धरान/ अर्घाखाँचीकी विद्या भुषाल ‘स्टार अफ द इयर’ बाट सम्मानित भएकी छिन् । आरके मनोरञ्जन समुहको बाइसौ बार्षिकउत्सवको अवसरमा उनलाई नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डययन मन्त्री प्रेम बहादुर आले मगरले उनलाई सो अर्वाडबाट सम्मान गरेका हुन् । भुषाललाई समाजसेवामा पुर्याएको योगदानको कदर गर्दै सो अवार्ड प्रदान गरिएको आयोजक आरके मनोरञ्जन समुहले जनाएको छ । उनि अमना टुर एण्ड ट्राभल्सकी ब्राण्ड एम्बासडर समेत रहेकी उनले कोरोना भाइरसको संक्रमणको समयमा नेपाल सरकारले गरेको लकडाउनमा भैरबाह, बुटवल लगायतका स्थानहरुमा खाद्यन्न लगायतका राहत सामाग्री वितरणमा सकृय रहेकी भन्दै उनलाई ‘
धरान । विराटनगर ५ स्थित एभरेष्ट कलेजले विभिन्न प्रतियोगिताहरुमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । कलेजमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि वार्षिक पुरस्कार वितरण गरेको हो । कलेजले लिएको आन्तरिक परिक्षा तथा खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको थियो । कलेजले फुटबल, बास्केटबल, भलिबल, टेवलटेनिस र बादविवाद लगायतको खेल खेलाएको कलेजले जनाएको छ । विजेता सवैलाई कलेजका संस्थापक प्रिन्सिपल तथा प्याब्सनका निवर्तमान केन्द्रीय अध्यक्ष टिकाराम पुरीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा प्रिन्सिपल पुरीले खेलले मानिसलाई सहकार्य, सहअस्तीत्व, जित र हारको महत्व स
धरान । सधै काममा व्यस्त रहने सञ्चारकर्मीलाई लक्षित गरी सौर्य हेल्थ केयर फाउन्डेशनले स्वास्थ्य चेकजाँच गरेको छ । धरान १८ मा फाउन्डेशनमै सञ्चारकर्मीहरुलाई निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको हो । पछिल्लो समय व्यवस्थताका कारण मधुमेह, उच्च रक्तचाप, मुटु रोगीको र्संख्यामा बृद्धि हुदै गएपछि फाउन्डेशनले नेपाल पत्रकार महासंघ सुनसरीसँग सहकार्य गरेर सञ्चारकर्मीको निःशुल्क स्वास्थ्य चेकजाँच गरेको हो । शिविरमा ३१ जनाले मधुमेहको चेकजाँच गरेका थिए भने ४५ जना सञ्चारकर्मीहरुले मुटुको् इसिजि गरेका थिए । स्वास्थ्य चेकजाँचसँगै फाउन्डेशनले ४५ जना सञ्चारकर्मीहरुलाई निःशुल्क भिटामिन डी खोप समेत लगाइदिएको थियो । का
मोरङ÷ नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ग्रामथानले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । जिल्लाका सबै स्थानीयतहरुमा निर्वाचन केन्द्रीत गतिविधि अघि बढाउन जिल्ला कमिटिको अभियान अनुसार नै अनोज खवासको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । जिल्ला कमिटीको निर्णय अनुसार नै स्थानीयतमा निर्वाचन परिचालन कमिटीको निमार्ण गरिएको जिल्ला कमिटी सदस्य एलिश ओझाले जानकारी दिए । जिल्ला कमिटी अध्यक्ष तुलसी घिमिरेले जिल्लाका सबै स्थानीयतहरुमा कमिटीको निमार्ण गरि आसन्न निर्वाचनमा पार्टीलाई बिजय गराउने उद्धेश्यले सबै स्थानीयतहरुमा चैत्
धरान । इलाम नगरपालिका ८ स्थित महभीरमा रहेको रक क्लाइम्बिङ स्पट नमुनास्थल भएको पर्यटनकर्मीले ठहर गरेका छन् । ‘नेपालका अन्य रक क्लाइम्बिङ स्थलहरु कुनै पनि यो (महभीरको रक क्लाइम्बिङ स्थल) जत्तिको राम्रो र फराकिलो छैनन् ।’ त्यसैले यो ठाउँ बढी भन्दा बढी सम्भावना भएको उनीहरुको भनाई छ । दुवै मोहडाबाट सगरमाथाको आरोहण गरिसकेकी किर्तिमानी आरोही एवम् रक क्लाइम्बिङकी प्रशिक्षक तथा इलाम नगरपालिकाको पर्यटन सद्भावना दूत कल्पना महर्जनका अनुसार ‘महभीर पर्यटनका लागि इलामको गहना’ हो । उनले नेपालका कुनैपनि रक क्लाइम्बिङ स्थल महभीरमा जस्तो फराकिलो, राम्रो, अग्लो र धेरैवटा रुट बन्नसक्ने नभए
धरान । देशका शहीदहरूले गरेको बलिदानलाई टेकेर आएको नेपालको संविधान नेपालको इतिहास र नेपालीको भविष्यका लागि उपहार भएको नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङले बताए । शहीद रत्नकुमार वान्तवाको ४३ औँ स्मृति दिवसको अवसरमा इलाममा नेम्वाङले शहीद वान्तवाले देश र जनतालाई स्वतन्त्र गराउन खेलेको भूमिका र योगदानको चर्चा गरेका थिए । उनले भने, ‘नेपाली कम्युनिस्ट आन्दोलनमा वान्तवाको योगदान महत्त्वपूर्ण छ, त्यसलाई मनन गर्दे कम्युनिस्ट नेता कार्यकर्ताले ऊर्जाशील ढङ्गबाट अगाडि बढ्न तयार हुनुपर्छ ।’ आइतबार इलामको ठुलो टुँडिखेल स्थित रत्न चोकमा रहेको शहीद वान्तवाको स्मारकमा माल्यार्
धरान । आइतबार आएको हावाहुरीले धनकुटामा ५ घरधुरीमा क्षति पु¥याएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार हावाहुरीले धनकुटा नगरपालिका ८ सान्ताङ र वडा नं. ९ का घरहरुमा क्षति पुगेको हो । हावाहुरीका कारण घरहरु पूर्ण क्षति भएका छन् । हावाहुरीबाट भएको क्षतिको यकिन गर्न सकिएको छैन । क्षति भएका घरको उद्धारमा जनपथ प्रहरी, सशस्त्र प्रहरीको टोली लागेकोे सहायक प्रमुख जिल्ला अधिकारी राम नारायण श्रेष्ठले जानकारी दिए । उनले भने, ‘घटनामा कति क्षति भयो भन्ने कुरा अहिले एकिन हुन सकेको छैन, घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरीको टोली खटाइएका छन् ।’ उनका अनुसार हावाहुरीले कुनै मानवीय क्षति भने
धरान । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धरान उपमहानगरपालिकामा आकांक्षीहरु धेरै भए पछि नेकपा एमाले धरान उपमहानगर कमिटीले मेयर पदमा ११ जनाको नाम सिफारिस गरेको छ । सर्वसम्मत उम्मेदवारको नाम सिफारिश गर्ने प्रयास भएपनि सहमति जुट्न नसकेपछि पार्टीको जिम्मेवारीको आधारमा आकांक्षीहरुको नाम राखेर जिल्ला कमिटीलाई सिफारिश गर्ने निर्णय भएको धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजंग एभेङले बताए । एभेङका अनुसार १ केन्द्रीय सदस्य, ७ जना प्रदेश समिति सदस्य, ३ जना जिल्ला सदस्य तथा १ जना पूर्वजिल्ला सदस्यको नाम मेयरको लागि सिफारिस भएको हो । जसमा केन्द्रीय सदस्यसमेत रहेकी उपमेयर मञ्जु भण्डारी सुवेदी
धरान । मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निर्यात मुलुक उद्योग स्थापना गर्न उद्यमी लाग्नुपर्नेमा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन् । मोरङ व्यापार संघले सञ्चालनमा गरेको ‘विराट ट्रेड एक्स्पो’ को आइतवार समापन गर्दै उनले उद्योग स्थापनाका लागि सहज ढङ्गले नीतिनियम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री राईले मुलुकको समृद्धि कायम एवं रोजगार वृद्धिमा उद्यमीहरू लाग्नुपर्नेमा जोड दिंदै एक्स्पोले राष्ट्रिय पूँजी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले संघीय सरकारले विराटनगरमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा निर्माणका लागि बजेट निकासा गर्
धरान । भगवान् रामचन्द्रको सम्झनामा चैत्र शुक्ल नवमीका दिन मनाइने ‘राम नवमी’ पर्व आइतबार देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइयो । तर धनकुटाको हिलेमा यो वर्ष पनि मेला लागेन । रामनवमी पर्वकै दिन देशका विभिन्न ठाउमा मेला समेत लाग्ने गर्दछ । कोरोनाकै कारण दुई बर्ष यस्ता मेला लाग्न सकेको थिएन । धनकुटाको हिलेमा प्रत्येक बर्ष राम नवमीका दिन मेला लाग्थ्यो । तर कोरोनाको जोखिम घट्दै गए पनि यस वर्ष हिलेमा मेला लाग्न नसकेको स्थानीय कविराज घिमिरे बताउँछन् । उनले भने, ‘विगतका बर्षहरुमा रामनवमीका दिन भव्य मेला लाग्थ्यो, तर कोरोनापछि भने त्यसरी मेला लाग्न सकेको छैन, अझै पनि कोरोनाको सन्त्रास सर