समाचार

    Showing 5,011-5,020 of 8,594 items.
  • कञ्चनजंघा क्षेत्रमा आउन थाले पर्यटक

    धरान । ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन शुरू भएको छ । कोभिड संक्रमण दर घटेसँगै कञ्चनजंघा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका हुन् । कोभिड–१९ महामारी शुरू भएपछि पछिल्लो दुई वर्ष सुनसान जस्तै बनेको कञ्चनजंघा क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको आगमन हुन थालेको हो । पर्यटकको आगमनसँगै होटल व्यवसायी, पर्यटन व्यवसायी उत्साहित भएको फक्ताङलुङ गाउँपालिका–६ कञ्चनजंघा प्रवेशद्वार घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताइन् । लामो समय बन्द भएको व्यवसाय पर्यटकको चहलपहल हुन थालेसँगै सञ्चालनमा आउन थालेको उनको भनाइ छ । दुईओटा पदमार्गबाट कञ्चनजंघा हिमालसम्म पर्यटक पुग्छन् ।

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 1,158 पटक पढिएको
    • "रासस"
  • डाक्टर मृत फेला प्रकरण : यथासिघ्र अनुसन्धान गर्न अस्पतालको माग

    धरान । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत डा. विजय कुमार यादवको मृत्युको यथासिघ्र अनुसन्धान गर्न अस्पतालले माग गरेको छ । नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले आइतवार विज्ञप्ती जारी गर्दै डा. यादवको मृत्युको विषयमा यथाशिघ्र अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन माग गरेका हुन् । विज्ञप्तीमा लेखिएको छ, ‘यस अस्पतालको अर्थोपेडिक विभागमा २०७६ जेठ ६ गतेदेखि मेडिकल अफिसरको पदमा कार्यरत सप्तरीको मलेखपुर–६ खुरखुरीया घर भएका डा. विजय कुमार यादवको शव विराटनगर–४ स्थित आफू बस्ने घरको कम्पाउन्डमा शंकास्पद रुपमा भेटिएको विषयमा सम्बन्धित निकायबाट यथाशिघ्र अनु

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 1,103 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाँदर समस्या थप जटिल

    धरान । सबै प्राणीका लागि आफ्नो सन्तान प्यारो लाग्छ । कसैले आफ्नो सन्तानलाई दुःख दिन खोजे, आक्रमण गर्न खोजे उसले सन्तानको बचाउका लागि जे गर्न पनि तयार हुन्छ । धरान १४ स्थित विजयपुरमा क्षेत्रमा बिहान हिड्ने स्थानीयले बच्चालाई जिस्काउने गर्न थाले पछि बाँदरहरुले झम्टिने गर्न थालेका घटना दैनिक हुन थालेका छन् । दन्तकाली मन्दिर तल चौतारी छेउमा केही समय अघि सम्म विहान कोही पनि हिड्न हिम्मत नै गर्दैनन् । घाइते सन्तानको बचाउमा आमा लाग्दा बादर हिंस्रक बन्ने गरेका छन् । छेउछाउबाट सर्वसाधारण हिड्न जोखिम रहेको छ । विहान मर्निङवाकमा पुगेका सर्वसाधारणलाई झम्टिने प्रयास गर्दा दन्तकाली मन्दिरतर्फ नै फर्किने

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 1,288 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • स्थानीय तह निर्वाचन : प्रमुखमा दाबी गर्दै उपप्रमुख

    धरान । स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै स्थानीय तहका महिला जनप्रतिनिधिहरु पनि आफूलाई अपग्रेड गराउने तयारीमा जुटेका छन् । स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुले आफूहरु नै प्रमुखको पहिलो र स्वाभाविक दावेदार भएको बताएका छन् । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै यो बहसको सुरुवात भएको हो । संघीयताका संस्थापक उपप्रमुखहरुले दोस्रो कार्यकालमा प्रमुख भएर इतिहास रच्छन् त भन्ने प्रश्न पनि उठ्न थालेको छ । हरेकजसो राजनीतिक पार्टीमा महिला नेतृहरुले पहिलो कार्यकालमा उपप्रमुख तथा उपाध्यक्षमा चित्त बुझाएकाहरुले अब प्रमुख भएरै छाड्ने बताउने गरेका छन् । अघिल्लो कार्यक

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 879 पटक पढिएको
    • "दिनेश गजमेर"
  • निर्वाचन अघिनै लालपुर्जा

    धरान । राजनीतिक दलहरुले सुकुम्बासीहरुलाई भोट बैंकको रुपमा प्रयोग गरेको आक्रोस पोख्दै आउँदो निर्वाचनमा ‘एक हातमा लालपुर्जा एक हातले भोट‘ माग गरेका छन् । हरेक राजनीतिक दलको घोषणापत्रमा सुकुम्बासी समस्या समाधान गर्ने उल्लेख गरे पनि चुनाव जितिसकेपछि कार्यान्वयन नगरेको भन्दै अबको निर्वाचनमा एक हातमा लालपुर्जा अर्को हातले भोट हाल्नै घोषणा गरेका छन् । स्थानीय तहको निर्वाचन अघि नै सुकुम्बासीलाई लालपूर्जा नदिए भोट नहाल्ने भन्दै देशभरका स्थानीय तहहरुमा ज्ञापनपत्र बुझाउदै आएका छन् । यसै क्रममा धरानमा पनि आइतबार ‘नो लालपूर्जा नो भोट’ अभियान अन्तर्गत ¥याली प्रदर्शन गर्दै मेयर

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 862 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘परिवर्तनका लागि सामाजिक अभियान वडावडामा’ : मुटुरोगीलाई राहत

    धरान । बरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साह वडावडामा पुगेर ७० बर्ष माथिका मुटुरोगीहरुको उपचार गरिदिदा सर्वसाधारण दंग छन् । अरु बेला धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पालो कुरेर देखाउनुपर्ने अवस्था भएकाहरु वडामा पुगेर यसरी चेकजाच गर्न पाउँदा दंग भएका हुन् । आइतबार र विहीबारमात्र ओपिडीमा बस्ने गरेका डा. प्रशान्त साहलाई उपचार गराउन नपाएका इनरुवाका मेदिनी प्रसाद तिम्सिना सामाजिक सञ्जालमा धरान १३ को कृषि बजारमा डा. शाहद्वारा निःशुल्क उपचार हुदै गरेको थाहा पाएपछि हतार हतार आए । सधै लाइनमा बस्नुपर्ने झन्झट, समयमा चेकजाँच नहुँदा समस्या भोगेका उनी सहज हुने भएपछि इनरुवादेखि धरा

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 724 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पेट्रोलपम्प बन्द : खुल्लमखुल्ला कालोबजारी

    धरान । धरानको पेट्रोल पम्पहरुमा पेट्रोल नभए पनि बोतलहरुमा भने छ्यास्छ्यास्ती पेट्रोलियम पदार्थ विक्रीमा राखिएको छ । बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायी÷उद्योगी एक सातादेखि आन्दोलनमा छन । सार्वजनिक यातायात क्षेत्रमा जस्तै इन्धन ढुवानीमा वैज्ञानिक भाडा लागू गर्नुपर्ने भन्दै पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बनाएर आन्दोलन गरिरहेका समयमा अहिले पेट्रोलियम पदार्थको चरम अभाव बढेको छ । तर धरानका किरान

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 1,752 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान मेघा रेवाहाङ बास्केटवल : उपाधि धरान मेघालाई

    धरान । धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगिताको उपाधिमा आयोजक धरान मेघा कलेज आफैले कव्जा जमाएको छ । शनिवार भएको फाइनल खेलमा एम्सलाई ४८–३० अंकको अन्तरले सहज रुपमा पराजित गर्दै धरान मेघाले उपाधि माथि कव्जा जमाएको हो । धरान मेघाले पहिलो, दोस्रो र तेस्रो तिनै क्वाटरमा ८–४, १४–६ र १४–५ अंकको अन्तरले अग्रता लिएको थियो । चौथो क्वाटरमा भने १२–१५ अंकको फरक रहेको थियो । फाइनल खेलमा धरान मेघाको तर्फवाट युवाहाङ राईले व्याक्तिगत १४ अंक जोडे । उपाधि सँगै धरान मेघाले नगद पन्ध्र हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता एम्स कले

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 945 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साठी पत्रकारको मुटु जाँच

    धरान । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसर पारेर पत्रकार महासंघ मोरङ शाखाले संचारकर्मीहरूको निःशुल्क मुटु जाँच शिविर आयोजना गरेको छ । विराटनगरस्थित न्यूरो हस्पिटलको सहयोगमा पत्रकार महासंघमा बिहीबार संचारकर्मीहरूको मुटुजाँच शिविर आयोजना गरेको हो । शिविरमा ६० जना संचारकर्मीहरूले मुटु जाँच गर्नुको साथै चिकित्सकको सल्लाह अनुसार इसिजि र इको पनि गरेका थिए । शिविरमा न्यूरो अस्पतालका वरिष्ठ कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठ, वरिष्ठ मुटुरोग विशेषज्ञ डा.राजिव श्रेष्ठ, मुटुरोग विशेषज्ञ डा. राजन कर्ण, मेडिकल अफिसर डा. साहिल अन्सारीले मुटु जाँच गरेका थिए । स्वास

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 868 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेवाः देय् दबुमा पवित्र बज्राचार्य

    धरान । धरानमा जारी नेवाः देय् दबुको सातौ महाधिवेसनबाट अध्यक्षमा पवित्र बज्राचार्य निर्वाचित भएका छन् । गत सोमबार देखि धरानमा शुरु भएको महाधिवेसनले बज्राचार्यको अध्यक्षतामा ४१ सदस्यीय समिति निर्वाचित गरेको छ । समितीको वरिष्ठ उपाध्यक्षमा चन्द्रलाल राजभण्डारी, महिला उपाध्यक्षमा रश्मिला प्रजापति र एक नम्बर प्रदेश उपाध्यक्षमा धरानका अनिल मास्के निर्वाचित भएका छन् । महाधिवेसनमा मधेश प्रदेश उपाध्यक्षमा घनश्याम श्रेष्ठ, बागमती प्रदेश उपाध्यक्षमा शान्त श्रेष्ठ, कर्णाली प्रदेशबाट खगेन्द्र बहादुर श्रेष्ठ, सुदुरपश्चिमबाट विकाश श्रेष्ठ, स्वनिगः विशेष समितीबाट उमेश स्थापित निर्विरोध निर्वाचित भएका छन् भ

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 762 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved