धरान । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकोे संसदीय दलका नेता भीम आर्चायले दलहरुकै गल्तिका कारण यसपटकको स्थानीय निर्वाचनमा स्वतन्त्र उमेद्वार हावी भएको बताएका छन् । उनले दलहरुले पार्टीको संगठनको अवस्था बुझन नसक्नु, जनताको अपेक्षालाई पूरा गर्न नसक्दा स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवार विजयी भएको र यसबारे गम्भीर समीक्षा गरेर दलहरु अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । प्रदेश १ प्रदेशसभाको बजेट अधिवेशनमा बोल्ने क्रममा नेता दलहरुप्रति जनताको अविश्वास पैदा हुनु र स्वतन्त्र उमेद्वारले निर्वाचन जित्नु लोकतन्त्रमाथिको प्रहार भएको बताउदै यसले लोकतन्त्र नै कमजोर बन्न सक्ने धारणा राखे । दलहरुले काम ग
धरान । स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्दा धनकुटाका १ सय २१ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ । धनकुटा जिल्लामा रहेका ७ सय ८५ जना उम्मेदवार मध्ये १ सय २१ जनाको जमानत जफत भएको हो । नगरपालिका प्रमुखमा ८, उपप्रमुखमा ४ जना, गाउँपालिका अध्यक्षमा ११ जना, उपाध्यक्षमा ६, वडा अध्यक्षमा ५१ जना, महिला सदस्य १२ जना, दलित महिला सदस्य ५ जना र २४ जना खुला सदस्यको जमानत जफत भएको निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । जमानत जफत हुने नगरपालिका प्रमुखमा राप्रपाका ३ जना, स्वतन्त्रका ३ जना र मंगोल नेशनल अर्गनाइजेशन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १÷१ जना रहेका छन् । नगरपालिका उ
धरान । साहित्यकार अजिता प्रधानद्वारा लिखित ‘भावनाका छालहरू’ मुक्तकसंग्रह आइतबार एक समारोहका बीच विमोचन गरिएको छ । नोवेल साकोस साहित्य संस्थाको आयोजनामा भएको कार्यक्रममा अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेल, साहित्यकार देवी पन्थी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, सार्क कल्चरल सोसाइटी नेपालका अध्यक्ष राजेन्द्र गुरागाईं, अग्रज साहित्यकार बलराम पोखरेल, डा. नरेन्द्र चागापाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीका अध्यक्ष विनोद विवश, कोपिला साहित्य प्रतिष्ठानकी अध्यक्ष कविता केशरीलगायतले संयुक्त रुपमा मुक्तकसंग्रहको विमोचन गरेका थिए ।
धरान । झोराहाट नाटक समूहले आयोजना गरेको कार्यक्रममा विभिन्न चार जना स्रष्टाले मुक्तक वाचन गरेका छन् । मोरङको झोराहाटस्थित नाटक घरको सभाहलमा आयोजित कार्यक्रममा मुक्तककार सन्तोष अम्गाई, प्रिन्स प्रमोद ढकाल, राधा सुवेदी र अम्बिका खरेल उप्रेतीले विभिन्न विषयमा लेखेका मुक्तक वाचन गर्नु भएको थियो । कार्यक्रममा उहाँहरुले ५–५ वटा मुक्तक वाचन गर्नुभएको थियो । झोराहाट नाट्य समूहले हरेक महिना साहित्य गोष्ठी गर्दै आएको छ । बेलाबेला नाटक मञ्चन पनि गर्दै आएको आयोजक संस्थाका अध्यक्ष भरत गुरागाईं बर्बरिकले जानकारी दिए । सो अवसरमा मुक्तक वाचन गर्ने साहित्यकारलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । य
सुनसरी/ सरकारले आइतबार प्रतिनिधिसभामा अर्थिक वर्ष ७९÷८० मा १७ खर्ब ९३ अर्ब, ८३ करोडको अनुमानित बजेट सार्वजनिक गरेको छ । जस अनुसार प्रदेश नं. १ मा महत्तकांक्षी बजेट सार्वजनिक गरिएको छ । सुनसरीको चतरादेखि सगरमाथा द्रत मार्ग निर्माणदेखि धरानमा डाटा सेन्टर स्थापना गर्नेसम्मका कुरालाइ बजेटमा समेटिएका छ । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको सरकारको बजेट वक्तव्यमा यस्ता धेरै महत्वकांक्षी योजनाहरुलाई अगाडि सारेको छ जस अनुसार उदयपुरमा विमानस्थल निमार्ण गर्ने, भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पदार्थ आपूर्तिका लागि पाइपलाइन निर्माण गर्ने बजेट वक्तव्यमा उल
धरान । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशका मूलधार पार्टीले जनताका लागि केही नगरेको बताएका छन् । अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी धरान नगर समितिले धरान १४ मा आयोजित बधाई एवम् शुभकामना कार्यक्रममा सम्बोधन गर्दै मूलधारका राजनीतिक पार्टीहरुले जनतालाई झुक्याउन गोजीको रकम दिएजस्तै हामीले बृद्धबृद्धालाई भत्ता दियौ, यो ग¥यौ त्यो ग¥यौ भन्ने भ्रम फैल्याउने काम गरेको बताए । उनले त्यो सबै चुनावमा भोट तान्न गरेको प्रोपोगाण्डाबाहेक केही नभएको बताए । उनले एमालेले दिएको सामाजिक सुरक्षाको भत्ताको प्रसंग कोट्याउदै भत्ता हामीले दिएको भने पनि त्यो एमालेको गोजीबा
धरान । सात बर्षदेखि लगातार भलिवल प्रतियोगताको आयोजना गर्दै आएको बाझगरा युवा क्लब धरान १५ ले यस बर्ष पनि निरन्तता दिएको छ । कोरोना संक्रमणका कारण प्रभावित बनेको प्रतियोगिता यस बर्ष भने गर्ने भएको हो । आयोजक बाझगरा युवा क्लबका अनुसार सातौ बाझगरा खुल्ला पुरुष महिला तथा पुरुष तथा अन्तर जिल्ला भेट्रान भलिबल कप असार पहिलो साता हुने भएको हो । आइतवार पत्रकार सम्मेलन गर्दै असार २ देखि ४ गते सम्म प्रतियोगिता आयोजना हुन लागेको हो । आयोजक समितिका अध्यक्ष कर्ण केदेमका अनुसार खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार, दोस्रो हुनेलाई ६१ हजार प्रमाणपत्र र ट्रफी पाउने छ्न भने खुल्ला महिला
‘मैले पञ्चे बाजा बजाएको मैले थाहा पाएदेखि नै हो, मैले अहिलेसम्म निरन्तर बजाउदैआएको छु, यो पेशा अझै छोड्न मन लाग्दैन, तर मेरा छोरा नातिले बजाउनै छाडे ।’ यो भनाई तेह्रथुम लाली गुरास नगरपालिकाका छविलाल दर्जीको हो । पुस्तौदेखि अंगाल्दै आएको पञ्चे बाजा बजाउने पेशा अहिले आएर भने पछिल्ला पुस्ताले बजाउनै छाडेपछि उनी चिन्तित बनेका हुन् । आइतबार धरान ७ शुक्रपथमा पञ्चेबाजा मध्येको सनाई बाजा बजाउदै घर घर हिड्दै सहयोग माग्दै आएका उनले आफू बाचुन्जेल बजाउन नछोडने बताए । उनले भने–‘विहेमा यही बजाएर छोराछोरी, नाति सबै हुर्काए, पढाए, अहिले छोरा छोरी लाखापाखा लागे, सबै यो पेशा छोडेर अन्य
धरान । विराटनगरका उद्योगी व्यवसायीहरुले महानगरपालिकाभित्रको भ्रष्टाचारलाई अन्त्य गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् । नेपाल उद्योग परिसंघ प्रदेश–१ ले आयोजना गरेकोे स्वागत कार्यक्रममा महानगरको भ्रष्टाचार, ढिलासुस्ती, अनियमिता अन्त्य गर्न उद्योगीहरुले सुझाव दिएका हुन् । कार्यक्रममा परिसंघ प्रदेश–१ का अध्यक्ष भीम घिमिरेले विराटनगर महानगरपालिकाका कर्मचारी क्रोनिक, असहयोगी र भ्रष्ट भएकाले सचेत रहन जनप्रतिनिधिहरूलाई सुझाव दिए । उनले कवाडी करका रुपमा अनावश्यक कर लिने गरेको, विराटनगर महानगरपालिकाका ढूवानीका सवारीसाधनलाई ढुवानीका सामान लोड अनलोड हुने स्थानको अभाव रहेकाले समस्या भइरह
धरान । एसइइ दिएर बसेका विद्यार्थीहरुर्लाई लक्षित गरी आयोजना हुदै आएको प्रदेश स्तरीय एसइइ स्टेट १ सिंगिङ्ग आइडल सिजन २ को धरान अडिसन सम्पन्न भएको छ । फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित एफ.टि.एल.अनलाइन टिभिले आयोजना गरेको प्रतियोगितामा सिङ्गिङतर्फ ६८ जना र डान्सिङतर्फ ३४ गरी १०२ जना सहभागि भएका थिए । अडिसन यु.एन.कलेजको सेमिनार हलमा सम्पन्न भएको हो । सिंगिङमा ३० जना र डान्सिङमा १३ गरी ४३ जना दोश्रो अडिसनका लागि छनोट भएका छन । प्रतियोगिताका निर्णायकमा गायनतर्फ भोइस अफ नेपाल सिजन–२ का फाईनलिस्ट बिकास लिम्बु र सङ्गीतकार बिनायक राई रहेका थिए । त्यस्तै नृत्यतर्फ नेपाल टेलिभिजनको रि