धरान । कसैले पत्याएकै थिएनन्, उनी मेयर हुन्छन् भनेर । उनलाई वेफ्वाकको मान्छे, केही गर्न सक्दैन, भट्याउने मात्र हो, विरोधमात्र गर्ने हो भन्थे तर उनले मेयर भएर देखाइदिए । मंगलबार पदभारग्रहण गर्दै गर्दा नव निर्वाचित मेयर हर्कराज साम्पाङका एकजना समर्थकले यस्तो वाक्य बोलेका थिए । उनले भनेका थिए, न उनको ठूलो जमात थियो, न उनलाई कसैले मेयर हुन्छन् भनेर पत्याएकै थिए । उनले फेरि थपे न त उनले कसैलाई मासु भात खुवाए, न त कसैका मोटर साइकलमा पेट्रोल हालिदिए , न त उनका पक्षमा घरदैलो गरिदिने कोही देखिए, एक्लै घरदैलो गरे, एक्लै हाते पर्चा वितरण गर्दै हिँडे, धराने जनतासँग जोडिएको एजेन्डा बोकेर हिडेका उनलाई उन
धरान । सुनसरीको १२ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । मतपरिणाम आएका सबै स्थानीय तहमा अधिकांशमा पालिमामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । विजय भएसँगै काँग्रेसले सुनसरी जिल्ला समन्वय समितिमा बहुमत पुर्याएको छ । कम्युनिष्टहरुको गढ मानिएको सुनसरीको दुई उपमहानगरपालिका धरान र इटहरीमै एमालेलाई झट्का लागेको छ । ०७४ सालको उपनिर्वाचनमा मेयर, उपमेयर र १४ वडा जितेको एमाले मेयर उपमेयर गुमाउदै १० वडामा खुम्चिएको छ । यस्तै काँग्रेसले एक उपमहानगर सहित ६ वटा पालिकामा कांग्रेसले जित हात पारेको छ । परिणाम अनुसार कांग्रेसले एक उपमहानगर सहित ३ नगरपालिका र ३ गाउँपालिकामा जित हात पारेको छ भने
धरान । धरान उपमहानगरपालिका वडा नं. १४ का नवनिर्वाचित वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले वडाबासीका लागि नौलो काम गर्ने भएका छन् ।सपथग्रहणपश्चात पदभार ग्रहण गर्दै वडाध्यक्ष भट्टराईले वडाबासीका विजुलीको महसुलमध्ये २० युनिटसम्मको महसुल वडाले तिर्ने महत्वपूर्ण निर्णय गरेको छ । विगतमा समेत पञ्जीकरणका सम्पूर्ण काम वडाबासीलाई निःशुल्क गराउदै आएका उनले दोस्रो पटक पदभार ग्रहण गर्नेवित्तिकै यो निर्णय गरेका हुन् । उनले भने–‘विगतमा समेत पञ्जीकरणका सम्पूर्ण कामलाई धरान १४ ले निःशुल्क गरेको थियो, अब भने २० युनिटसम्मको विजुलीको महसुल वडाले नै तिरिदिन्छ ।’ उनले धरान उपमहानगरपालिका वडा नं. १४ व
धरान । इलामका दुई पालिकाले आइतबार सार्वजनिक विदा नगर्न आदेश दिएका छन । स्थानीय तह सदस्य निर्वाचन पश्चात पद वहाली गर्दै देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकाका प्रमुखले यस्तो आदेश दिएका हुन । फाकफोकथुम गाउँपालिका नव निर्वाचित अध्यक्ष दीपेन्द्र खनालले तीन बुँदे आदेश पत्र प्रस्तुत गर्दे आइतबार सार्वजनिक बिदा नगर्न सरकारी विद्यालय र कार्यालयलाई अनुरोध गरेका छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी हप्तामा शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । घोषणाका क्रममा खनालले गाउँपालिका भित्र सम्पूर्ण फुसका छाना विस्थापित हुन नसक्नुका कारण तत्काल खोजिगरी त्यसलाई एक बर्ष भित्र फुस्को छाना
धरान । सुनसरीका १२ स्थानीय तहमा मत परिणाम सम्पन्न भइसकेको छ । मत परिणाम सम्पन्न भएसँगै नवनिर्वाचित जनप्रतिनिधिहरुले धमाधम सपथग्रहण गर्ने काम पनि भइरहेको छ । अन्य स्थानीय तहको तुलनामा धरानमा भने सपथग्रहण पृथक रहेको थियो ।धरानमा विगतको स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिकोे सपथग्रहण भन्दा ०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहणमा पृथक देखिनुको कारण विगतमा जनप्रतिनिधिहरुसँगै खानेपानी समस्या, कर बृद्धि तथा अन्य कुरामा आन्दोलनमा उत्रिदै आएका सामाजिक अभियन्ता हर्क साम्पाङले मेयरको हैसियतले दलका जनप्रतिनिधिहरुलाई सपथ खुवाएको दृश्य हो । ०७४ सालको स्थानीय निर्वाचनमा निर्व
धरान । निर्वाचन आयोगले मतदाता शिक्षा नदिएकै कारण ०७९ को दोस्रो निर्वाचनमा बदरमतको सख्या बढेको छ । मतदाता शिक्षाका कमीकै कारण यो संख्या बढेको हो । निर्वाचत अधिकृतको कार्यादय धरानका अनुसार कुल खसेको ६२ हजार ८ सय मत मध्ये मेयरमा १० हजार ४ सय ७७ मत र उपमेयरमा १७ हजार २ सय १४ मत बदर भएको छ । धेरैजस्तो बदर मत गठबन्धमा भएको पाइएको छ । गठबन्धनमा उठेका दलका चिन्हमा सर्वसाधारण अल्मलिदा यसरी बदर मतको सख्या बढेको हो । छोटो समयमा निर्वाचन भएकै कारण मतदाता शिक्षा दिन नसकिएको निर्वाचन आयोगको भनाई छ ।
धरान । सुनसरीका दुई उपमहानगरपालिकाले यसपटक फरक परिणाम ल्याउदै इतिहास रचेका छन् । धरान उपमहानगरपालिकामा एमाले र गठबन्धनका दललाई पछि पार्दै स्वतन्त्र उमेद्वार हर्क साम्पाङ विजय हुदै इतिहास रचेको छ भने इटहर उपमहानगरपालिकामा भने पहिलो पटक एमालेको विरासतलाई तोडदै नेपाली काँग्रेसका तर्फबाट हेमकर्ण पौड्याल विजयी भएका छन् गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका हेमकर्ण पौडेलले एमालेका यामकुमार चोङवाङ सुब्बालाई हराएर काँग्रेसले इतिहास बनाएको हो । आइतबार बिहान सम्पन्न मतगणना अनुसार पौडेलले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका याम कुमार सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गरेका छन् । पौडेलले ३३ हजार ४९ मत पा
धरान । मेयर पद जितेको नेपाली कांग्रेसले विराटनगरमा आइतबार भव्य विजय र्याली निकालेको छ । नेपाली कांग्रेस विराटनगर महानगर समितिको आयोजनामा भएको विजय ¥याली शहीद मैदान अगाडिबाट सुरु भएको थियो । पाँच दलीय गठबन्धनबाट विराटनगर महानगरपालिकाको मेयर पदमा नागेश कोइराला निर्वाचित हुनु भएको थियो । मेयर जितेको खुसीयालीमा कांग्रेसले विजय र्याली आयोजना गरेको हो । हस्पिटल चोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष, रानी हुँदै जनआन्दोलन चोक, बरगाछी, दूधफारम, राजवंशी चोक, पुष्पलाल चोक पुगेर पुनः शहीद मैदान अगाडि आएर समापन भएको थियो । सो क्रममा विभिन्न ठाउँमा मतदाताहरुले मेयर कोइरालालाई पुष्प वर्षाका साथै
धरान । दोस्रो स्थानीय तहको निर्वाचनमा गठबन्धन र एमालेलाई पछि जित हात पारेका स्वतन्त्रका उमेद्वार हर्क साम्पाङले पाँच बर्षभित्र धरानेलाई कोशीबाट पानी ल्याएर खुवाउने बताएका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानले निर्वाचित भएको घोषणा भएलगत्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै साम्पाङले धरानको प्रमुख समस्याको रुपमा रहेको खानेपानी समस्यामा केन्द्रित हुने र पाच बर्षभित्रमा कोशीबाट नै पानी ल्याएर खुवाउने दाबी गरेका हुन् । उनले भने–‘म राजनीतिक दलबाट आएको होइन, म सामाजिक अभियन्ताको रुपमा लिने गरेको छु, मैले प्रतिबद्धता गरेको कुरा पूरा गरिन् भने म धरान छोड्छु भनेर घोषणा गरिसकेको छु, पाँच बर्षभि
धरान। गते सम्पन्न दोस्रो निर्वाचनको मत परिणाम धरान उपमहानगरपालिमा सम्पन्न भएको छ । मत परिणाम अनुसार स्वतन्त्र उमेद्वार हर्क साम्पाङले गठबन्धन र एमालेलाई पछि पार्दे जित हात पारेका छन् साम्पाङले गठबन्धनकाबाट बनेका उमेद्वार तिलक राई ४ हजार ७ सय ६२ मतान्तरले जितेका छन् । साम्पाङको २० हजार ८२१ मत आउदा गठबन्धनबाट मेयरका उमेद्वार नेपाली काँग्रेसका किशोर राईले १६ हजार ५ सय ५९ मत प्राप्त गरेका थिए । यस्तै नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८ सय २५ मत प्राप्त गर्दै तेस्रो स्थान ल्याएकी छन् । यस्तै उपमेयर तर्फ गठबन्धनबाट मेयर बनेका आइन्द्र विक्रम बेघाले २० हजार ५ सय १० मत प्राप्त गर्दै जित ह