समाचार

    Showing 4,711-4,720 of 10,040 items.
  • सांसद कोइरी निलम्बित

    राजधानी /हत्या अभियोग लागेका र हाल फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई प्रतिनिधिसभाबाट निलम्बित गरिएको छ। मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको जनाएका छन । प्रतिनिधि सभाको वैशाख १५ गतेको बैठकमा सभामुख घिमिरेले फरार रहेका सांसद कोइरीले अस्वस्थ रहेको भन्दै बिदा स्वीकृत भएको घोषणा गरेका थिए । त्यस लगत्तै सत्तापक्षका सांसदहरूले बैठकमा विरोध जनाएका थिए । सोमबार नेपाल प्रहरीले सांसद कोइरीमाथि हत्या अभियोगमा अदालतमा मुद्दा चलेको र हाल उनी फरार अवस्थामा रहेकोले खोजी कार्य भइरहेको जानकारी सभामुख

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • 635 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ई–हाजिरी सम्बन्धी ६ दिने तालिम सुरु

    मोरङ / विराटनगर महानगरपालिकाको आयोजनामा ई–हाजिरी सम्बन्धी ६ दिने तालिम मंगलबारदेखि सुरु भएको छ । तालिमको महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले उद्घाटन गरिन् । तालिममा विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापक, वडा सचिव, फोकल पर्सन र आधारभूत स्वास्थ्य केन्द्रका कर्मचारीको सहभागिता रहेको छ। हरेक दिन ३० जनाको समूह बनाएर तालिम दिइने महानगरको सूचना प्रविधि शाखाका अधिकृत यादव श्रेष्ठले दिए । सो अवसरमा कार्यबाहक मेयर कार्कीले महानगरअन्तर्गतका सबै कार्यालयलाई व्यवस्थित र अनुशासित बनाउन ई–हाजिरी लागू गर्न लागिएको बताइन् । उनाँले अबदेखि विद्यालयसहित

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • 657 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडाध्यक्षले भूमिहाविहीन बनाएको भन्दै महिला प्रतिनिधिद्वारा ज्ञापनपत्र

    सुनसरी /इनरुवा नगरपालिका महिला जनप्रतिनिधिहरुले वडाध्यक्षहरुले काम गर्न नदिने, निर्णयमा समावेश नगर्ने तर निर्णयपश्चात सही गर्न लगाउने जस्ता अपमानजनक काम गरेको भन्दै मेयर केदार भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले एउटै विधि र प्रक्रियाबाट निर्वाचित भएर आए पनि वडाध्यक्षहरुले मनोमानी ढंगले बैठक बोलाउने, आफू खुशी निर्णय गर्ने, महिला सदस्यहरुलाई वेवास्ता गर्ने, कुनै प्रकारको सोधपुछ नगर्ने, एकलौटी ढंगले गरेका निर्णयहरुमा हस्ताक्षर गर्न मात्र दबाब दिने आरोप लगाएका छन् । ज्ञापनपत्रमा उनीहरुले महिला जनप्रतिनिधिहरुलाई भूमिका विहीन बनाउने कामको अन्त्य हुनुपर्ने, योजना तर्जुमा सम्बन्धी तालिम दिन

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • 662 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चरित्रहत्या भएको भन्दै वडाध्यक्षले आपति जनाए

    धरान /धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)ले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने प्रयास गरिएको बताएका छन् । धरान उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका भट्टराईले पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनर्गल हल्ला फिँजाएर चरित्र हत्या गर्ने प्रयास केही तत्वले गरेकोप्रति आपत्ति जनाएका छन् । उनले यसका लागि आफूले कानुनी उपचार खोजिरहेको बताए । उनले भने–‘सामाजिक सञ्जालमार्फत मेरो बारेमा अनर्गल हल्ला फिजाएर भ्रम छर्ने काम गरिएको पाइएको छ, यसले मेरो चरित्र हत्या हुने काम गरेको छ, म कानुनी उपचारमा जाने तयारीमा छु। मङ्गलबार वडाकार्यालयमा पत्रकार सम्मेलन गर्द

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • 2,030 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संरक्षणको पखाईमा निशानदेवी मन्दिर

    धरान / धरान उपमहानगरपालिका वडा नं. ५ मा रहेको निशानदेवीको मन्दिर । जुन मन्दिर ऐतिहासिक, पुरातात्विक सम्पदाको रुपमा लिन सकिन्छ । धरान उपमहानगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको सूचिमा राखेको छैन भने यसको संरक्षणमा चासो पनि दिएको छैन । साविकको पाचकन्या गाविस तथा हालको धरान उपमहानगरपालिका वडा नं. ५ मा पर्ने धार्मिक क्षेत्रको रुपमा रहेको निशानदेवी मन्दिर भगनावेश अवस्थामा रहेको छ । पौराणिक इतिहास बोकेको मन्दिर भए पनि यसको संरक्षणमा नगरपालिकाको चासो देखाएको पाइदैन । ३० बर्ष अगाडि यो मन्दिर जस्तो थियो अहिले पनि त्यस्तै अवस्थामा रहेको पुजारी विदुुर भण्डारी बताउछन् । मन्दिरको स्थापनाको विषयमा स

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • 806 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ब्राउन सुगर सहित एक जना पक्राउ

    मोरङ / मोरङ प्रहरीले ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमाइटहरी उपमहानगरपालिका ३ का २२ बर्षीय नमेश राई रहेका छन् ।मंगलबार बिराटनगर महानगरपालिका–१५ ढाटबाट ब्राउनसुगर बोकेर आउदै गरेको अवस्थामा राईलाई प्रहरीले पक्राउ गरेको हो । दिउँसो साढे २ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा राईलाई चेकजाँच गर्दा उनको साथबाट ७१ मिलिग्राम ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 641 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जबरजस्ति करणी मुद्धाका फरार अभियुक्त पक्राउ

    सुनसरी / जबरजस्ति करणी मुद्धा लागेका फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बर्जु गाउँपालिका–१ का २६ बर्षीय प्रेम बहादुर गुरुङलाई ईलाका प्रहरी कार्यालय दुहवीले पक्राउ गरेको हो । २०७९ असार महिनामा १० बर्षीया बालिकालाई जबरजस्ती करणीगरी घटनास्थलबाट नै फरार रहेका गुरुङलाई बैशाख १४ गते दाङको तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको थियोे । पक्राउ परेका गुरुङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहवीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 693 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गुलशन झाको उत्कृट ब्याटिङले नेपाल एसिसी प्रिमिअर कपको फाईनलमा

    विजयपुर / र्कीतिपुर क्रिकेट खेल मैदानमा सोमबारबाट सुरु भएको खेलमा प्रिमियर कपको उपाधि नेपालले जितेको छ। नेपालले १सय १८ रनको लक्ष्य लिएको थियो। नेपालको लागि त्यो ठुलो ल्क्ष्य थिएन । यूएईले ३३।१ ओभरमै अलआउट हुँदै नेपाललाई १ सय १८ रनको लक्ष्य दिएको थियो । विहान ९ बजे देखि सुरु भएको खेलमा युएईलाई सात विकेटले हराउँदै नेपाल फाईनलमा प्रवेश गर्दे उपाधि हात पारेको हो । युएईले दिएको लक्ष्य ३० ओभर ३ बलमा ३ विकेटको क्षतिमा पूरा गरेको थिए। युएईका रोहन मुस्तफा संग अल्झीनु पुगे पनि उनले गरेको रणनीति सफल हुन सकेन त्यसैगरी शेखले १० बल खेलमा एम चौका, आठ रन मात्रै जोडदा क्पतान रोहित पौडेल आउट हुदा नेपा

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 812 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"
  • कानेपोखरी एमालेमा चरम विवाद

    मोरङ / मोरङको कानेपोखरी गाउँपालिकाले खरिद गरेको जग्गामा भ्रष्टाचारभएको र आफ्ना नेता संलग्न रहेको भन्दै त्यहाँका २५० जना एमालेका स्थानीय नेता तथा कार्यकर्ताले राजीनामा दिएका छन् ।  यसरी राजीनामा दिनेमा नेकपा एमाले मोरङ जिल्ला सदस्य नवीन पौडेल, गाउँ कमिटी सचिवालय सदस्य खड्गबहादुर बस्नेत, युवा नेता कुमार फुयाँल, उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य डिल्ली फुयाँल, अशोक फुयाँल, जेष्ठकम्युनिस्ट सदस्य मदनप्रसाद फुयाँल, संगठक युवराज दवाडी,राजकुमार बराल,पालिकाका इन्चार्ज नारायण कुमार बस्नेत,सह–इन्चार्ज भोलानाथ पराजुली,निर्वाचित वडा तथा कार्यपालिका सदस्य सुशीला श्रेष्ठ (मुना), राजकुमार ल

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 852 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरू पुरस्कृत

    मोरङ /  विराटनगरका कवि तथा साहित्यकार हरिप्रसाद बरालसहित ५ जनालार्ई कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठीले पुरस्कृत गरेको छ । सोमबार विराटनगरमा साहित्यसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई गुठी पुरस्कृत गरेको हो । कमला–राजबहादुर कुँवरको नाममा स्थापित गुठीले ११ हजार राशिको साहित्यतर्फको पुरस्कारबाट साहित्यकार एवं समालोचक बराल पुरस्कृत भएका हुन् । २५ हजार राशिको कमला–राजबहादुर कुँवर साहित्य पुरस्कार काठमाडौंका साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’लाई, १५ हजार राशिको शिक्षा पुरस्कारबाट शिक्षासेवी सर्वाणी भट्टाचार्यलाई पुरस्कृत गरिए

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 773 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved