समाचार

    Showing 5,051-5,060 of 8,594 items.
  • सुन्दरहरैँचामा पञ्चवर्षीय योजनामा छलफल 

      धरान  । मोरङको सुन्दरहरैँचा नगरपालिकाले वडा स्तरिय पञ्चवर्षीय योजनाहरू तयार गर्न थालेको छ । बुधबार वडा नम्बर ४ ले स्थानीय, राजनीतिज्ञ, पाटीका प्रतिनिधि, टोल विकासका अध्यक्षहरूको सहभागितामा आगामी दिनमा वडामा विकास गर्नुपर्ने विषयहरूमा छलफल गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि भौतिक संरचना लगायतका क्षेत्रमा देखा परेको समस्या र तिनको समाधानका लागी आगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा वडा अध्यक्ष र पाटीका प्रतिनिधिबीच उक्त छलफल गरिएको हो । छलफलबाट समस्या र सहभागिता बाट आएका विचारहरूलाई टिपोट गरी आगामी दिनमा वडालाई नमुना वडा बनाउँदै अगाडि बढ्ने वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । वडाम

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 820 पटक पढिएको
    • " पारस सुवेदी"
  • ‘बीमा उपचार सेवा बन्द गर्नुहुँदैन’

    धरान । स्वास्थ्य बिमा बोर्डले बिमा वापतको रकम शोधभर्ना नदिए पछि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चैत्र १५ गते देखि बिमा उपचार सेवा बन्द गर्ने निर्णय गरे पछि बिमा गरेका नागरिकहरुले चिन्ता व्यक्त गरेका छन् । सर्वसाधारणले उपचारबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नेपाल सरकारले लागू गरेको वीमाबाट नियमित उपचार गराउँदै आएका नागरिकले चिन्ता व्यक्त गरेका थिए । झापाको दमकबाट प्रतिष्ठानमा उपचारका लागि आएकी दुर्गा रिजालले अहिलेसम्म विमाबाट नै उपचार गर्दै आएको बताइन् । सरकारले ल्याएको वीमा उपचार सेवा गरिब तथा असहायका लागि उपयुक्त रहेको बताउदै बन्द गर्न नहुने बताइन् । उनी भन्छिन

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 922 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपिको समस्या समाधानमा उपमेयरको सक्रियता

    धरान / धरान उपमहानगरपालिकाकी उप प्रमुख तथा नेकपा एमालेकी केन्द्रिय सदस्य मञ्जु भण्डारीको पहलमा पछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य विमा बोर्डमा रोकिएको रकम आउने भएको छ । उपप्रमुख भण्डारीले विहिबार बोर्डका निर्देशकलाई भेटि प्रतिष्ठानले सोधभर्ना बाफत पाउने रकम तत्काल भुुक्तानी दिन पहल गरेकी थिइन । भण्डारीको पहलपछि बोर्डले यो साता भित्र दश करोड रुपैया भुक्तानी दिने र बाकी यो महिना भित्र भुक्तानी दिने प्रतिबद्धता जनाएको हो । जनताको स्वास्थ्य उपचार जस्तो विषयमा गम्भिर बन्न र कुनैपनी बाहानामा सुुविधा नरोक्न आफुले माग गरेको उपमेयर भण्डारीले बताईन । अब विपीको रोकिएको पैसा

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 774 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘विपी प्रतिष्ठानलाई कमजोर पार्न बिमाको रकम रोकियो’

    धरान । नेकपा एमाले धरानले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जनताको नजरमा विबादीत देखाएर कमजोर बनाउन सरकारले नै स्वास्थ्य विमा बाफतको रकम सोधभर्ना नगरेको आरोप लगाएको छ । स्वास्थ्य विमा सञ्चालन भएका अन्य अस्पतालमा नियमित सोधभर्ना दिनुु तर प्रतिष्ठानलाई सोधभर्ना नदिनुु भनेको सरकारले नै प्रतिष्ठान कमजोर पार्न खोजेको हो भन्ने प्रस्ट हुन्छ एमाले धरानका अध्यक्ष हर्कजंग एभेङद्धारा जारी विज्ञप्तिमा भनिएको छ । जनताको नजरमा विवादीत देखिएर प्रतिष्ठान कमजोर पार्ने सरकारको गलत नियत देखिन्छ विज्ञप्तिमा उल्लेख छ । ‘जनताबाट उठाएको विमा बापतको पैसा सम्बन्धित अस्पताललाई सोधभर्ना नदिनुुले स

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 1,058 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तकोशी नदीमा हामफालेका ब्यक्तिको जिवितै उद्धार

    धरान । सप्तकोशी नदीमा हाम फालेका बिराटनगर महानगरपालिका ८ का ६८ बर्षीय बुनई यादवलाई प्रहरीले जिवितै उद्धार गरेको छ । बुधवार राती सवा ८ बजेको समयमा एक जना ब्यक्ति नदीमा हामफालेको भन्ने जानकारी पाए लगत्तै तत्काल प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले यादवको जिवितै उद्धार गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 1,600 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुवास राई स्मृति सुपर ८ फुटबल : फाइनलमा पुग्यो १५ नं. वडा

    धरान । स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा धरानको १५ नं. वडा फाइनलमा प्रवेश गरेको छ । बुधबार धरान रंगशालामा भएको खेलमा धरान १९ लाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै १५ नं. वडा फाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमले गोल गर्न सकेनन् भने थप १५ मिनेटको खेलमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा धरान १५ का आशुतोष राई, मदन लाबुङ र बावरजंग कार्कीले गोल गरे भने रोमन लिम्बूको प्रहार पोष्ट बाहिरीएको थियो । त्यस्तै धरान–१९ का विनोद राईले मात्र गोल गरे । बविन लामा र आशिष राईको प्रहार बारमा लागेर फर्किएको थियो भने अतित ल

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 942 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाका स्थानीय तहमा करोडौको बेरुजु

    धरान । धनकुटाका स्थानीय तहमा ७० करोड रुपैयाभन्दा बढी रकम बेरुजु रहेको छ । जिल्ला समन्वय समितिको सभाहलमा भएको जिल्लास्तरीय समीक्षा कार्यक्रममा स्थानीय तहले प्रस्तुत गरेको प्रतिवेदनमा स्थानीय तहको ७० करोडभन्दा बढी बेरुजु रहेको देखिएको हो । धनकुटामा रहेका ३ वटा नगरपालिका र ४ वटा गाउँपालिकाले गरेका प्रतिवेदनमा ७० करोड ६४ हजार २४२ रुपैयाँ बेरुजु देखाएका छन् । धनकुटामा सदरमुकाममा रहेको धनकुटा नगरपालिकामा गत आर्थिक वर्ष ०७७÷७८ सम्म २० करोड ७८ लाख २२ हजार रुपैयाँ बेरुजु रहेको छ । सोही वर्ष १ करोड ३१ लाख १९ हजार रुपैयाँ बेरुजु थपिएको हो भने ४६ लाख ९० हजार बेरुजु फर्छयौट भएको छ । महालक्ष्मी नगर

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 1,122 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुविधाको खोजी गर्दै बसाई सर्ने रोकिएन

    धरान । पहाडी क्षेत्रका सर्वसाधारण सुविधा खोज्दै तराईका सुविधायुक्त सहरमा बसाई सर्ने क्रम बढ्दै गएको छ । यातायातको पहँुच नपुगेको, विरामी हुदा अस्पताल नहुँदा समस्या भोग्नुपर्ने, सुखसयलमा जीवनयापन गर्नकै लागि गाउँ छोडेर तराई लगायत राजधानी बसाई सर्ने गरेको पाइएको छ । लालीगुराँस नगरपालिका बसन्तपुरका दिपेन्द्र घिमिरे ५ बर्ष अगाडि राजधानी काठमाण्डौ बसाई सरे । ५ बर्ष कोरिया बसेर आएका उनको बसन्तपुरमा अहिलेको याक होटल सञ्चालन गरेको घर हो । बसन्त माविबाट एसएलसी पास गरेर कोरिया गएका उनी कोरियामा मनग्गे आम्दानी गरेपछि काठमाण्डौ सरेका हुन् । अहिले उनले काठमाण्र्डाैको गोंगवुमा शर्मा होटल सञ्चालन गर्दै आएका

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 1,035 पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • स्वास्थ्य बिमा बोर्डले शोधभर्ना दिएन : वीपीमा स्वास्थ्य बिमा स्थगित हुने

    धरान । पटक पटक सरकारलाई स्वास्थ्य बिमा वापतको रकम निकासा गर्न आग्रह गर्दा समेत स्वास्थ्य बिमा बोर्डले ढिलासुस्ती गरे पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बिमा अन्तर्गतका सेवा स्थगित गर्ने भएको छ । स्वास्थ्य विमा बोर्डलाई दाबी गरिए अनुसारको शोधभर्ना रकम उपलब्ध गराउन प्रतिष्ठानले चैत १४ गतेसम्मको अल्टिमेटम दिएको थियो । अल्टिमेटम नजिकिदै गए पछि बोर्डबाट सोधभर्ना दिने कुनै प्रक्रिया अघि नबढाए पछि बुधबार सुचना जारी गर्दै बिमा सेवा स्थगित गर्ने जनाएको छ । पछिल्लो समय आम सर्वसाधारणहरुमा स्वास्थ्य विमाप्रति आकर्षित भइरहेका छन् । मात्र ३५ सयमा परिवारको ५ जनाको विमा हुन्छ ।

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 896 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुकुम्बासीलाई हटाए आन्दोलनको चेतावनी

    धरान । नेत्र विक्रम चन्द (विप्लव) मा आवद्ध नेपाल कम्ष्युनिस्ट पार्टीले सुकुम्बासीलाई हटाउने निर्णयको विरोध गरेको छ । उनीहरुले मंगलबार नेपाल पत्रकार महासंघ सुनसरीको हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै २०७२ साल पछिका सुकुम्बासीलाई उपमहानगरपालिकाले हटाए कडा आन्दोलन गर्ने चेतानी दिएका छन् । पार्टीका धरान नगर सेक्रेटरी सुवास राईले धरानको नमुना सुन्दर बस्तीबाट २०७२ सालपछिको सुकुम्बासीलाई हटाए आन्दोलन गर्ने चेतावनी दिएका छन् उनले भने–‘ धरान वडा नं ११ र १७ मा रहेको नमुना सुन्दर वस्तीमा बसोबास गर्ने २०७२ सालपछिका सुकुम्बासीलाई हटाउने दुस्साहस गरे हामी जस्तोसुकै आन्दोलन गर्न पनि तयार छौ ।&r

    • प्रकाशित मितिः चैत ९, २०७८
    • 980 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved