धरान । सफल कार्यकालको प्रशंसा गर्दै धरान उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई सम्मान गरिएको छ । महेन्द्र वहुमुखी क्याम्पसमा आयोजना भएको बरिष्ठ कवि टिका आत्रेयको सिर्जना वाचन, पुस्तक परिचर्चा तथा सम्मान कार्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई सम्मान गरिएको हो । प्रा.डा. टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र विजयपुरको आयोजना तथा किरात देवान समाज केन्द्रीय कार्य समिति सहआयोजनामा भएको कार्यक्रममा वडाध्यक्ष भट्टराईलाई सम्मान गरिएको हो । कार्यक्रममा भट्टराईसँगै कला, साहित्य तथा समाजसेवामा योगदान पु¥याएको भन्दै अनिल पौडेल, मातृका संग्रौला, जयकला राई, भगवती
धरान । सुनसरी जिल्लामा ५ लाख ३८ हजार ३ सय १३ जनाले कोरोनाको खोप लगाए पनि पुर्ण खोप भने ३ लाख ९२ हजार ५ सय ९ जनाले मात्रै लगाउन पाएका छन् । पुर्ण खोप लगाउन अझै १ लाख ४५ हजार ८ सय ४ जना बाँकी रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका अनुसार हाल सम्म खोप लगाउन लक्षित जनसंख्या मध्ये ६४ दशमलव ७४ प्रतिशतले मात्रै पुर्ण रुपमा खोप लगाएका छन् । कार्यालयले कुल जनसंख्या ९ लाख २४ हजार ४ सय ५९ मध्ये १८ वर्ष माथिका ६ लाख ६ हजार २ सय ६० जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । गत वर्षको माघ र फागुन देखि शुरु भएको कोभिड सिल्ड भ्याक्सिनको पहिलो र दोस्रो डोज लगाउनेको संख्या हाल सम्म १ लाख ११ हजार २ जना रह
धरान । कर्मचारीहरूलाई अनावश्यक र अनुचित काम गर्न दबाब नदिन प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री राईले योजना कार्यान्वयन क्रममा मन्त्रीहरूलाई असहयोग नगर्न सचिवहरूलाई पनि आग्रह गरेका छन् । उनले भने, ‘यो वा त्यो कानूनको बाहना गरेर मन्त्रीज्यूहरूलाई अलमलाउनु भएन, टार्ने, पन्छिने र पन्छाउने कामले संशय पैदा गर्छ, जे कुरा हो सचिवज्यूहरूले पनि मन्त्रीज्यूहरूलाई खुला र पारदर्शी ढंगले भन्नुप¥यो ।’ उनले ऐन, कानूनका कारण गाँठो परेका विषय फुकाउन सरकार तत्पर रहेको उल्लेख गर्दै जहाँ समस्या पर्छ त्यहाँ कानून बनाउँदै जाने बताए । म
जनकपुर/ धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिगमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरू गरेको छ। अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन सुरु गरेको हो। जनकपुरधामसहित ठाउँ ठाउँमा रेल्वे लिगमै तरकारी हाटबजार लगाउने गरेका कारण रेल सञ्चालनमा समस्या हुने भएकाले लिगबाट हाटबजार हटाउने अभियान सुरु गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। ‘रेल्वे लिगमै
धरान । सरकारी अस्पतालहरुको सेवा सुविधा चुस्त नहुँदा नागरिकले पाउने स्वास्थ्य उपचार प्रभावित बन्दै गएका छन् । देशका अधिकांश सरकारी अस्पतालको उपचार सेवा प्रति नागरिकको गुनासो बढ्दै गएको छ । विशेषज्ञ डाक्टर नबस्ने, सुचना प्रणाली व्यबस्थित नहुँदा बिरामीलाई समस्या भएको र पहूँचवालाले मात्रै सेवा पाएको गुनासो सेवाग्राहीको छ । विराटनगर स्थित कोशी अस्पतालको उपचार सेवा प्रति पनि बिरामीको गुनासो अधिक छ । संवाद समुह प्रदेश एकले आयोजना गरेको संवादमा पनि सेवाग्राहीले अस्पताल सेवा सुधारका लागि सुझाव दिएका थिए । विराटनगर स्थित कोशी अस्पतालको सेवा प्रवाह चुस्त दुरुस्त नभएको गुनासो बढ्दै गए पछि मोरङका राजनीति
धरान । मेची राजामार्गको इलाम नगरपालिकामा पर्ने धोवीधाराखण्डमा सडक भत्किएर अवरुद्ध बनेको तीन महीना पछि सञ्चालनमा आएको छ । साविक मेचीका चार जिल्ला जोड्ने सडक भत्किएपछि अवरुद्ध बनेको राजमार्ग तीन महिना पछि एकतर्फी सञ्चालनमा आएको हो । पहिरोेको भित्ता खनेर सोमबार साँझदेखि एकतर्फी रूपमा सवारीका साधन गुड्न थालेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । उनले भने, ‘तत्काललाई एकतर्फी खुलेको भएपनि मेची राजमार्ग खुलेको छैन्, रातिको समयमा अझै पनि केही जोखिम छ तर दिउँसो मालबाहक सवारी साधन गुडाउन सकिन्छ ।’ धोबिधारातर्फ दिउँसो र राति नै साना–ठूला सवारी साधन गुडाउन सक्ने भए
धरान । छ लेन सडक विस्तारको क्रममा शुरुवात देखि नै अवरोध रहेको रानी विराटनगर–धरान सडक खण्डको दुहवीको बजार क्षेत्रमा १६ दशमलव ४६ मिटर मात्रै सडक चौडा गर्ने सहमती भएको छ । बसोबास बाहेकका स्थानमा भने ३० मिटर खाली गराउने सहमती भएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको रोहवरमा सडक आयोजनाका प्रमुख बद्रीप्रसाद शर्मा, दुहवी नगरपालिकाका प्रमुख वेद गच्छदार, बसोबास क्षेत्र रहेको दुहवी वडा नं. ३, ५ र ६ का वडाध्यक्षहरुको वैठकले दुहवी नगरपालिकाको बसोबास बाहेकका स्थानमा भने १५÷१५ गरी ३० मिटर खाली गराउने सहमति भएको छ । प्रारम्भदेखि नै दुहवीका स्थानीयहरुले
मोरङ/ करिब एक महिना देखि अवरुद्ध बनेको भारतीय सिमानाकामा रहेको मिरगञ्ज पुल र विराटनगर नाकाको वैकल्पिक मार्गका लागि मोरंग व्यापार संघका टोली सहित भारत स्थित अररियाका डिष्ट्रिक्ट मजिस्टे«टले संयुक्त निरिक्षण गरेका छन् । एक महिना अघि मिरगञ्ज पुल भत्किए पछि निर्यात तथा आयातमा समस्या हुँदै गए पछि संघले पटक पटक सहजताका लागि भारतीय सरकार सँग पहल गर्दै आएको छ । यसै बिच संघको टोलिले गत शुक्रबार विहारका कला, संस्कृति तथा युवा मामिला मन्त्री आलोक रञ्जनसँग भेट गर्दै समस्याका बारेमा जानकारी गराएको थिए । लगत्तै आइतबार भारतका अररिया डिष्ट्रिक्ट मजिस्ट्रेट प्रशान्तकुमार सि.एच., फार्बाेसगन्जका एसड
लन्डन/ राजनीतिक उतारचढावका कारण विस्थापित भएका अफगानिस्तानका नागरिकहरूका लागि बेलायतमा रहेको सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टले भौतिक सामग्री प्रदान गरेको छ ।अफगानी बालबालिकाको शिक्षाका लागि भन्दै समाजले भौतिक सामग्री सहायता स्वरूप हस्तान्तरण गरेको हो । आसफोर्ड बोरो काउन्सिल (नगर परिषद)को कार्यालयमा एक कार्यक्रम बीच सगरमाथा नेपाली समाजले पाँच थान कम्प्युटर प्रदान गरेको अध्यक्ष प्रसाद छन्त्यालले जनाए । तालिवानी विद्रोहीले गत अगष्टमा सत्ता कब्जा गरे पछि विस्थापित भएका नागरिकहरू मध्ये केहीलाई बेलायत सरकारले आफ्नो देशमा पुनःस्थापना गर्ने भए पछि आएका अफगानी नागरिकहरूलाई मानवीय सहयोग गर
धरान । गठबन्धनका दलहरुले कार्यकर्तालाई मन्त्री बनाउनकै लागि मात्र मन्त्रालय विस्तार गरेको आरोप लागेको छ । कार्यकर्तालाई रिझाउनकै लागि मन्त्री बनाउँदा अर्थतन्त्रमा पनि ठुलो असर गरेको राजनितिशास्त्रीहरु बताउँछन् । धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसका राजनितिशास्त्रका प्राध्यापक डा. अमृत श्रेष्ठले सरकार विस्तारले आम जनमानसमा नकारात्मक सन्देश प्रवा गरेको बताए । उनले भने, ‘यो काम राम्रो भएन, यसले आम जनमानसमा नरारात्मक सन्देश प्रवाह गरेको छ, कार्यकर्तालाइ रिझाउनकै लागि मन्त्री बनाउदा अर्थतन्त्रमा पनि ठूलो असर पर्छ ।’ मन्त्रि परिषदको विस्तारले अन्य पार्टीमा त असन्तुष्ट देखिए सँगै गठन