीलाई रकम हस्तान्तरण गरिएको छ भने एकजनाको रकम आउने प्रक्रियामा रहेको सचिव भट्टराईले बताए । युनियनले अजोड इन्स्योरेन्समार्फत दुर्घटना बीमा गरेको थियो । यसपटक पनि गर्न

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 964 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘दुहबी खण्डको संरचना हटाइने’

    धरान । लामो समय देखि विवादित बनेको रानी देखि धरान सम्मको छ लेन सडक अन्तर्गतको दुहबी खण्डमा संरचना हटाउन रानी विराटनगर इटहरी धरान सडक योजना सुनसरीले पत्राचार गरेको छ ।मापदण्ड अनुसार दुहबी बजार क्षेत्रमा सडक विस्तार गर्न समस्या बढ्दै गर्दा योजनाको समयावधि लम्बिदै गएकाले योजनाले दुहबी नगरपालिकालाई पत्राचार गर्दै बजार क्षेत्रमा रहेको संरचना खालि गर्न आग्रह गरेको हो । सीमा क्षेत्रबाट १५–१५ मिटर क्षेत्रका घर टहरा हटाउन आग्रह गर्दै योजनाले सडक विस्तारको प्रक्रिया अगाडी बढाएको छ । सडक क्षेत्र यकिन हुन नसक्दा अहिलेसम्म टेण्डर प्रक्रिया समेत अगाडी बढ्न सकेको छैन । लामो समयदेखि स्थानीयको अवरोधको क

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 1,154 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पत्नी हत्या आरोपमा पति गिरफ्तार

    धरान ।  तिन साता देखि हराइरहेकी धनकुटा नगरपालिका–४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको हत्या गरी पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ । घरको भुइँतलामा पुरेको अवस्थामा सोमबार शव फेला परेको हो । शरीरमा विभिन्न खालका चोटहरु रहेको र शव गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए । सीता हराएको भनेर २१ पुसमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए । सीता श्रेष्ठका ३० वर्षीय भदा अरूण श्रेष्ठले फूपु हराएको भन्दै पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सीताको हत्या घरायसी विवादको क्रममा उनकै श्रीमान सीताराम भ

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 1,271 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘गठबन्धन सरकारद्वारा धनकुटाको बजेट कटौती’

    धनकुटा/ गठबन्धन सरकारले धनकुटाको बिकास बजेट कटौती गरेको भन्दै संघीय सांसद राजेन्द्र कुमार राईले स्थानीयवासी सचेत रहन आग्रह गरेका छन् । गठबन्धन सरकारको कदम संबिधान र कानून बिपरित भएकोले यसका बिरुद्ध आवाज उठाउन राईले धनकुटावासीलाई आग्रह गरेका छन् । राईले छथर जोरपाटी गाउँपालिकाका नागरिकहरुलाई जस्तापाता बितरण कार्यक्रममा वर्तमान गठबन्धनले धनकुटेली जनतालाई गरेको अन्याय प्रति सबैले आवाज उठाउनु पर्ने बताए । उनले भने, ‘अघिल्लो केपी ओली नेतृत्वको सरकारले धनकुटाको बिकासका लागि बिनीयोजन गरेको १० अर्ब मध्ये ७ अर्ब रकम कटौती गरेको छ, रातो किताबमा परिसकेको उक्त योजनाहरु कटौती गरेर वर्तमान देउबा

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 646 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको भाइरल रोड

    धरान/ धरानबाट पानवारी जाँदै गर्दा यस्तो स्थान आउँछ, जहाँ एक पटक टक्क अडिन मन लाग्छ अनि गोजीबाट मोवाइल झिकेर खिचिक्क फोटो खिच्न मन लागि हाल्छ ।यो स्थानले सवैको मन लोभ्याउँछ र एक छिन अडिएर त्यहाँको हरियाली दृष्यलाई पनि कैद गर्न मन लागि हाल्छ । अनि फोटो फेसवुकमा पोष्ट्याउन हतारो हुन्छ । जुन रोड जंगल वारपार गर्ने त्यहीँ रोड धरानकै भाइरल रोड रातारात वन्दैछ । मनै लोभ्याउने र सुन्दर, शान्त, हरियाली वातावरणले साँच्चै स्वर्गीय अनुभुति दिलाउँछ । वच्चाहास्े, युवा–युवती, वृद्ध–वृद्धा जो कोहीको मनै लाभ्याउँछ । धरान १५ स्थित रम फ्याक्ट्रीदेखि जंगल झिर्ने वितिकै उक्त सडकमा पुगिन्छ । धरान&nd

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 1,034 पटक पढिएको
    • "रणध्वज लोहार"
  • मुख्य राजमार्गमा सिसी क्यामेरा जडान गरिने

    धरान । प्रदेशको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रदेश १ सरकारले कोशीको पुलदेखि मेची पुलसम्म र विराटनगर जोगवनीदेखि धरानसम्म सि सी क्यामेरा जडान गर्ने भएको छ । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले शान्ति सुरक्षामा प्रविधिबाट निगरानी गरिने बताए । मन्त्री कार्कीका अनुसार सि सी क्यामेरा जडान गर्नका लागि बजेट विनियोजन समेत गरिएको छ । शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने बनाउनका लागि सरकारले वैज्ञानिक ढङ्गले काम गरिरहेको उनको दाबी छ । उनले भने, ‘हामीले वैज्ञानिक ढङ्गले काम गरिरहेका छौँ, प्रदेशको राजधानीलाई पनि हामीले प्रविधिमैत्री निगरानीमा राख्

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 612 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरीद्वारा उन्नाइस करोड राजस्व संकलन

    धरान। चालु वर्षको पहिलो ६ महिनामा प्रदेश नम्बर एक प्रहरी कार्यालय विराटनगरले १९ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार ३ हजार ६ सय २७ मुद्दा दर्ता हुँदा १९ करोड ८ लाख ५९ हजार ४ सय ३५ राजश्व संकलन भएको हो । प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा राजश्व संकलन गर्न सफल भएको जनाएको छ । समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकाशी र ट्राफिक ब्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचालन भएअनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो । चालु वर्षको गत ६ महिना

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 885 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामुदायीक विद्यालयमा सरकारको लगानी बढ्यो: शैक्षिक प्रतिफल अझै दयनीय

    धरान/ पछिल्लो समय सामुदायिक विद्यालयहरु सुविधा सम्पन्न हुन थालेका छन् । सुविधा सम्पन्न भौतिक संरचनाहरु निर्माण भए पनि गुणस्तरिय शिक्षा भने खस्कदै गएको छ । राज्यको लगानी उच्च देखिए पनि शैक्षिक गुणस्तर उकास्न अझै सकेको छैन् । सरकारको लगानी भौतिक संरचना निर्माणमा खर्चिए पनि गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि बजेट सदुपयोग हुँन सकेको छैन् । सामुदायिक विद्यालयहरु अहिले निजी विद्यालय सरह सुविधा सम्पन्न भौतिक संरचना निर्माणमा लागेका छन् तर गुणस्तरिय शिक्षाका लागि आवश्यक संरचना भने विद्यालयमा देखिन्दैन् । शिक्षा मन्त्रालयको सामुदायिक विद्यालय सबल अभ्यास प्रतिवेदन २०७८ का अनुसार एसइइको नतिजामा ७

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 727 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved