धरान । मगर जातीहरुको लिपि सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । धरानका ४ स्थानमा लिपि सम्बन्धी प्रशिक्षण दिएको हो । अघिल्लो वर्ष कोरोनाका कारण दुई वडामा सम्पन्न गरेको प्रशिक्षण यस वर्ष ४ वटा वडालाई लक्षित गरिएको थियो । प्रशिक्षण समुह क अन्तर्गत वडा नम्बर १९ को किरातेश्वर मावि, ख अन्तर्गत धरान १७ को पञ्चकन्या मावि, समुह ग अन्तर्गत धरान १३ को अमर आधारभुत मावि र समुह घ अन्तर्गत धरान १८ को जेम सेकेण्डरीमा प्रशिक्षण सम्पन्न भएको छ । नेपाल मगर संघ धरान उपमहानगर कमिटीको आयोजना भएको लिपि प्रशिक्षणमा ६ वर्षको उमेर देखि ६५ वर्ष उमेर सम्मका मगर समुदायको उपस्थिती रहेको थियो । संघका अध्यक्ष चित्र मगरका अ
धरान । २०७४ सालको स्थानीय चुनावको तुलनामा धनकुटामा यस पटकको चुनावमा महिला उमेद्वारको संख्या न्यून रहेको छ । प्रमुख दलहरुले महिला सहभागितालाई प्राथमिकतामा राख्ने भने पनि सत्ता गठबन्धन दल र नेकपा एमालले यसपटकको स्थानीय निर्वाचनमा प्रमुख पदमा महिला उम्मेदवार उठाएनन् । जिल्लाका सात स्थानीय तहमा गठबन्धन र नेकपा एमालेबाट कुनै महिलाको पनि प्रमुख पदमा मनोनयन दर्ता भएन । गठबन्धन दलले जिल्लामै एक गाउपालिकाबाट महिला उम्द्वार उठाएका छन् । गठबन्धनले छथर जोरपाटी गाउँपालिकामा उपप्रमुखमा उम्दवारी उठाएको छ । यसबाहेक कतै पनि महिला उम्मेदवार उठाएनन । एमालेले भने सबै स्थानीय तहमा महिला उपप्रमुख तथा उपाध्यक्ष उ
धरान । नेपालको नयाँ संविधान २०७२ जारी भएसँगै देश संघियतामा गयो । लामो समय देखि जनप्रतिनिधी विहिन रहेको स्थानीय तहमा प्रतिनिधीहरु निर्वाचित भए । जसले गर्दा आम जनताहरुमा नयाँ उत्साह विकासको तिब्र आकांक्षा पलाएको छ । जनताबाट अनुुमोदन भएर आएका जनप्रतिनिधिहरुले आफ्नो एक कार्यकाल बिताएर विदा हुनै लागेका छन् । जस अनुसार ७४ सालको स्थानीयतहको निर्वाचनबाट धरान उपहामनगरपालिका वडा नं ११ मा नेकपा एमालेको तर्फबाट बाबु लाल लामा निर्वाचित भए । उनको एक कार्यकाल बिताएर विदा हुनै लागेका छन् । प्रदेशका १ का अन्य शहरको तुलानामा विकशित उदयीमान शहरको रुपमा रहेको धरानमा एमालेबाट निर्वाचित भएर आएका लामाले ५ वर्षे कार
धरान । आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि धरान उपमहानगरपालिका वडा नं. १३ मा नेकपा एमालेले घर दैलो अभियान सुरुवात गरेको छ ।नेकपा एमाले धरान १३ नं. वडा कमिटिले आजदेखी चुनाबी घर दैलो अभियान सुरु गरेको हो । कोलेनी मार्गस्थित पार्टी कार्यलयबाट सुरु भएको चुनाबी घर दैलो अभियान जिरो पोइन्ट, जानकी चोक, देबी मार्ग, भृकुटी मार्ग, लक्ष्मी चोक, कृषि बजारहुँदै अमरहाट चोकमा पुगेर टुङगीएको नेकपा एमाले चुनाब प्रचार प्रसार समिति धरान १३ नं. वडा कमिटिका सचिब विष्णु चौलागाईले जनाए । २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यधिक मतका साथ विजयी बनेका नेत्र प्रसाद काफ्ले यस पटक पनि वडाध्यक्षका उमे
धरान/ नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध अर्को पार्टीवाट उठ्ने २ जनाको साधारण सदस्यता खारेज गरेको छ । नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव विरेन्द्र साहले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा ३४ (१) अनुसार कारवाही भई उनीहरुको साधारण सदस्यता खारेज भएको बताएका छन् । कारवाही पर्नेमा राप्रपावाट वडा अध्यक्षका उम्मेदवार बनेका धरान १ का निवर्तमान वडा अध्यक्ष रोशन अधिकारी र राप्रपावाटै वडा अध्यक्षका उम्मेदवार बनेका धरान १४ का निवर्तमान वडा अध्यक्ष कृष्ण भट्टराई रहेका छन् । उनीहरुले पार्टीको आदर्श, सिद्धान्त र नीति विपरित कार्य गरेको, पार्टीको विधान, नियमावली व
धरान । धरानमा टेम्पो र सिटिसफारीबाट उठाउने कर घटाउने मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले प्रतिबद्धता जनाएकी छिन् । धरान उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवारी दिएकी नेकपा एमालेकी केन्द्रीय सदस्य भण्डारीले मजुदर दिवशको शुभकामना दिदै टेम्पो तथा सिटिसफारी दैनिक २५ रुपैयाका दरले तिरिरहेको कर ३ रुपैयामा झार्ने बताईन । उनले बार्षिक रुपमा ९ हजार १ सय २५ रुपैयमा तिर्दै आइरहेको कर धेरै भएको भन्दै घटाउने बताईन् । नेपाल ट्रेड युनियन महासंघ धरान उपमहानगर कमिटिद्वारा आयोजित १ सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भानुचोकमा एक कार्यक्रम गर्दै सम्पन्न भएको छ । कार्यक्रमको विशिष्ट अतिथि नेपाल यातायात स
धरान । वैसाख ३० गते हुने निर्वाचनमा घरदैलो कार्यक्रममा धरान १४ विजयपुर पुगेका लोकतान्त्रिक गठबन्धका उमेद्वारहरुले धरानको विजयपुरलाई धार्मिक पर्यटनको हव बनाउने प्रतिबद्धता जनाएका छन् । लोकतान्त्रिक गठबन्धनतर्फ नेपाली काँग्रेसबाट मेयरका प्रत्यासी बनेका किशोर राई र माओवादी केन्द्रका तर्फबाट उपमेयरका प्रत्यासी बनेका आइन्द्र विक्रम बेघाले सर्वसाधारणमाझ धरानको विजयपुरलाई धार्मिक पर्यटनको हब बनाउने प्रतिबद्धता जनाएका हुन् । घरदैलो कार्यक्रममा पुगेका मेयरका प्रत्यासी किशोर राईले धरानको विजयपुर मन्दिरै मन्दिर भएको ठाउ भएकोले यस ठाउलाई धार्मिक पर्यटनको रुपमा विकास गराउदै धेरै पर्यटक भित्र्याउने प्रतिब
धरान । १ सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहदा दिवसमा वास्तविक श्रमिकको सहभागिता भने एकदमै कम रहेको थियो । दिवसकै दिन उनीहरु विहान बेलुका छाक टार्नकै लागि काम गरिरहेका थिए भने यता मजदुर नेता, राजनीतिक दलका अग्रज नेता कार्यकर्ताहरु भने मजदुर दिवसको अवसरमा र्याली तथा कोणसभामा सहभागी रहेका थिए । राजमिस्त्रीको काम गर्दै गरेका गोविन्द घिमिरेले श्रमिक दिवस कहिले हो, किन मनाउने गरिएको हो भन्ने भेउ समेत पाएका थिएनन् । आइतबार धरान १५ मा घर निर्माणमा व्यस्त उनी न त श्रमिक दिवसकोे र्यालीमा सहभागि थिए, न उनलाई श्रमिक दिवसकै बारेमा थाहा थियो । ‘श्रमिक दिवस कहिले मनाउने हो, किन मना
धरान । नेकपा एमालेबाट उप प्रमुुखका उमेद्धार पदम इस्वो लिम्बुुले अब मजदुरलाई मालिक बनाउने अभियानमा एमाले लागि सकेको बताएका छन् । मजदुरलाई मालिक बनाउने अभियानमा एमाले लागि सकेको र त्यसको सुुरुवात मजदुर परिचयपत्रबाट गर्ने पनि बताएका छन् । मजदुर दिवसको अवसरमा धरानको भानुुचौकमा आयोजित कार्यक्रममा बोल्दै उनले अब एमालेले मजदुुरलाई मालिक बनाउन सहुुलियत दिने कार्यक्रम तयारी गर्न थालिएको पनि बताएका छन् । धरानका टेम्पो मजदुरको दोहोरो कर हटाउने प्रतिबद्धतापनि उनले जनाएका छन् । धरान उपमहानगरपालिकामा एमालेको नेतृत्व हुदा कर घाउदापनि बढायो भनेर भ्रम छरिएको बताउदै उनले अब मजदुुरले दोहोर कर हटाएर बर्षमा एक प
धरान । पाचदलीय सत्ता गठबन्धनको निर्णय विपरीत धरानमा जनता समाजवादी पार्टीले एकल उमेद्वार दर्ता गराउदै निर्वाचनमा होमिएको छ । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धनले छुट्टै उमेद्वारी नदिन ह्विप जारी गरे पनि सत्ता गठबन्धनबीच पटक पटक सहमति नभएपनि जसपाले एक्लै उमेद्वारी दिएका थिए । उमेद्वारी दर्ता पश्चात जसपका नेता उपेन्द्र यादवले उमेद्वारी फिर्ता गरेर सत्ता गढबन्धनसँग तालमेल गरेर चुनाव लड्न यादवले निर्देशन दिए पछि यस विषयमा सत्ता गठबन्धन दलबीच छलफल समेत चलेको गठबन्धनका एक शीर्षस्त नेताले जानकारी दिए । धरानमा जनमोचाबाहेक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी