समाचार

    Showing 5,161-5,170 of 10,030 items.
  • भानु विद्यालयको खेल सप्ताह सम्पन्न

    मोरङ / विराटनगर – ०९ स्थित भानु मेमोरियल अंग्रेजी विद्यालयले विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका साथै खेलकुदलाई पनि जोड दिने उद्देश्यले बुधबारबाट सुरु खेलकुद सप्ताह शुक्रबार समपन्न भएको छ । खेलकुद प्रतियोगीतामा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुको सहभागीता रहेको थियो । शारीरिक तन्दुरुस्ती दिलाई खेल प्रति रुचि जगाउन खेलकुद सप्ताहको आयोजना गरिएको विद्यालयका संयोजक सुनिल शाहीले जानकारी गराए । खेल सप्ताहमा लामो छोटो दौड, डोरी तान्ने, ब्याडमिन्टन, टेबल टेनिस, म्युजिकल चेयर, स्लो साइकल रेस, गणित दौड, चम्चा दौड, बोरा दौड, भलिबल लगायतका खेलहरुमा विद्यार्थीहरुले उत्साह जनक रुपमा सहभागिता जन

    • प्रकाशित मितिः माघ २२, २०७९
    • 813 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्लस टु व्यवस्थापन र विविएलाई उपाधि

    धरान /  धरान उच्च कलेजका विद्यार्थीहरुद्वारा आयोजित इन्टर फ्याकल्टी फुटसलको उपाधि पुरुष तर्फ कक्षा १२ र छात्रातर्फ विविएले हात पार्न सफल बनेको छ । धरान उच्चमा अध्ययरनरत विद्यार्थीहरुको संस्था स्टुडेन्ट सोसाइटी अन्तर्गतको डिसिएम सोसाइटीले आयोजना गरेको फुटसलको उपाधि हात पार्न उनीहहरु सफल बनेका हुन् । छात्रतर्फको खेलमा कक्षा १२ ले विविए डिसिएम सोसाइटीलाई ३–० को अन्तरले पराजित गरेको थियो । त्यसैगरी छात्रातर्फको खेलमा कक्षा ११ लाई १–० ले हराराउँदै विविए संकायका खेलाडी विजेता वनेका थिए । विविएकी सर्मिला राईले आफ्नो टीमको तर्फबाट गोल गरेकी थिइन् । उनको गोल नै खेलका लागि निर्णा

    • प्रकाशित मितिः माघ २२, २०७९
    • 1,144 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापाको बिर्तामोडमा औद्योगिक व्यापार मेला

    झापा / फागुन ५ देखि १५ गतेसम्म बिर्तामोडमा आयोजना गर्न लागिएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको तयारी तीब्र पारिएको छ । बिर्तामोड नगरपालिका – २ स्थित रामचौक हुन लागेको महोत्सवका लागि जिल्लामा रहेका महिला उद्यमीहरुसंग संघमा छलफल गरिएको छ । छलफलका क्रममा महिला उद्यमीहरुले महोत्सवलाई सफल बनाउन आ–आफ्ना ठाउँबाट सक्दो सहयोग पुर्‍याउने प्रतिवद्धता जाहेर गरेका छन् । बिर्तामोडकै गौरबका रुपमा महोत्सव आयोजना गरिएको र त्यसलाई सफल बनाउन आफूहरुको दायित्व रहेको नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीले बताइन् । त्यस्तै एवीसी नेपालकी अध्यक्ष कञ्चना स

    • प्रकाशित मितिः माघ २२, २०७९
    • 811 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सीएनआई कोसी एक्स्पो विशिष्ट व्यक्तित्वद्वारा अनुगमन

    मोरङ / चर्चित मास्टर सेफ सन्तोष साहले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोको स्थलगत अवलोकन गरेका छन् । विराटनगर–२ शंकरपुर मार्गमा जारी एक्स्पोमा मास्टर सेफ साहले विभिन्न स्टलहरुका उत्पादन र एक्स्पोका विभिन्न आकर्षणको पनि अवलोकन गरेका हुन् । साह आरएमसी फुड कम्पनी वीरगंजबाट उत्पादित न्यूट्रि प्लस कम्पनिका ब्राण्ड एम्बेसडर हुन् । विराटनगरमा यसअघि भएका साना ठुला कृषि तथा औधागिक प्रदर्शनीहरुमा नदेखिएको न्यूट्रि प्लस फुड कम्पनिले सीएनआई कोसी एक्स्पोमा भने पहिलो पटक सहभागीता जनाएको छ । मास्टर सेफ साहले कम्पनीको स्टलमा बसेर खाने तेल, सन्फ्लावर तेल र पामोलिन तेल लगायतका उत्पादनको प्रवद्र्

    • प्रकाशित मितिः माघ २२, २०७९
    • 687 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्समा सांस्कृतिक कार्यक्रम सम्पन्न

    धरान/धरानस्थित एम्स एकेडेमीमा पाँचौँ ‘एम्स कल्चरल डे’ शुक्रबार सम्पन्न भएको छ । एम्समा अध्ययनरत् विद्यार्थीहरूको एम्स क्रियटिभ ग्रुपले सो कार्यक्रम आयोजना गरेको हो । त्यस दिन सबै विद्यार्थी र शिक्षक–शिक्षिकाहरू आ–आप्mनो जातीय पहिरनमा आएका थिए । कार्यक्रममा एम्सका विद्यार्थीहरू एकल र सामूहिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । एम्सको वार्षिक पात्रोअनुसार नै समूहले कार्यक्रम आयोजना गरेको समूहका अध्यक्ष रिसभ राईले जनाए । विद्यार्थीहरूलाई आप्mनो संस्कृतिको संरक्षणप्रति सचेत बनाउन यस्तो कार्यक्रम आयोजना गर्न थालिएको कलेजको व्यवस्थापन सङ्काय संयोजक दुर्गा सुवेदीले बताए । कक्

    • प्रकाशित मितिः माघ २१, २०७९
    • 966 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • किसान कृषि यान्त्रिकरण उपकरण वितरण

    खोटाङ / (रासस) प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ खोटाङले कृषि सहकारी, कृषि फर्म र किसान समूहलाई कृषि यान्त्रिकरण उपकरण वितरण गरेको छ । कृषिमा यान्त्रिकरणका लागि कार्यालयले ५० प्रतिशत अनुदानमा कृषि सहकारी, कृषि फर्म र किसान समूहलाई ११ हाते ट्र्याक्टर, तीन कम्बाईन मिल, एक थान कर्नसेलर, एक थान मल्टिक्रप थ्रेसर, दुई थान कोदो चुट्ने थ्रेसर दुई थान च्याफकटर प्रदान गरेको हो । परियोजना कार्यान्वयन इकाइ कार्यालय खोटाङले हाम्रा साना किसान सहकारी संस्थालाई दुई थान हाते ट्याक्टर, सूर्योद्धय कृषि सहकारी संस्था लिमिटेडलाई एक थान हाते ट्याक्टर, केउरेनी किसान समूह, लफ्या

    • प्रकाशित मितिः माघ २१, २०७९
    • 782 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयर कोइराला र अमेरिकी राजदूत थोम्सनबीच भेट

    मोरङ / नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्सनले विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्न तयार रहेको बताएका छन् । विराटनगर महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँगको शिष्टाचार भेटमा राजदूत थोम्सनले विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि अमेरिकी सरकारसँग आफूले समन्वयकारी भूमिका खेल्ने बताए । उनले शिक्षा र स्वास्थ्यमा सुधार नगरेसम्म विकास सम्भव नभएको प्रतिक्रिया दिए । ‘जति पनि मुलुकले विकास गरेका छन् ती मुलुकले शिक्षा र स्वास्थ्यमा सुधार गरेकै कारण विकास भएको हो,’ थोम्सनले भने । मानव बेखविखन र ओसारपसारका सम्बन्धमा पनि थोम्सनले जिज्ञ

    • प्रकाशित मितिः माघ २१, २०७९
    • 747 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • 'नीजि क्षेत्रकाे प्रोत्साहन भएन'

    विराटनगर /  नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष बैंकहरुले डकैती गरेको आरोप लगाएका छन् । विहीबारदेखि शुरु भएको सिआइएन कोशी एक्सोको उद्घाटन समारोहमा बोल्दै बैंकहरुले व्यवसायीहरुलाई आत्महत्या गर्न बाध्य बनाएको प्रसंग कोट्याउदै आत्महत्या गर्ने व्यवसायीलाइ राज्यले सहिद गर्नुपर्ने बताए । उनले भने ‘बैंकहरु कसैको निगरानीमा छैनन्, डामेर छोडेका साँढेजस्ता भएका छन्, उनीहरुले खुलेआम ८० प्रतिशत नाफा खाँदा पनि कारबाही कारबाही हुन सकको छैन ।’ उनले यस्ता बैंकहरुलाई कारबाहीको माग राख्दै उद्योगीले उत्पादन गरेका वस्तुहरुमा २० प्रतिशतभन्दा बढी नाफा खाँदा हत्कडी लाग्ने तर ‘बैंकलाई

    • प्रकाशित मितिः माघ २०, २०७९
    • 726 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पर्यटन प्रवद्र्धनमा निजी क्षेत्र सक्रिय सेछले फेस्टिबलको आयोजना गर्ने

    धरान \ सरकारी स्तरबाट निजीक्षेत्रको पर्यटन व्यवसायीहरुलाई प्रोत्साहन हुन नसकेको समयमा निजी क्षेत्रबाट आफ्नै तरिकाले पर्यटन प्रवद्र्धनका लागि पर्यटन व्यवसायीहरु लागेका छन् ।विगत लामो समयदेखि पर्यटन क्षेत्रमा लागेकाहरुले आ–आफ्नै ढङ्गले प्रवद्र्धनका कामहरु गर्न थालेका हुन् । लामो समयदेखि पर्यटन व्यवसायमा लागेकाहरुले व्यवसाय प्रवद्र्धनका लागि नयाँ नयाँ कार्यक्रम अगाडि सार्ने गरेका छन् ।यसै क्रममा धरान २० मा सञ्चालित सेछ एडभेन्चरले ‘सेछ एडभेन्चर फेस्टिबल’को आयोजना गर्ने भएको छ । कोरोना संक्रमणका समयमा ध्वस्त भएको पर्यटन व्यवसायलाई विस्तारै सहजतातर्फ उन्मुख भएको बेला सेछले आगामी

    • प्रकाशित मितिः माघ २०, २०७९
    • 1,175 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कविता 'धितोमा ऋण'

    सरकारले कर बढायो, बैंकले ब्याज पेट्रोल डिजेलको भाउले आकाश चुमो,व्यापारीले धितोमा लिएको ऋणले दिन– दिनै ब्यापार डुबायो अनि घर उठायो ।। घरमा राख्न धितोको लागि जग्गा थिएन, आमाको कानमा सुन थिएन, धितो राख्नकानिम्ति केही थिएन, व्यवसाय गर्न लगानी भएन, काम गर्न कुनै ठाउँ भएन अनि घर उठायो ।। बैंकले ब्याजदर दिन प्रतिदिन वृद्धि गर्‍यो,देशमा अर्थतन्त्रको मन्दी छायो आयात वस्तु भन्दा नियातीत वस्तु दिन प्रतिदिन वृद्धि भयो, धितोले परिवार सकायो अनि घर उठायो ।। देशमा राजनीतिक चलखेल भयो, हुनेले महल ठडाए, कार चलाए, महँगा रेस्टुरेन्ट हल्लाए, नहुनेले राहदानी हातमा बोकी मामुली भै खाडी कोचो अनि घर उठायो

    • प्रकाशित मितिः माघ २०, २०७९
    • 831 पटक पढिएको
    • "  सुस्मिता घिमिरे ( सुसे) हाल / धरान ६ पानबारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved